काठमाडौं– राष्ट्रिय फुटसल लिगमा सामाखुसी र रेभ विजयी भएका छन्। आइतबार भएको खेलमा सामाखुसीले शंखमुललाई ८–७ ले हरायो।
रेभले फुटसल भिलेजलाई ८–२ को फराकिलो अन्तरले पाखा लगायो। ढुकु फुटसल हब र स्तुपा फुटसलले ४–४ को बराबरी खेलेर अंक बाँडे। यस्तै, रजनीले चौरलाई ६–५ ले पराजित गर्यो।
अन्य खेलमा खालीबारीले बिजी फुटसलाई १–०, धन्यन्त्रीले हरिसिद्धिलाई ५–२ तथा खुमलटार युवाले स्वयम्भू रिक्रिएसनलाई ५–३ ले हराए।
बिजी ब्रदर्स र किक अफले ५–५ को बराबरी खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।