• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सम्मानपूर्वक बाँच्न चाहन्छन्, द्वन्द्वकालमा बलात्कृत महिला

64x64
नेपाल लाइभ सोमबार, पुस १६, २०७५  १०:५९
1140x725

धनगढी- ‘मलाई दिनभर गाउँका कार्यक्रममा हिँडाइन्थ्यो। रातभर अँध्यारो कोठामा राखेर समूहमा आएर मेरो शारीरिक शोषण गर्थे। मैले धेरै चिच्याएँ, कराएँ, सहायता मागेँ तर, उनीहरुले उल्टै पिट्ने, नराम्रो शब्दको प्रयोग गर्ने र जोरजुलुम गर्ने गर्थे,’ १० वर्ष लम्बिएको सशस्त्र द्वन्द्वमा २१ वर्षको उमेरमा बलात्कारमा परेकी एक महिलाले आफूले भोगेको पीडालाई यसरी सम्झिइन्।

‘मलाई १७ दिनसम्म पीडा दिइयो। न राम्रोसँग उभिन सक्थेँ न त हिँड्न,' उनले पीडा सम्झँदै भनिन्, ‘१७ औं दिनमा उनीहरुले मलाई अँधेरो गोठमा बेहोस अवस्थामा छोडेर हिँडेछन्। त्यो घरको घरबेटीले गाई फुकाउन जाँदा मलाई देखेर सहायता गरे। उनैले मलाई घरसम्म फर्किने व्यवस्था बनाइदिए।’ 

घर फर्केपछि आमालाई उनले पीडा सुनाइन्। आमाको आँखा पनि रसायो तर उनले ढाडस दिँदै भनिन्, 'जे भए पनि भयो नानी। हिम्मत बटुलेर बाँच्नुपर्छ।'

उनी भन्छिन्, ‘जनयुद्ध त सकियो तर, त्यस समय पाएको पीडाले अझै पोल्छ।’ 

त्यस समय भएको शारीरिक शोषणले उनको अहिले पनि ढाड दुखिरहन्छ। पाठेघरको समस्या छ। पीडा भुल्न आफूजस्तै पीडित दिदीबहिनीलाई भेट्ने, कुरा सुन्ने र सुनाउने गरेर मन हल्का पार्ने गरेको उनी बताउँछिन्।

‘मलाई बेहोस बनाएर घरबाट जंगल लगे। खाल्डोमा उभ्याएर गोली हान्न लागेका थिए तर, माथि निकालेर जबरजस्ती बलात्कार गर्न सुरु गरे। ४० देखि ६० जना थिए जस्तो लाग्छ। म बेहोस भइसकेकी थिएँ,’ १२ वर्षको उमेरमै बलात्कारको पीडा सहेकी उनले भनिन्, ‘शरीरमा दाँतले नटोकेको ठाउँ थिएन। मलाइ शरीरभर पिसाब फेरिदिन्थे। असह्य हुन्थ्यो तर, केही गर्न सक्ने शक्ति थिएन।’

प्रहरीबाट पीडित ती महिलाले पिटाइ, दाँतको टोकाइ र दिनरातको शारीरिक यातनाले शरीर सुन्निएर रातभर सुत्न नसकेको बताइन्। ‘मलाइ डाक्टरको लगेर नदुख्ने सुई लगाइयो। झन्डै तीन महिनासम्म प्रहरीले यस्तै गरिरह्यो,’ उनले रुँदै भनिन्, ‘मेरो परिवारले एक वर्षपछि प्रहरी चौकीबाट छुट्याएर ल्याए।’ 

सशस्त्र द्वन्द्वका मृतक परिवारले, बेपत्ता परिवारले सबैले खुलेर आफ्ना कुरा राखे पनि आफूहरुमाथिको यौन हिंसा र बलात्कारको घटनाबारे कसैले आवाज नउठाएको उनको गुनासो छ। ‘यति चरम यातना पाउनुमा मेरो के दोष थियो? धेरै प्रश्न छन् मनमा तर, कोसँग जवाफ खोज्ने?’ उनी भन्छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

