Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अस्तव्यस्त संस्कृत विश्वविद्यालय : राजनीतिको चंगुलमा कर्मचारी, भाग खोज्दै विद्यार्थी संगठन

तीन वर्षदेखि प्रशासनिक भवन ठप्प
64x64
नेपाल लाइभ बिहीबार, मंसिर २७, २०७५  १०:४५
1140x725

इटहरी– भाँचिन लागेको बाँसमा मैलिइसकेका पुराना झन्डा। राजनीतिक दलको ब्यानर हेर्दा कुनै पार्टी कार्यालयमा पुगेको भान हुन्छ। ढोका र झ्याल हेर्ने हो भने पुरानो स्कुलझैं। तर, भवन वरिपरि पलाएका झार र लेउले जनयुद्धमा विस्थापित प्रहरी चौकीको झल्को दिन्छ। 

वरिपरि गाईबस्तु चरिरहेका छन्। बँधुवा बाख्राहरु घाँसपानीको पर्खाइमा कराउँदै गर्दा पाठाहरु गाईबस्तुसँगै रमाउँदैछन्। कुनै घुर हो कि जस्तो पनि देखिन्छ। 

तर त्यो कुनै घर या पार्टी कार्यलय होइन। न त सामुदायिक भवन या जनयुद्धमा खण्डहर चौकी। यो त हो, नेपालकै ऐतिहासिक विश्वविद्यालय– संस्कृत विश्वविद्यालय।

OOO

सुनसरीको धरानमा छ, पिण्डेश्वर क्याम्पस। २००४ सालमा राम संस्कृत विद्यालयको रुपमा स्थापना भएको उक्त क्याम्पस दिनानुदिन खस्कँदै गइरहेको छ। १० वर्षअगाडि एक हजार विद्यार्थी अध्ययन गर्ने उक्त क्याम्पसमा हाल एक सयको हाराहारीमा मात्र विद्यार्थी छन्। वेददेखि व्याकरणसम्म पढाइ हुने पहिलो संस्कृत विश्वविद्यालय मानिन्छ, पिण्डेश्वर क्याम्पस।

राजनीतिक चलखेलले क्याम्पस कसरी अस्तव्यस्त बन्छ भन्ने ज्वलन्त उदाहरण हो, पिण्डेश्वर। क्याम्पसको स्वरुप जति फोहोर छ, त्योभन्दा भद्रगोल छ यहाँको प्रशासन। 

पानी तथा सरसफाइको अभावमा क्याम्पसको होस्टेल गाईगोठ जस्तो देखिन्छ। वरिपरि झार उम्रिएकाले मच्छड तथा सर्पको कारण विद्यार्थी आतंकित हुने गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

कक्षा १२ मा व्याकरण पढ्दै गरेका महेश अधिकारी पनि सोही होस्टेलमा बस्छन्। क्याम्पस प्रशासनलाई बारम्बार होस्टेलको समस्या सुनाउँदा पनि पनि केही सुधार नभएको उनले बताए। 

दैनिकजसो खानेपानी र शौचालयकै बारेमा सोच्नुपर्ने विद्यार्थीको गुनासो छ। क्याम्पस आसपासको खाली जग्गामा शौच गर्नुपर्ने बाध्यतामा छन्, उनीहरु।

‘दैनिक स्नान गर्नुपर्ने हुन्छ तर खानेपानी नै नभएपछि नित्यकर्ममा समस्या,’ विद्यार्थी भुपाल सापकोटा भन्छन्, ‘बर्खामा केही सहज भए पनि हिउँदको समयमा सेउती खोलाको पानी पिउनुपर्छ।’

झारजंगल र लेउले जीर्ण बनेको भवनलाई विद्यार्थी संगठनका झन्डा र ब्यानरले झनै कुरुप बनाएको छ। त्योभन्दा कुरूप छ, प्रशासनको राजनीति। 

उपकुलपति कुलप्रसाद कोइराला विश्वविद्यालयमा प्रति एकरती संवेदनशील नभएको विद्यार्थीहरुले गुनासो गरे। उनी बाह्रैकाल काठमाडौंमै बस्छन्। धरान आए पनि क्याम्पसको अवस्थाको बारेमा उनी चासो राख्दैनन्।

नेपाली कांग्रेस निकट उनी आफ्ना मान्छेको भर्ती केन्द्रको रुपमा विश्वविद्यालयलाई रुपान्तर गर्ने पक्षमा देखिन्छन्।

