• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के सरकार फासीवाद उन्मुख छ?

64x64
नेपाल लाइभ शनिबार, मंसिर २२, २०७५  ०७:४५
1140x725

गत वर्ष मंसिर १० मा हिमाली तथा उच्च पहाडी जिल्ला तथा २१ मा बाँकी जिल्लामा संसदीय निर्वाचन सम्पन्न भएको एक वर्ष पुगेको छ। बाम गठबन्धन र प्रजातान्त्रिक गठबन्धन गरी मुख्यतः दुई पक्ष चुनावमा होमियो। निर्वाचन अघि नै बाम गठबन्धनले जित हात पार्ने अनुमान गरिएको थियो, जुन अनुमानलाई निर्वाचन परिणामले सहि सावित पनि गर्‍यो।

संविधान घोषणापछि भारतले नेपालमा लगाएको नाकाबन्दीका विरोधमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पक्षपाती टिप्पणीले लोकप्रियता पायो। ओलीले अंगीकार गरेको लगातारको ‘राष्ट्रवाद’उन्मुख अभिव्यक्ति चुनावमा बाम गठबन्धनलाई जित हात पार्ने आधार बनेको थियो।

यसका साथै दुई ठूला कम्युनिष्ट पार्टी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को निर्वाचनमा कार्यगत एकता तथा कालान्तरमा पार्टी एकीकरण गर्ने चर्चाले बाम गठबन्धनले निर्वाचनमा विजयी हासिल गर्ने पूर्वानुमान गरिएको थियो।

देशमा राजनीतिक स्थायीत्व र विकासको नारा दिएर निर्वाचनमा गएको बाम गठबन्धनले निर्वाचन परिणामपछि फागुन ३ गते सरकार गठन गर्दा सायदै कसैलाई केपी शर्मा ओलीको यो सरकार यति आलोचित हुन्छ भन्ने लागेको थियो। सरकार गठन भएको सय दिन अर्थात ‘हनिमुन पिरियड’मा यातायात क्षेत्रमा विद्यमान सिन्डिकेटविरुद्ध कदम चाल्दा जनताबाट सरकारी कदमको प्रशंसासमेत भयो।

दोस्रो जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला सरकारको मुख्य लक्ष्य संविधानसभाको निर्वाचन गर्नु थियो, जुन पूर्व निर्धारित समय सार्दै भए पनि पूरा भयो। त्यसपछि बनेका सरकारका काम संविधान निर्माण गर्नु थियो। अन्ततः संविधानसभाको  दोस्रो पटकको निर्वाचनपछि मात्रै संविधान बन्ने वातावरण बन्यो।

संविधान निर्माणपछिको अवस्थामा संविधान कार्यान्वयन सरकारको मुख्य दायित्व बन्यो। पटक–पटक सरकार परिर्वतन भए पनि यसले पनि मूर्तरुप पायो। त्योसँगै नेपालको राजनीतिमा लामो समयदेखि व्याप्त संक्रमणकालीन अवस्था अन्त्य हुनपुग्यो। सोपश्चात् केपी शर्मा ओली शक्तिमा आए। ओली सरकारको मुख्य दायित्व देशमा राजनीतिक स्थायित्व कायम गर्नु तथा विकास गर्नु नै हो।

दुई तिहाई जनमतसहित बनेको वर्तमान सरकारले राजनीतिक स्थायित्व प्रदान गरे पनि विकासका काममा भने आशालाग्दो तवरले काम गर्न सकेको छैन। सरकारले काम गर्न नसक्दा आलोचना र विवादमा पर्नु समान्य हो। जुन कुरालाई प्रधानमन्त्री ओलीले भने स्विकार्न सकेको देखिँदैन। आफूले गर्न नसकेको कामको दोष सरकारले अरुलाई थोपर्ने हर्कत गरिरहेको छ।

अर्कोतर्फ गलत विवरणको जगमा तयार सरकारी कामको आत्मरतिमा रमाउनु सरकारको नियती नै बनेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

समाजलाई फासीवाद उन्मुख बनाउन सरकार नै क्रियाशील?

