• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

‘गुणस्तरीय स्वास्थ्य सेवामा अन्य महानगरलाई उछिन्छौं’

64x64
नेपाल लाइभ मंगलबार, भदौ १३, २०७४  १६:१०
1140x725

प्राचीन सम्पदाका कारण ललितपुर महानगरपालिकाले पर्यटकीय सहरको परिचय बनाएको छ। उपमहानगरबाट महानगर बनेर दुई दशकपछि जनप्रतिनिधि आएसँगै नगरवासीले यो पर्यटकीय नगरबाट विविध कुरासँगै गुणस्तरीय स्वास्थ्य सेवाको पनि अपेक्षा गरेका छन्। स्वास्थ्य क्षेत्रमा महानगरको अहिलेको अवस्था र भावी योजनाबारे मेयर चिरिबाबु महर्जनसँग दुर्गा दुलालले गरेको कुराकानीः 

मेयर भएर आएपछि महानगरमा स्वास्थ्यको क्षेत्रमा के–कस्ता समस्या पाउनुभयो?
म आएको बल्ल दुई महिना पुगेको छ। यस अवधिमा स्वास्थ्यका क्षेत्रमा यहाँ त्यति नराम्रो अवस्था देखेको छैन। केही दिनअघि वडा नम्बर १५ मा हैजाका दुई जना बिरामी भेटिएका थिए। उनीहरु निको भइसकेका छन्। यहाँ सरुवा रोगहरुको अवस्था मैले अनुभव गरेको छैन। यसले महानगरका बासिन्दाको खानपान  स्वस्थकर नै भएको देखाउँछ। 
अहिलेसम्म स्वास्थ्य क्षेत्रमा भयावह समस्या केही पनि देखिएको छैन। समस्याको पहिचान भएपछि त्यसको समाधानका लागि हामी त्यही अनुरुपमा योजनाहरु निर्माण गर्नेछौं। 

समग्रमा ललितपुर महानगरमा स्वास्थ्य सेवा कत्तिको प्रभावकारी भएको अनुभव गर्नुभएको छ? 
ललितपुर महानगर २९ वडामा फैलिएको छ। यहाँका हरेक वडामा सुविधायुक्त स्वाथ्य चौकी छन्। त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु नियमित रुपमा आएर उपचार गर्ने गरेको मैले पाएँ। केही निजी र सरकारी स्तरका अत्याधुनिक अस्पतालहरु पनि महानगरमा छन्। प्रत्येक वडा र टोलमा औषधी पसल रहेका छन्। सबैतिर सुविधा पुगेरै होला, मलाई यस विषयमा धेरै गुनासो आएका छैनन्। 

उपमहानगरबाट महानगर बनेसँग नगरवासीहरुले अन्य क्षेत्र जस्तै स्वास्थ्य क्षेत्रका सेवा–सुविधा पनि उच्चस्तरको हुने अपेक्षा राखेका छन्। त्यो अपेक्षा सम्बोधन गर्ने तपाईंसँग के–कस्ता योजना छन्? 
ललितपुर महानगरमा अहिले पनि यहाँका अस्पताल र सामुदायिक स्वाथ्य केन्द्रले गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको मैले बुझेको छु। हाल सञ्चालनमा रहेका अस्पतालहरुमा यही गुणस्तर कायम राख्दै अन्य सुविधा थप्न सकेमा केही चिन्ता लिनुपर्दैन भन्ने लाग्छ। तपाईंले योजनाको कुरा गर्नुभयो, तर हामीले अहिले नै यस्तो योजना कार्यान्वयन गर्ने भनेर निर्माण गरेका छैनौं। पहिले त स्थानीय तह सञ्चालनका लागि सरकारबाट आवश्यक ऐन आउनुपर्‍यो। ऐन जारी भएपछि त्यसको आधारमा हामी नीति र योजना बनाउने सोचमा छौं।

जनतालाई स्वाथ्य सेवा दिने कुरामा सरकारले बनाउने ऐनले बाधा गर्ला र? 
बाधा त नहोला। तर, हामीले आफ्नै सुरमा निर्माण गरेको ऐन उक्त ऐनसँग बाझिए समस्या हुन सक्छ। त्यो स्थितिमा पछि फेरि अर्को ऐन बनाउनुपर्ने  भएकाले सरकारको ऐन कुरेर बसेका हौं। उक्त ऐनले कुन निकायलाई कसरी समायोजन गर्ने, कसरी सञ्चालन गर्ने, कुन तहका कर्मचारी खटाउने अधिकार दिने भएकाले त्यो महत्वपूर्ण हुन्छ। ऐन आउनासाथ अरु नीतिसँगै स्वास्थ्य नीति पनि बनाएर हामी छिटोभन्दा छिटो कार्यान्वयनमा लैजानेछौँ। 

