• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'वाम गठबन्धनमा जालझेल र षडयन्त्र मात्रै छ'

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २, २०७४  १२:१८
1140x725

नयाँ शक्तिसँग आबद्ध केशव दाहाल लेखक तथा विश्लेषक पनि हुन्। खरो र स्पष्ट लेखनका लागि परिचित दाहालले आफ्ना लेखनहरु मार्फत वैकल्पिक राजनीतिको वकालत गरिरहेका हुन्छन्। उनी भावनामा नभई सैद्धान्तिक शक्तिका साथ त्यसमाथि बहस गर्ने सामर्थ्य राख्छन्। यसै विषयमा आधारित भएर उनले 'नेपाली राजनीतिको पुनर्गठन' पुस्तक नै लेखेका पनि छन्। 

दाहालसमेत आबद्ध नयाँ शक्ति वामगठबन्धनमा दश दिन बिताएर केही दिनअघि फर्किएको छ। स्थानीय चुनावमा पनि उत्साहजनक नतिजा हासिल गर्न नसकेपछि उसका आगामी दिनहरुमाथि प्रशस्तै शंका व्यक्त गर्न थालिएका छन्। यस्तै विषयमा रहेर नेपाल लाइभका लागि किशोर दहालले उनीमाथि कुरा गरेका छन्।

नयाँ शक्ति नउदाउँदै अस्ताउने भयो, होइन?

अस्ताउन आँटेको छैन। एउटा गतिमा हामी अघि बढ्यौं। त्यो गति कहिले सुस्त, कहिले तिब्र हुनु स्वभाविक हो। पछिल्ला राजनीतिक घटनाक्रमले गति केही सुस्त र केही बटारिएको जस्तो देखिएको हो। तर, यो अगाडि बढ्छ। बढ्नुपर्छ।

कहिले एमाले–माओवादीको, कहिले कांग्रेसको पुच्छर समातेर अगाडि बढ्नुपर्ने अवस्थाचाहिँ कसरी आयो त?

खासगरी नेपालमा वैकल्पिक राजनीति आवश्यक छ भन्ने हाम्रो प्रस्ताव थियो, त्यो अहिले पनि सही छ भन्ने लाग्छ। नेपालमा पछिल्लो संविधानसँगै युग फेरियो, नयाँ युगका कार्यभार पूरा गर्नका लागि नयाँ सोच, संस्कार र संस्कृतिसहितको आधुनिक र उन्नत राजनीतिक पार्टी चाहिन्छ भन्ने हाम्रो प्रस्तावमाथि प्रश्न उठाउनु पर्दैन होला। त्यो सही प्रस्ताव थियो र ऐतिहासिक पनि थियो। त्यही आवश्यकतालाई पूरा गर्नका लागि हामीले वैकल्पिक पार्टीका रुपमा नयाँ शक्ति पार्टीलाई स्थापित गर्न सुरु गरेका हौं। नयाँ पार्टीलाई पुराना पार्टीकै उचाइमा एकैपटक पुर्‍याउन सम्भव हुँदैन। हामी आफ्नो गतिमा काम गरिरहेका छौं नै। तर पछिल्लो समयमा चुनावसँगै चुनौती पनि आयो। 

पार्टीलाई निर्वाचनमा जिताउनुपर्ने वा खास संख्यामा मत पनि प्राप्त गर्नुपर्ने दबाब बढेको छ। ठूलो पनि र राम्रो पनि बन्नुपर्ने दबाबमा हामी आयौं। त्यसैले पनि कुनै न कुनै गठबन्धनमा लाग्ने हो कि जस्तो पनि भयो। तर हाम्रो त्यस किसिमको प्रयत्नले पार्टी राम्रो बन्दैन भन्ने स्पष्ट भयो। त्यसैले हामी फर्किएर ठूलो बन्ने भन्दा पनि राम्रो बन्ने अभियानमा लागेका छौं। नयाँ पार्टीलाई एउटा उचाइमा पुर्‍याउन स्वभाविक रुपमा केही समय त लाग्छ। त्यसका लागि धैर्य गर्नुपर्छ भन्ने ठाउँमा आइपुगेका छौं।

नयाँ र वैकल्पिक शक्ति आवश्यक छ भन्ने चाहिँ सबैले स्वीकार गर्छन् तर साथ दिदैनन्। यसको कारण के हो?