प्रधानमन्त्री ओलीले बुधबार एक टिभी कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा आफू र सरकारविरुद्ध अभिव्यक्ति दिने बुद्धिजीवीलाई थला पार्ने चेतावनी दिए। विशेषगरी मंसिर १५–१६ गते काठमाडौंमा सम्पन्न ‘एसिया प्यासिफिक समिट’को सह–आयोजक बन्नु, निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसक्नु, र सरकार गठन भएको ९ महिनासम्म पनि प्रभावशाली काम गर्न नसक्नु लगायतका आरोप आइरहँदा प्रधानमन्त्रीले बुद्धिजीवीलाई आफू र सरकारविरुद्ध अभिव्यक्ति नदिन चेतावनी दिएका हुन्।

प्रधानमन्त्री ओलीले बुद्धिजीविलाई दिएको यो चेतावनी पहिलो भने होइन। गत फागुनमा दोस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएपछि पनि उनले बद्धिजीवीप्रति लक्षित ‘शब्द वाण’ प्रयोग गरेको यो तेस्रो पटक थियो। पहिलो पटक गत बैसाख १० गते तत्कालीन एमाले पार्टी कार्यालय धुम्बाराहीमा पार्टी प्रवेशको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बुद्धिजीवीलाई ‘मुसा’को संज्ञा दिएका थिए भने गत साउन ७ गते काठमाडौंको सभागृहमा आयोजित पुष्पलाल श्रेष्ठको ४०औँ स्मृतिसभालाई सम्बोधन गर्दै बुद्धिजीविप्रति ‘माया लाग्ने’ बताएका थिए।

प्रधानमन्त्री ओलीले आफ्नो सरकार र आफूइतर विचार प्रवाह गर्ने व्यक्ति तथा पक्षहरूप्रति निरन्तर प्रहार गर्दैगर्दा कतै यो सरकार हाम्रो समाजलाई फासीवाद उन्मुख बनाइरहेको त छैन? प्रश्न उठ्नु स्वभाविक छ।

सरकार किन फासीवादीे?

फासीवादी व्यवस्थामा आफ्नो व्यवस्थाविरुद्ध हुने सत्यलाई अपभ्रंस गरी आफ्ना अनुयायीमाझ नयाँ (आफू निर्मित) सत्यलाई बढावा दिने गरिन्छ भन्ने आरोप लाग्ने गर्छ। एक कार्यक्रममाझ प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई देशमा विकास निर्माणको कार्यले तीव्रता लिइरहेको बताएका थिए। त्यसको उदाहरणका रुपमा कलंकी–नागडुङ्गा सडक खण्डलाई हेर्न आग्रह पनि गरेका थिए। तर, प्रधानमन्त्रीले दिएको उदाहरण, कलंकी–नागडुङ्गा सडक खण्डको हालको अवस्था हेर्ने हो भने देशको विकासको गतिको सोझै अनुमान लगाउन सकिन्छ।

फासीवादले आफ्नो विचारइतरका विचार राख्नेहरूलाई (कन्फम अर एल्स) शत्रुको रुपमा व्याख्या गर्छ। जसले गर्दा उनीहरू निरकुंशजस्तो प्रतित हुन्छन्। तर, सबै निरकुंश शासकले फासीवादलाई नै प्रश्रय दिन्छन् भन्ने हुँदैन। फासीवादको अर्को विशेषता भनेको हिंसामा बढी भर पर्नु हो।

निर्मला पन्त हत्या प्रकरणपछि लामो समय हत्यारा पक्रिन असफल सरकारविरुद्ध स्वतन्त्र रुपमा निकालिएको र्‍यालीमा धरपकड गर्दा होस् अथवा गोविन्द केसीले गत साउनमा जुम्लामा बसेको १५औँ आमरण अनसनको अन्त्यका लागि दिइएको हदैसम्मको दबाब, सरकारले शक्ति प्रयोगलाई प्रश्रय दिइरहेको प्रतित हुन्छ।