भर्खरै महानगरको नगर परिषद् सम्पन्न भएको छ। स्वास्थ्य क्षेत्रका लागि बजेटमा कति रकम विनियोजना गर्नुभएको छ? 
स्वास्थ्य क्षेत्रमा हामीले यति नै रकम भनेर छुट्याएका छैनौं। स्थानीय विकास मन्त्रालयले दिएको निर्देशिका अनुसार नै रकम बाँडफाँट भएको छ। अन्य क्षेत्रलाई भन्दा स्वास्थ्यलाई प्राथमिकता नै दिएका छौं। २९ वडाका सामुदायिक स्वास्थ्य केन्द्र र अन्य कार्यका लागि हामीले प्राथमिकता र आवश्यकता हेरेर रकम विनियोजन गरेका छौँ।

तपाईंको महानगरभित्र रहेका सामुदायिक स्वाथ्य केन्द्रहरुको स्तरोन्नति गर्ने विषयमा के योजना छ? स्वास्थ्यकर्मीको हितका लागि तथा स्वयंसेविकालाई अझ सेवा दिन अभिप्रेरित गर्ने कार्यक्रमहरु पनि प्राथमिकतामा छन् कि?
सबै जनतालाई स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने माध्यम भनेको वडामा रहेका सामुदायिक स्वाथ्य केन्द्र नै हुन्। त्यसमा लगानी गर्नुपर्ने कुरा मेरो सधैं प्राथमिकता रहन्छ। त्यही अनुसारको बजेट समेत नगर परिषद्मा हामीले पारेका छौं। आगामी दिनहरुमा पनि महानगरबाट निर्माण हुने योजनाहरुमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवा–सुविधा वृद्धि गर्ने, पोषण तथा बालबालिकाको स्वास्थ्यसम्बन्धी विशेष कार्यक्रम लागू गर्ने विषयहरुलाई मैले समेट्नेछु। स्वयंसेविकाहरुको सेवा–सुविधा वृद्धि गरी उनीहरुलाई स्वास्थ्य सेवामा प्रेरित गर्ने हाम्रो सोच पक्कै पनि छ। नगर सभामा पनि यो कुरा उल्लेख भएको छ। 

जनतासँग प्रत्यक्ष जोडिने विषय भएकोले स्वास्थ्य त अन्य क्षेत्रभन्दा निकै संवेदनशील मानिन्छ। त्यसलाई अलग्गै विभाग बनाएर हेर्ने महानगरको योजना छ कि छैन? 
हामी यसलाई अलग्गै विभाग बनाउँछौं। महानगर र नगरभित्र विषयगत विभाग आउने ग्यारेन्टी संविधानले गरेको छ। तपाईंले भने जस्तै स्वाथ्य सबै जनतासँग प्रत्यक्ष रुपमा जोडिने भएकाले हामीले विशेष रुपमा हेर्नैपर्ने हुन्छ। स्वास्थ्य क्षेत्रमा जनताका धेरै गुनासो र चासो हुने भएकाले हामी जनप्रतिनिधिले यसतर्फ ध्यान दिनेछौं। त्यही कुरालाई ख्यालमा राखी हामीले नगर परिषद्बाट विशेष बजेट पारेर प्राथमिकता निर्धारण गरेका पनि छौं।

Ncell 2
Ncell 2
nimb
nimb

 

खोपहरुको अधिकार, मातृशिशु स्वास्थ्य, सुत्केरी, पिछडिएका वर्गहरु र अपांगहरुका लागि के कार्यक्रम छ? 
निश्चित रुपमा हामीले यी सबैका लागि काम गर्नैपर्छ। यसका लागि हामी कानून नै निर्माण गर्ने सोचाइमा छौं। फेरि पनि कुरा के हो भने, सरकारले लागू गर्नुपर्ने ऐन नआएर रोकिएको छ। त्यो पारित भएर आउने बित्तिकै हामी अपांग, पिछडिएका वर्ग, बालबालिका र विपन्न व्यक्तिहरुको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने गरी कानून बनाएर लागू गर्नेछौं।

