काठमाडौं– स्पोर्ट्स अवार्डका लागि चार विधामा परेका खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्चले २६ भदौमा प्रदान गर्ने अवार्डका लागि आइतबार मनोनयन सार्वजनिक गरिएको हो । प्रत्येक विधामा पाँच खेलाडी परेका छन्।
चार विधाका उत्कृष्ट खेलाडीसँगै पिपुल्स च्वाइस, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पारा एथलेट अवार्ड पनि प्रदान गरिनेछ।
पिपुल्स च्वाइस अवार्डका लागि यसअघि नै मनोनयन सार्वजनिक गरिएको थियो । जसमा क्रिकेटबाट दीपेन्द्र सिंह ऐरी, पौडीबाट गौरिका सिंह, एथ्लेटिक्सबाट कान्छीमाया कोजु, जुडोबाट फुपुल्हामु खत्री र फुटबलबाट सुजल श्रेष्ठ परेका थिए। एसएमएस भोटिङ र फेसबुक लाइक आधारमा सर्वाधिक भोट प्राप्त गर्ने खेलाडीले पिपुल्स च्वाइस अवार्ड पाउनेछन्।
मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको सूची यस्तो छ:
उत्कृष्ट खेलाडी- पुरुष
किरण कुमार लिम्बू – फुटबल
रत्नजित तामाङ – ब्याडमिन्टन
शरद भेषावकर – क्रिकेट
सोमबहादुर कुमाल – एथ्लेटिक्स
मानबहादुर श्रेष्ठ – भलिबल
उत्कृष्ट खेलाडी- महिला
कान्छीमाया कोजु – एथ्लेटिक्स
ज्ञानु अवाले – आर्चरी
नङ्सल तामाङ – ब्याडमिन्टन
सावित्रा भण्डारी – फुटबल
सरस्वती भट्टराई– एथ्लेटिक्स
उत्कृष्ट खेलाडी- युवा
दीपेन्द्र सिंह ऐरी – क्रिकेट
अनन्त तामाङ – फुटबल
मनिता श्रेष्ठ प्रधान – जुडो
कमला श्रेष्ठ – भारोत्तोलन
प्रतिभा माली – भलिबल
उत्कृष्ट प्रशिक्षक
योतुकु कोजी – फुटबल
पुष्पराज ओझा – एथ्लेटिक्स
मेघराज केसी – फुटबल
जगत टमाटा – क्रिकेट
किरण थापा – ब्याडमिन्टन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।