भनिन्छ, फासीवादीहरू आत्मरतिमा बढी रमाउने गर्छन्। गत मंसिर ११ गते समाजिक सुरक्षा कार्यक्रम घोषणा गर्दा सरकारले जुन किसिमको प्रचारशैली अपनायो, त्यसमा सरकारले बढी आत्मालाप गरेको देखिन्छ। गठन भएको ९ महिनासम्म आसातित काम गर्न नसेकेको सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणालाई नै आफ्नो प्रमुख सफलताको रुपमा व्याख्या गर्ने कोसिस गरेको थियो।

फासीवादी समाजमा बस्ने मानिसहरूको स्वतन्त्रता र विचार अभिव्यक्त गर्न पाउने अधिकार कण्ठित गराइन्छ। देश र खासगरी सरकारका विरुद्ध नकारात्मक अभिव्यक्ति दिन फासीवादमा निषेध नै गरिएको हुन्छ। नेपालका वुद्धिजीवीहरूलाई प्रधानमन्त्रीले बारम्बार आफूविरुद्ध अभिव्यक्ति नदिन चेतानी दिइरहँदा त्यसले सरकार फासीवाद उन्मुख त भएको छैन भन्ने प्रश्न उठाएको छ।

फासीवादको इतिहास

विश्व इतिहासको अध्ययन गर्दा फासीवादसँग फ्रान्सेली क्रान्ति जोडिएको पाइन्छ। उक्त क्रान्तिअन्तर्गत ज्याकोवियन संघर्षमा एक राजनीतिक क्लबले सञ्चालन गरेको मोर्चाबन्दीबाट फासीवादी विचारको उदय भएको मानिन्छ। तर, फ्रान्सेली क्रान्तिसँग फासीवाद जोडिए पनि यस व्यवस्थाको आधिकारिक उदय भने सन् १९१५ बाट भएको पाइन्छ। इटालीका शासक बेनिटो मुसोलिनीले फासीवादी विचारलाई राजनीतिक विचारका रुपमा अघि बढाएको इतिहास छ। विशेषगरी पहिलो विश्वयुद्धका क्रममा फाँसीवादी विचारका माध्यमबाट नै मुसोलिनीजस्ता शासकले नागरिकलाई युद्धको आवश्यकता र सहभागिताका विषयमा प्रोत्साहित गर्ने गर्थे।

मुसोलिनीले ‘इटालियन समाजवादी पार्टी’ परित्याग गरेपछि स्थापना गरेको ‘फासी अफ रिभोलुस्नरी एक्सन’ समूह र ‘द पिपुल अफ इटाली’ नामको पत्रिकाका माध्यमबाट आफ्ना कामलाई गति दिन थाले। जसको माध्यमबाट इटालीले पहिलो विश्वयुद्धमा आफ्नो व्यापक उपस्थिति देखाउन पनि सफल भयो। मुसोलिनीले स्थापना गरेको फासीवादी राजनीतिक विचारधाराले उग्र–राष्ट्रवादलाई बढावा दिने गर्छ।

उग्रराष्ट्रवादी विचारलाई फाँसीवादको कारक मानिन्छ। यद्यपि, सबै राष्ट्रवादी विचारले फाँसीवादको यात्रा तय गराउँदैन। २०७२ को भारतीय नाकाबन्दी अघि नेपाली जनताका माझ खासै राम्रो छवि नबनाएका तत्कालीन एमाले अध्यक्ष ओलीले भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रियताको नारालाई बढावा दिँदै लोकप्रियताको शिखर चढेका हुन्। तत्कालीन समयमा पहिलो पटक प्रधानमन्त्रीको सत्ता आरोहण गरिरहेका उनले भारतले दिएको राजकीय भ्रमणको निम्तोलाई पनि अस्वीकार गरे। बरु, उल्टै नाकाबन्दीको विरोध गरे।

प्रधानमन्त्री नियुक्त भएपछि भारत भ्रमणमा जाने पुरानै प्रचलनलाई नाकाबन्दी नहटेसम्म स्वीकार नगर्ने उनको अडान सफल पनि भयो।