तर, कोइरालाको योजना असफल बनाउन लागेका छन् कुलसचिव कार्तीकेय झा। उनी पनि नेपाली कांग्रेस निकट नै हुन्। तर, उनी मधेसी समुदायको बाहुल्य प्रशासनमा हुनुपर्ने भन्दै कोइरालको विरुद्धमा छन्। यही राजनीतिका कारण विश्वविद्यालय लामो समयदेखि कर्मचारी अभावमा चलिरहेको छ। अभाव कर्मचारीको मात्र होइन, विश्वविद्यालयले पाउने अनुदान लगायत रकम खर्च हुन नसकेर फ्रिज हुने अवस्थामा पुगेको छ। 

उपकुलपति र सचिवबीचको रस्साकस्कीको फाइदा अरुले पनि लिइरहेका छन्। फलस्वरुप केही प्राध्यापक बिनाकामको तलब खाइरहेका छन्। उपकुलपति र कुलसचिवबीचको भागबण्डाका अलावा विश्विद्यालय सेवा आयोगमा रहेका नेकपा निकट कर्मचारीलाई भाग नमिल्दा विश्वविद्यालय कर्मचारीविहीन बन्दै गएको हो। 

प्रशासनिक भवन ठप्प, विद्यार्थी संगठन भाग खोज्दै
तीन वर्षदेखि प्रशासनिक भवन ठप्प छ। जहाँ पूर्णकालीन प्राचार्य नियुक्तिको मागमा नेकपा निकट प्रगतिशील प्राध्यापकहरुले ताला लगाएका छन्। उनीहरू आफू आशङ्कित भए पनि पूर्णकालीन हुनुपर्ने र घरैमा बसेर भए पनि सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमै छन्। जसको अझैसम्म कुनै सुनुवाइ हुन सकेको छैन। तीन महिनाका लागि नियुक्ति भएका प्राध्यापक तीन वर्षदेखि तलब खाइरहेका छन्।

आफूहरु पूर्णकालीन नभए कुनै पनि कर्मचारी भर्ना गर्न नदिने उनीहरुको माग छ। क्याम्पस प्रमुख चन्द्रमणि नेपालका अनुसार लेखा शाखा, पुस्तकालय र परीक्षा शाखामा कर्मचारी नहुँदा दैनिक काममा समस्या परिरहेको छ। 'अधिकृत स्तरका पाँच र नायबसुब्बा स्तरका दुई कर्मचारी आवश्यक परे पनि राजनीतिक भागबण्डाले गर्दा समस्या परिरहेको छ,' उनी भन्छन्।

साहित्य, धर्मशास्त्र र वेद विषयका विद्यार्थी कम भए पनि त्यही विभागका प्राध्यापक धेरै छन्। सकेसम्म नपढाउने र पढाए पनि एक दिन आएर गेसपेपर घोक्न लगाउने प्राध्यापक धेरै रहेको एक विद्यार्थीले सुनाए।

नियमित पढाइ नहुने र प्रशासनिक सुधार नभएको कारण हरेक वर्ष विद्यार्थी सङ्ख्या घट्दो छ। कक्षा ११ देखि आचार्यसम्ममा ५० जना मात्र नियमित विद्यार्थी छन् भने त्यही हाराहारीमा कर्मचारी र प्राध्यापक तलब खाइरहेका छन्। पहिला भर्ना गर्न सोर्स लगाउनुपर्ने विद्यालयमा अहिले विद्यार्थी ल्याइदिन सोर्स लगाउनुपर्ने अवस्था सिर्जना भएको छ।  

कुलपति र प्रशासनमा मात्र होइन विद्यार्थी संगठन पनि भागबण्डामै चलिरहेका छन्। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेको छैन। त्यसैले विद्यार्थी संगठन भागबण्डा खोज्दै बस्दै गरिरहेका छन्। 

एकापसको झगडा र खिचातानीले क्याम्पस दयालाग्दो अवस्थामा पुगेको छ। क्याम्पसको आफ्नो नाममा रहेको १८ बिघा जग्गा अनुत्पादक काममा प्रयोग भइरहेको छ। जग्गा भाडामा लगाउने र आन्तरिक आम्दानी गर्ने भन्ने कुरा चले पनि कसलाई भाडामा दिने भन्नेमा भागबण्डा नमिल्दा प्रक्रिया रोकिइराखेको क्याम्पस प्रमुख नेपाल बताउँछन्। 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता
म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता शुक्रबार, वैशाख ४, २०८३
म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह शुक्रबार, वैशाख ४, २०८३
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह शुक्रबार, वैशाख ४, २०८३
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा शुक्रबार, वैशाख ४, २०८३
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्