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा राजनीतिक शक्ति सम्बन्ध बडो विचित्र किसिमको छ। हाम्रा हरेक मान्छेहरुलाई एउटा राम्रो र असल नेता भएको पार्टीको आवश्यकता महसुस भएको देखिन्छ। तर शक्ति सम्बन्ध यस्तो छ कि त्यसको लागि समय लाग्छ। पर्खिनुपर्छ। पर्खिनुपर्ने सामर्थ्य जनतामा पनि छैन। समाजका वैकल्पिक शक्ति चाहिन्छ भनेर बोल्ने र लेख्ने मान्छेहरुसँग पनि छैन। 

अहिले ठूला र महत्त्वपूर्ण र शक्तिशाली नेता जसले मान्छेका दैनन्दिन आवश्यकता पूरा गर्न सहयोग गर्न सक्छ, त्यसलाई छाडेर वैकल्पिक पार्टीतिर आइहाल्ने सामार्थ्य आमजनता, मतदाता र अगुवाहरुसँग पनि भएको देखिएन। शक्ति सम्बन्धले हामीलाई पछि पार्‍यो। किनकि हामीसँग जनतालाई दिने असल कुरा भोलिको असल भविष्यवाहेक केही छैन। वर्तमानमै दिनलाई हामीसँग केही छैन। तर मानिसलाई वर्तमानमै केही न केही चिज प्राप्त गर्नुपर्ने छ। वैकल्पिक राजनीतिलाई बुझ्ने चेतना पनि हामीसँग अलि परिपक्व भएको छैन कि जस्तो लाग्छ। यो दुइटा कारणले पनि हामीले आशातित रुपमा पार्टीलाई जुन उचाइमा पुर्‍याउनुपर्ने हो, जुन उचाईमा जनताले यसलाई स्वीकार गर्नुपर्ने हो, जुन उचाइमा हामीले मत प्राप्त गर्नुपर्ने हो त्यो हुन सकेन।

तर सँगसँगै एउटा कुराचाहिँ भुल्नुहुँदैन कि हामी एउटा ठूलो चक्रव्यूहमा पनि पर्‍यौं। जस्तो हामीले चुनाव चिह्न प्राप्त गर्न सकेनौं। त्यसले हामीलाई दबाब दियो। चुनाव चिह्न नै लागि अन्य दलको साथ लिनुपर्ने भयो। तालमेल गर्नुपर्ने भयो। त्यो हाम्रो रहर थिएन। लोकतन्त्रको अभ्यास गर्नका लागि हामी निर्वाचनमा जानु आवश्यक थियो। निर्वाचनमा जाँदा हामीलाई चुनाव चिह्न आफ्नै भएको भए आत्मविश्वासका साथ जान सक्थ्यौं। जब आफ्नो चुनाव चिह्न भएन, स्वभाविक रुपले कोही न कोहीसित लिनैपर्ने भयो। त्यसले हामीलाई अस्थीर शक्तिको परिचय दियो। जबकि हामी राजनीतिले दिएको पीडाको शिकार भएका थियौं। 

अहिले पनि गठबन्धनको कुरा गर्दा हाम्रो असल नियत के हो भने स्थीर सरकारका लागि धेरै पार्टी हुनुभन्दा केही महत्त्वपूर्ण ध्रुबिकरण भए भने त्यसले मुलुकलाई स्थायीत्व र समृद्धिको यात्रामा लानसक्छ। त्यसैले पनि वाम गठबन्धनमा सहभागिता जनाउन खोज्यौं। तर यस्तो परिस्थिति सिर्जना भयो कि त्यो ठाउँ हाम्रा लागि सुविधाजनक भएन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर यति भन्दै गर्दा हामीभित्रका केही कन्फ्युजनलाई पनि स्वीकार गर्नुपर्छ।

तपाईंहरुले प्रयोग गर्न खोज्नुभएको वैकल्पिक राजनीतिको बाटो सुस्त देखिनुको कारणमा कति तपाईंहरुको आन्तरिक कारण जिम्मेवार छ, कति बाह्य कारण जिम्मेवार छ?

यसमा मैले तीनवटा कारण भन्ने गरेको छ। हाम्रो विकास कति भन्ने प्रश्न छ। एक वर्षमै कांग्रेस, एमाले जस्तो ठूलो पार्टी बन्नुपर्छ भन्ने कुरासँग म सहमत छैन। यस्तो सम्भावना थिएन। यसका लागि समय लाग्छ नै। एउटा कविले आफूलाई कवि भनेर स्थापित गर्न कति कविता लेख्नुपर्छ, साधना गर्नुपर्छ। पार्टी पनि त्यस्तै हो।

दोस्रो हामीसँग धेरै नै अपेक्षा गरियो। जनताले पनि, कार्यकर्ताले पनि। बढी अपेक्षाले पनि हामीलाई सानो देखाइदियो। यो स्वभाविक हो।

त्यस्तै हामीले अन्य दलको दबाब पनि बेहोर्नुपर्‍यो। जस्तो हामीले चुनाव चिह्न नै प्राप्त गर्न सकेनौं। त्यसले पनि हाम्रो स्वभाविक गतिलाई अवरोध गर्‍यो। 

हामीभित्र केही आन्तरिक समस्याहरु पनि थिए। त्यसलाई पनि स्वीकार गर्नुपर्छ। हामीले पार्टी त बनायौं। विचार शृंखला पनि निर्माण गर्न खोज्यौं। तर विभिन्न पृष्ठभूमिबाट आउनुभएका साथीहरुलाई पगालेर एउटै बनाउन सकेनौं। 

यस्तै कारणले जनताले वैकल्पिक शक्ति भएको स्वीकार गरेर परीक्षण गर्ने परिस्थिति बनेन।

यसबीचमा तपाईंहरुले सिक्नुभएको र सिकाउनुभएको कुराहरु केके हुनु?