बलात्कारपीडित महिलालाई समाजमा घृणाका दृष्टिले हेर्ने गरेको अधिकांश बलात्कृत महिलाको गुनासो छ। उनीहरु सम्मानपूर्वक बाँच्न चाहन्छन्। निर्दोष बालिकामाथि बलात्कार हुनु उनीहरुको दोष होइन। यो समस्यालाई सरकारले मानवीय ढंगले सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ।

जनयुद्वका क्रममा राज्य पक्ष तथा तत्कालीन माओवादीबाट महिलाहरुले शारीरिक तथा मानसिक दुर्व्यवहार बेहोर्नुपरे पनि पीडाहरुको अझै सम्बोधन हुन नसकेको द्वन्द्वपीडित साझा चौतारीकी सुदूरपश्चिम सदस्य हिरा भण्डारीले बताइन्। ‘त्यस क्रममा हत्या गरिएका पीडित परिवार, बेपत्ता परिवारहरुलाई सरकारले राहतका कार्यक्रम ल्यायो। अझै पनि केही परिवारहरु सरकारको राहतबाट वञ्चित छन्,’ उनले भनिन्, ‘त्यसै क्रममा यौन हिंसामा परेका महिलाहरु न खुलेर आउन सक्छन् न न्यायका लागि कसैलाई गुहार्न सक्छन् भने न त सरकारले राहत नै दिन सक्यो।’

‘कलिलै उमेरमा द्वन्द्वमा बलात्कारको पीडा भोगेका महिलाको पीडा दर्दनाक छ। त्यो पीडा पोख्ने ठाउँ उनीहरुले पाएका थिएनन्। राहत र सहयोगका नाममा एक रुपैयाँ नपाएको गुनासो छ उनीहरुको। 

नाटकबाट महिलाको पीडा
द्वन्द्वकालीन समयमा महिलाहरुले भोग्नुपरेको यस्तै यौनहिंसा र शान्ति सम्झौतापछिको वर्तमान अवस्थाबारे धनगढीमा नाटकमार्फत पनि झल्को दिइएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

द्वन्द्वपीडित साझा चौतारी, इक्वेल एक्सेस, द स्टोरी किचेनको आयोजना तथा धनगढी उपमहानगरपालिकाको सहआयोजनामा भएको डिजिटल कथाकथन, चित्रकला प्रदर्शनी, नाट्य प्रस्तुति कार्यक्रममा उनीहरुको पीडा, अवस्थाबारे जानकारी गराइएको थियो।

नाटक, चित्रकलाले यौनहिंसामा परेका महिलाहरुले अझै सम्म न्याय पाउन नसकेको र राज्यले त्यस कुरामा ध्यान दिन नसकेको सन्देश दिइएको थियो। 

सबैले न्याय पाउनुपर्छः मन्त्री शाह
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जनयुद्वमा विभिन्न बहानमा पीडित भएका सबै व्यक्तिले न्याय पाउनुपर्ने बताएका छन्।

‘संघीय गणतन्त्र शासन स्थापनाका लागि धेरै मानिसले ज्यान गुमाउनुपरेको थियो भने धेरै घाइते हुनुपरेको थियो। कतिपय अहिलेसम्म वेपत्ता भएका छन्,’ मन्त्री शाहले भने ‘सबैले सम्मानजनक न्याय पाउनुपर्ने वातावरण सरकारले बनाउनेछ।’ उनले पीडितलाई न्याय दिन प्रदेश, स्थानीय तहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘विगतका घटनामा अल्मलिएर होइन भुलेर अघि बढ्न जरुरी छ,’ उनले भने, ‘माफी गरेर वा भुलेर अघि बढे नयाँ युगको स्थापना गर्न सकिन्छ।’ उनले घरेलु तथा यौन हिंसामा परेका पीडित महिलाहरुको घा“उमा मलम लगाएर न्याय दिनुपर्ने बताए।

प्रकाशित मिति: सोमबार, पुस १६, २०७५  १०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्