रुसी टेनिस सुन्दरी मारिया सारापोभा युएस ओपन टेनिसबाट बाहिरिएकी छिन्।
सारापोभालाई लाभिताकी अनास्तासिजा सेभास्टोभाले महिला एकलतर्फको चौथो चरणमा ५–७, ६–४ र ६–२ ले पराजित गरेकी हुन्। १ सय ४६औँ वरीयताकी सारापोभालाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी सेभास्टोभाले अब सलोनी स्टेफनसँग प्रतिस्पर्धा गर्नेछिन्। प्रतिबन्धित औषधी सेवनका कारण प्रतिबन्धमा झेलेकी सारापोभाले १९ महिनापछि ग्रान्डस्लाम टेनिसमा प्रतिस्पर्धा गरेकी हुन्। गत अप्रिलमा प्रतिबन्ध फुकुवा भएकी २००६ की च्याम्पियन सारापोभालाई वाइल्ड कार्डमार्फत युएस ओपनमा स्थान दिइएको हो।
महिल एकलकै अर्काे खेलमा भेनस विलियम्स अन्तिम आठमा पुगेकी छिन्। भेनसले स्पेनकी कार्ला सुआरेजालाई २–१ को सेटमा पराजित गरिन् । ३७ वर्षीय अमेरिकी खेलाडी भेनसले ६–३, ३–६ र ६–१ले खेल जितेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।