संविधानमा स्वस्थ रहन पाउने नागरिकको अधिकार भनेर मौलिक हकमै व्यवस्था गरेको छ। त्यसको कार्यान्वयन गर्न के गर्दै हुनुहुन्छ? 
संविधानको विविध मौलिक हकमध्ये स्वास्थ्य पनि एक हो। त्यसको कार्यान्वयन स्थानीय तहले नै गर्नुपर्ने हुन्छ। ललितपुर महानगरले पनि उक्त दायित्वबाट पछाडि हट्न मिल्दैन र हट्दैन। हाम्रो महानगरले संविधानका अन्य मौलिक हकसँगै स्वस्थ रहन पाउने नागरिकको हक सुनिश्चित गर्न लगानी गर्नेछ। आफूलाई प्राप्त बजेटमध्ये केही अंश यसका लागि हामी लगानी गर्नेछौं। महानगरभित्र रहेका स्वाथ्य चौकी, अस्पताल र अन्य स्वाथ्य केन्द्रहरुलाई हामी अलग्गै संयन्त्र निर्माण गरी नियमित अनुगमन गर्ने विचारमा छौ। गुणस्तरीय सेवा प्रदान गर्नेलाई हौसला प्रदान गर्नेछौं भने नगर्नेलाई कारबाही पनि गर्नेछौं। 

तपाईंको कार्यकालमा स्वास्थ्य क्षेत्रमा ललितपुर महानगरको अभियान के हो? 
अबको पाँच वर्षमा ‘स्वस्थ महानगर, स्वथ्य ललितपुर र स्वस्थ नागरिक’ भन्ने नारासहित म काम गर्नेछु। प्रथम नगर सभामा पनि मैले यही कुरा गरेको थिएँ। सबै नागरिकलाई सचेत बनाई स्वस्थ बनाउने मेरो अभियान सुरु भइसकेको छ। अबको केही समयमै तपाईंले यो कुरा महसुस गर्न पाउनुहुनेछ। ललितपुरका अस्पताल र स्वास्थ्य चौकीहरुमा औषधी, विशेषज्ञ डाक्टर व्यवस्था गरी विना झन्झट नागरिकको उपचार भएको हेर्न पाउनुहुनेछ। स्वास्थ्य सेवातर्फ प्रगतिका सूचकहरुमा अन्य महानगरभन्दा हामी अगाडि हुनेछौं। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईं आफू पनि निकै स्वस्थ देखिनुहुन्छ, आफूलाई स्वस्थ राख्न के कुरामा ध्यान पुर्‍याउनुहुन्छ? 
म नियमित व्यायाम गर्छु। बिहान दौडिने र अन्य अभ्यास गर्छु। धूमपान र मद्यपान गर्दिनँ। यसरी स्वास्थ्यलाई बिगार गर्ने चिजबाट टाढै बसेर सक्रिय दिनचर्या भएकैले म स्वस्थ देखिएको हुँ। तर, अहिले म व्यस्त भएकाले नियमित रुपमा व्यायाम गर्न पाएको छैन। आहारविहार र जीवनशैलीको नियमित रुटिन बिग्रिएकोले अस्वस्थ भइने हो कि भन्ने डर लाग्न थालिसक्यो। 

स्वस्थ रहन महानगरवासीलाई के सुझाव दिनुहुन्छ? 
सबै जनतालाई स्वस्थकर खाना खान र नियमित व्यायाम गर्न आग्रह गर्छु। खानपान र जीवनशैली नै स्वास्थ्यको आधार हो। मदिरा र धूमपानबाट पनि टाढै बसौं। म त के भन्छु भने, सकेसम्म माछा–मासु पनि नखाएको राम्रो हो। हरियो सागपात र फलफूल खान सुझाव दिन्छु। हुन त मैले भनिरहन जरुरी नहोला, आजको सूचना–प्रविधिको जमानामा धेरै कुरा जानेर नगरवासीहरु आफ्नो स्वास्थ्यप्रति सजग हुनुहुन्छ। 

म अब नीति निर्माण गर्ने तहमा भएकाले स्वस्थ महानगर र महानगरवासी बनाउने योजनातिर लाग्नेछु। त्यसमा सबैको साथ र सहयोग पाउँछु भन्ने कुरामा आशा गरेको छु। 

प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्