काठमाडौं– नेपालको संगीतिक रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करणको विजेता रवि ओड बनेका छन्। शुक्रबार ललितपुरको पुल्चोक प्राङ्गणमा सम्पन भएको फाइनल शोमा सुदुर पश्चिमका रविले उपाधि हात पारेका हुन्।
त्यसैगरी बिक्रम बराल पहिलाे रनअप, सुमित पाठक दोस्रो रनअप र अस्मिता अधिकारी तेस्रो रनर अप बनिन्।
दोस्रो संक्करणकाे आइडलकाे उपाधिसँगै रविले होन्डा गाडी र २२ लाख नगद प्राप्त गरेका छन्। आइडलको पहिलाे रनरअप बिक्रमले २० लाख, दोस्रो रनरअप सुमितले १२ लाख, तेस्राे रनरअप अस्मिताले हाेन्डाको स्कुटी प्राप्त गरिन्।
गत वर्षबाट नेपालमा सुरु भएको यस रियालिटी शोको पिहलो सिजनमा पोखराका बुद्ध लामा विजेता बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।