काठमाडौं– दोस्रो कार्यकालका लागि पुनरागमन गरेका डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा सोमवार शपथ ग्रहणको मन्तव्यमा मुख्य पाँच विषय बोलेका छन्।
राजधानी वाशिङ्टन डीसीमा रहेको संसद भवन यूएस क्यापिटलमा आयोजित शपथग्रहण समारोहमा पूर्वराष्ट्रपतिहरु, मन्त्रिपरिषदका सदस्य, विभिन्न देशका राष्ट्र प्रमुख वा प्रतिनिधि, व्यापारी लगायतको उपस्थिति थियो।
उनको मन्तव्यका मुख्य पाँच विषय यस्ता थिए :
'अमेरिकाको स्वर्ण युग'
ट्रम्पले आफ्नो भाषणको सुरुवात आशाको कुराबाट सुरु गर्दै "अहिलेबाटै अमेरिकाको स्वर्ण युग सुरु हुन्छ," उनले भने, "आजका दिनदेखि हाम्रो देश फस्टाउने छ र सम्मानित हुने छ।"
नीतिहरूको लामो सूची
उनले आफूले पहिला १०० दिनमा गर्ने कामहरू, लिने नीतिहरू र प्रतिबद्धताहरूको लामो सूचीसहित त्यसको विस्तृत विवरणसमेत दिए।
'ईश्वरले बचाए'
ट्रम्पले भाषणका क्रममा आफ्नो अराजक र अशान्तिपूर्ण चुनावी अभियानको सबैभन्दा महत्त्वपूर्ण क्षणको स्मरण गरे। त्यो भनेको उनको हत्या प्रयास भएको क्षण थियो।
"हाम्रो अभियान रोक्न चाहनेहरूले मेरो स्वतन्त्रता खोस्न खोजे र वास्तवमा ज्यानै लिन खोजे," उनले भने।
पानमा कनाल
उनले वैदेशिक क्षेत्रमा नाटकीय कदम चाल्ने प्रतिबद्धता जनाउदै पानमा कनाल अमेरिकी नियन्त्रणमा ल्याउने बताए र त्यसलाई अहिले चीनले चलाइरहेको झुटो दाबी गरे।
अब दुईवटा लिङ्ग मात्र
उनले अमेरिकामा दुईवटा मात्र लिङ्ग रहेको आधारमा नीतिहरू बन्ने बताए।
उनले भने, "यो अबदेखि संयुक्त राज्य अमेरिका सरकारको आधिकारिक नीति हुनेछ- यहाँ दुई लिङ्ग मात्र छन् : पुरुष र महिला।"
उनले 'कलर ब्लाइन्ड' अर्थात् रङ्गहरू नचिन्ने र 'योग्यतामा आधारित' देश बनाउने वाचा पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।