• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

म लगातार २५ घण्टा बोल्न सक्छु: नायिका आँचल

64x64
नेपाल लाइभ आइतबार, भदौ १८, २०७४  १९:३१
1140x725

'हुन त कतिलाई बोल्न मन लाग्छ कतिलाई लाग्दैन, सबैको आ-आफ्नो बानी हुन्छ। तर, बोल्यो भने धेरै कुराको समाधान हुन्छ जिन्दगीमा। म यति धेरै खुसी हुनुको रहस्य पनि यही हो।'

'जोनी जेन्टलम्यान' को रिलिज पर्खिरहेकी अभिनेत्री आँचल शर्माले आफ्नो धेरै बोल्ने बानीको रहस्योद्घाटन गरेकी छिन्।

'नाइँ नभन्नू ल ४' का लागि नायिकामा फाइनल भएपछि अर्की अभिनेत्री वर्षा राउतले भनेकी थिइन, 'आँचल धेरै गफ गर्छिन् । गफ गर्दा समय बितेको पत्तै हुँदैन।' आँचलको यही बोलिरहने बानीले उनीसँग आफू नजिकिएको वर्षाले खुलासा गरेकी थिइन। आँचल पनि आत्मविश्वासका साथ भन्छिन्- 'हो म धेरै गफ गर्छु, तर बढी गफ गर्दिनँ।'

धेरै जना आँचलको गफ गर्ने र बोलिरहने बानीको फ्यान छन्। उनै फरासिली नायिकासँग नेपाल लाइभले गरेको गफ-संवाद:

आँचल धेरै गफ गर्छिन् रे, किन होला ?

अरूले मात्र हैन, म आफै पनि भन्छु । मलाई गफ गर्न मनपर्छ, चुप लागेर बस्नै सक्दिन । चुप लागेर बस्नुभन्दा आफूलाई लागेको कुरा गर्न मनलाग्छ ।

आँचलले गर्ने गफ कस्तो हुन्छ ?

इन्फर्मेटिभ मान्छेसँग इन्फरमेटिभ गफ गर्छु । त्यस्तो छैन भने रमाइलो गफ गरेर मान्छेको टाइमपास मज्जाले गराइदिन्छु ।

Ncell 2
Ncell 2
nimb
nimb

हावा गफ कत्तिको दिने गरिन्छ?

त्यस्तो नचाहिँदो, हावा गफ दिन्न । सामान्यतया 'मेरो बिहे कहिले हुन्छ?' यस्तै गफ दिन्छु ।

स्कूल कलेज पढ्दा साथीभाइसँग कत्तिको हावा गफ गरिन्थ्यो?

म नभएको भन्दा पनि भएको कुरा गर्ने गफाडी हो । मै ठूलो हुँ भनेर नचाहिँदो गफ कहिल्यै गरिन र गर्दा पनि गर्दिन ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आँचलले मनमा कुरा राख्न सक्दिन भन्छन् नि ?

हो, म सक्दिनँ । त्यही भएर मान्छेले मलाई धेरै गफ गर्ने भन्छन् । अरु मनमा कुरा खेलाउँछन्, म खेलाउँदिनँ । मनमा कुरा गुम्स्याउँदिनँ ।  सबै कुरा सेयर गर्छु। त्यही भएर मेरो मनमा एक प्रतिशत बोझ छैन।

कुनै दिन 'आँचल नबोल' भन्यो भने के हुन्छ ?

कसैले आँचल तँ बोलेको मन पर्दैन, नबोल् भन्यो भने नबोली बस्न सक्छु।

कति घण्टा नबोली बस्न सकिन्छ ?

जिस्केर धेरैले मलाई नबोल भन्छन् तर म पाँच सेकेन्ड पनि चुप बसेको छैन । तर, कसैले तँ बोलेको मनपर्दैन भन्यो भने म बोल्दिनँ । त्यस्तो आजसम्म परेको छैन।

कसैले भन्यो भने चित्त दु:ख छ कि दुख्दैन ?

आ-आफ्नो बानी हो । कसैलाई बोलेको मनपर्ला, कसैलाई नपर्ला । मलाई पनि अरूले एकहोरो बोलेको मनपर्दैन, झर्को लाग्छ । त्यस्तो भन्यो भने 'आइ एम फाइन' भनेर चुप लाग्छु।

घरमा कत्तिको बोलिन्छ ?

सबैभन्दा धेरै बोल्ने नै घरमा हो । मेरो बाबा-ममीलाई बोलिरहेको एकदमै मनपर्छ । उहाँहरूलाई मनपर्ने भनेकै मेरो बोल्ने बानी हो । मेरो यो बानीलाई एकदमै लच्छिनको भन्नुहुन्छ । म कहिल्यै पनि दु:खी हुन्न, हाँसिरहन्छु, बोलिरहन्छु । हुन त मलाई पनि कहिलेकाहीँ टेन्सन हुन्छ, चित्त दुख्छ, स्याड हुन मनलाग्छ । त्यो कुरा मेरो मनमा हुन्छ तर बाहिर हाँसेर नै बोल्छु, ठुस्स परेर बस्न जान्या छैन् । घर पुगेपछि दिनभरि भएको कुरा सबै सुनाउँछु ।  मेरो राम्रो बानी नै यही हो।

कोहीसँग नबोलेको अनुभव छ ?

सुरूमै गएर बोल्ने कुरा आउँदैन । मान्छेको हाउभाउ हेरेर बोल्ने, नबोल्ने निर्णय गर्छु । मान्छे मनपरे बोल्छु, नपरे बोल्दिनँ । बोलेको मन पराउने रहेछ भने बोल्छु, नत्र त किन बोल्नु कसैसँग ? हैन र?