पर्दापछाडि प्रधानमन्त्री ओलीको भारतसँग कस्ता कुरा भए र हुने गरेका छन्, ती नेपाली जनतामाझ नखुले पनि भारतले नेपालमा देखाउने ‘दादागिरि’सामु नझुक्ने नेताको छवि ओलीको थियो। मधेस आन्दोलन र भारतीय नाकाबन्दी दबाउन ओलीले जुन भूमिका खेले, त्यही भूमिकाको आधारमा हालको दुई तिहाई सरकार उभिएको कुरा सत्य हो।

यसबीचमा ओली सरकारले चीनसँग गरेको यातायात र पारवहन सम्झौताले ‘पहाडी’ समुदायमाझ उनलाई ‘क्रान्तिकारी नेता’को रुपमा दर्शाएको बताइन्छ। तर, तत्कालीन समयको उग्रराष्ट्रवादको नकारात्मक प्रभाव नेपालमा जुन कुनै समय देखिने सक्ने सम्भाव्यता कसैसँग लुकेको छैन।

राजनीतिक स्थायित्व र विकासको मुल एजेण्डा लिएर सरकारको बागडोर सम्हालेको ‘ओली एन्ड कम्पनी’ले काम गर्न नसकेपछि हिजोआज एकअर्कामाथि आरोप/प्रत्यारोपमा समय खर्च गर्न थालेको छ। सुन तस्करीदेखि निर्मला पन्त हत्या प्रकरणसम्म आइपुग्दा सरकार फासीवादी शैलीमा गलतलाई सत्य र सत्यलाई गलत बनाउन उद्धत बनेको प्रष्ट हुन्छ।

फासीवादकाे अर्थ र ओली सरकार

मुसोलिनी आफूलाई गौरवका साथ फाँसीवादी भन्ने गर्थे। शाब्दिक अर्थमा फासीवाद शब्द इटालियन शब्द ‘फासिओ’ भन्ने शब्दबाट आएको हो। ‘फासिओ’को अर्थ समूह भन्ने हुन्छ, जुन ल्याटिन भाषाको ‘फासेस’ भन्ने शब्दबाट आएको हो। ‘फासेस’ शब्दको अर्थ ‘छडीको बिटा’ भन्ने हुन्छ। ‘एउटा छडीलाई सजिलै बङ्ग्याउन सकिन्छ, तर छडीको बिटालाई बङ्ग्याउन गाह्राे हुन्छ’ भन्ने मुलभूत स्वरको जगमै फासीवाद उभिएको बताइन्छ।

सरकारविरुद्ध विपक्षी समूह र सञ्चार माध्यमबाट भएको विरोधको सामना गर्न प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई केही महिनाअघि एक कार्यक्रमका माझ ‘अरिङ्गालले जसरी आक्रमण गर्न’ निर्देशन दिए। अरिङ्गाल समूहमा रहने एक किरा प्रजातिको जीव हो। फासीवादको उत्पति भएको इटालियन शब्द ‘फासिओ’को अर्थ पनि समूह भन्ने हुन्छ।

प्रधानमन्त्रीले विपक्षी र सञ्चार माध्यममा आएका समाचारको खण्डन सामूहिक रुपमा गर्न  दिएको निर्देशनमा प्रयोग गरेको शब्दको अर्थ र फासीवादको शाब्दिक अर्थ मिल्नु संयोग मात्रै होला त?

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेफ सन्तोष साह पक्राउ
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
सह–आयोजक अमेरिकाको शानदार जित
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
सेफ सन्तोष साह पक्राउ शनिबार, जेठ ३०, २०८३
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य शनिबार, जेठ ३०, २०८३
सह–आयोजक अमेरिकाको शानदार जित शनिबार, जेठ ३०, २०८३
हिमालयदेखि एन्डिजसम्म: नेपाल-पेरु मित्रताका ५० वर्ष शनिबार, जेठ ३०, २०८३
अमेरिकालाई तीन गोलको अग्रता शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्