आँचलले सबैभन्दा धेरै गफ गर्ने मान्छे को हो ?

बाबासँग सबै कुरा गर्छु । मलाई यसले यस्तो भन्यो, यो पत्रकारले यस्तो सोध्यो, सबै कुरा गर्छु । आज तपाईँसँग गरेको कुरा पनि भन्छु, मैले के-के जवाफ दिएँ ? प्रश्न के थियो ? सबै उहाँलाई सुनाउँछु।

आँचल धेरै बोली भनेर कसैले मुख थुन्न आएको छ ?

मुखै थुन्न त कोही आएको छैन । बोरिङ हुने खालको गफै गर्दिनँ । सधैं रमाइलो र मनोरञ्जन दिने गफ हुन्छ तर, एक-दुई जनाले भने 'हैन कति बोलेको?' भनेपछि ती मान्छेको अगाडि बोलेको छैन।

गफ गर्न मनपर्ने विषय के हो ?

म अरूको बारेमा गफ गर्ने, कुरा काट्ने गर्दिनँ । आफ्नै बारेमा गर्छु । 'हिजो यस्तो भा थियो ।  एउटाले यस्तो भन्यो । कस्तो सिचुयसनमा थिएँ । ओ माइ गड !' टाइपको गफ गर्न रूचाउँछु ।' धेरै मान्छेले आफ्नो कमजोरी लुकाउँछन् । म ती कुरा पनि गर्छु । मानिसहरू आफू इमब्यारेस्ड भएको, चिप्लेर लडेको आदि कुरा गर्दैनन् । म आफ्नो बेइज्जत भएको कुरासम्म नलुकाई भन्छु ।

कहिलेकाहीँ कुरा गर्दा 'ह्या बेकारमा भनेछु' भन्ने लाग्दैन?

लाग्छ नि ! धेरै बोल्ने मान्छेले कति बेला कुरा फुस्काउँछ थाहा हुँदैन । पटक-पटक 'ला मैले भन्न हुँदैनथ्यो' भन्ने अवस्था आएको छ । अप्ठ्यारोमा पनि परेको छु ।

 

आँचल लगातार कतिबेर बोल्न सक्छ  ?

पोलिटिक्सको बारेमा बोल भन्यो भने पाँच मिनेट पनि सक्दिनँ । केटा मान्छेसँग झुक्नुपर्छ भन्यो भने २४ घण्टा हैन २५ घण्टा बोल्न सक्छु । समाजसेवाका बारेमा पनि २५ घण्टा बोल्छु । र मेरो बाबाको विषयमा पनि २५ घण्टा बोल्न सक्छु ।

अनि प्रेमको बारेमा ?

म त्यो विषयमा धेरै बोल्न सक्दिनँ । जुन विषयमा आफूलाई अनुभव छैन, त्यो विषयमा कसरी बोल्नु ? तर मान्छेको लभका बारेमा गफ गर्नुपर्‍यो भने म टन्नै गर्न सक्छु । १० घण्टासम्म बोल्न सक्छु  ।

आफूभन्दा धेरै गफ गर्ने मान्छे भेट्या छ कि छैन ?

अहँ, अहिलेसम्म छैन । सुटिङमा पनि सबैले म बोल्दा रमाइलो मान्छन्। मामाको छोरी त मेरो गफ सुन्न घरमै बस्ने गरि आउनुहुन्छ । धेरैलाई म बोलेकै मनपर्छ।

यति धेरै बोल्ने बानी कहाँबाट आयो ?

बच्चैदेखि हो । बाबा-ममीले बच्चामा मलाई सोध्नुहुन्थ्यो रे , 'छोरी यति धेरै बोल्न कसले सिकाउँछ?'  म भन्थेँ रे 'मेरो मनले'। सबैले मलाई यो आँचलले घुमाइफिराइ आफ्ने कुरा माथि पारेर बोल्न नसक्ने बनाउँछे भन्छन् । मलाई बोल्न कसैले सिकाइरहनु पर्दैन । जे होस्, आजसम्म बोल्दा हार्नुपरेको छैन।

स्कुलमा हुने वक्तृत्वकला जितेको रेकर्ड छ?

जित्थेँ । फस्ट आउँथेँ । पत्यार लाग्दैन भने प्रमाणको रूपमा मैले जितेका सर्टिफिकेट र पुरस्कारहरू देखाउन सक्छु ।  स्कुलमा पनि सरहरूले मेरो बोलीमा दम छ भन्नुहुन्थ्यो।

धेरै बोल्ने बानीले स्कुलमा समस्या पार्‍यो ?

मेरो मुख हेर्दै बोल्ने जस्तो देखिन्छ । जसका कारण पिटाइ पनि खाएको छु । बोलेर त ठिकै हो, नबोली बस्दा पनि हल्ला गर्ने यही हो भनेर पिटाइ भेटेकी छु । घरमा पनि चुप लागेर बसेको बेला कहिलेकाहीँ 'भो अब धेरै नबोल' भनेर  सुन्नुपरेको छ।

बोल्नुका फाइदा के के भेटियो ?

तपाईंलाई कसैले केही भन्दा उत्तर फर्काउन सक्नुभएन भने सधैं दबिएर बस्नुपर्छ । बोल्नुभयो भने तपाईंलाई कसैले हेप्न सक्दैन । मन हलुका हुन्छ । मनमा बोझ बोकेर बस्नु पर्दैन । अरूले नोटिस गर्छन् । बोल्ने बानीले ज्ञान बढाउन मद्दत गर्छ । सबैलाई सबै कुरा थाहा हुँदैन तर केही न केही त अवश्य हुन्छ । एक-अर्काले जानेको कुरा सेयर हुन्छ।

प्रकाशित मिति: आइतबार, भदौ १८, २०७४  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्