सिकेको एउटै मात्र कुरा छ। निष्ठाको राजनीतिमा हतार गरेर र बांगोटिंगो हिँडेर हुँदैन। यस्तो राजनीतिमा कतिपय परिस्थितिमा निर्मम अडान राख्नुपर्छ। सत्ताको लोभ गरेर यस्तो राजनीति हुँदैन। यस्तो लोभ कतिपय अवस्थामा हाम्रो पार्टीमा देखियो। यो प्रवृत्ति पनि बाधक देखियो कतिपय अवस्थामा। हामीले निष्ठाको शक्तिमा विश्वास गर्नुपर्छ। र निष्ठाबाटै अगाडि बढ्नुपर्छ। यसमा चुकेनौं भने एउटा वैकल्पिक राजनीतिको भविष्य छ।

अन्य पार्टीलाई धेरै सिकायौं भनेर दाबी गर्दिनँ तर नेपालको राजनीतिमा विकास र समृद्धिको मुद्दा हामीले स्थापित गरेका हौं जस्तो लाग्छ। नेपालमा परम्परागत कम्युनिष्टहरुको युग सकियो भन्दै समृद्ध समाजवादको बहस सुरु गरेका हौं। यसलाई नेपालका सबै कम्युनिष्टहरुले स्वीकार गरेका छन्। हामीले भनिरहेको सहभागितामुलक उन्नत लोकतन्त्रको कुरा गरिरहेका छौं, त्यो नेपालको राजनीतिक बहसको केन्द्र बन्दैछ। नेपालको राजनीतिमा यो हामीले गरेको महत्त्वपूर्ण योगदान हो।

अलिकति चुनावका कुरा गरौं। केही सिट जित्नै पर्ने दबाबका कारण तपाईंहरु निकै हडबडाएको जस्तो देखिनुहुन्छ। त्यसैले कहिले एमाले–माओवादी गठबन्धनतिर मिसिने, कहिले कांग्रेसलाई फकाउने प्रयत्नमा लागीरहनुभएको छ। किन हडबडाउनुभएको?

हो, अलिकति हडबड भएकै हो। हामी स्थीर हुनुपर्थ्यो भन्नेचाहिँ मलाई पनि लाग्छ। किनभने वैकल्पिक पार्टी, वैकल्पिक शक्ति भनेको स्वभाविक हिसाबले निष्ठाको राजनीति हो। त्यसलाई स्थापित गर्नका लागि केही समय अवश्य लाग्छ। यति धेरै हामी हडबडाउनुहुँदैनथ्यो भन्ने मलाई लाग्छ। तर बाह्य दबाब तिब्र भयो। थ्रेसहोल्ड कटाउनै पर्ने र कार्यकर्ताहरुबाट पनि पार्टीलाई एउटा आकारमा स्थापित गर्नैपर्छ भन्ने दबाब तिब्र भएपछि हामीले गठबन्धनतिर लाग्ने प्रयत्न गर्‍यौं। त्यो सफल भएन। त्यो सफल नहुनु हाम्रो कारण होइन। गठबन्धनका अरु कारणले गर्दा हामी त्यहाँबाट बाहिरिन बाध्य भयौं।

त्यही दबाबलाई सम्बोधन गर्न हामी लोकतान्त्रिक गठबन्धनतिर सहभागिता जनाउने अर्को प्रयत्न गर्दैछौं। त्यो पनि स्थायीत्व, विकास र समृद्धितिर जाने नै प्रयास हो। त्यो कति परिणाममुखी होला भन्ने हेर्न बाँकी छ। तर यति भन्दै गर्दा हाम्रो पाइला, अधैर्यता मुखरित भयो। निष्ठासाथ अविचलित भएर लाग्नुपर्थ्यो। त्यो गर्न सकिएन भन्ने लाग्छ।

वामपन्थ गठबन्धन र लोकतान्त्रिक गठबन्धनप्रति तपाईंहरुमा आकर्षण देखिनुको कारणचाहिँ के हो त?

देशमा दुइटा महत्त्वपूर्ण ध्रुबिकरण हुँदैछन्। एउटा वाम चरित्रको ध्रुबिकरण हुँदैछ। हामीले आफूलाई वामलोकतान्त्रिक शक्ति भन्न थालेका थियौं। वामपन्थीहरु एउटा प्रगतिशील आन्दोनलका हिस्सेदारहरु हुन्। उनीहरुको बहुमत आयो भने जनताको मागहरु पूरा गर्न सहज हुन्छ। स्थीर सरकार पनि बन्छ। हाम्रो पनि विकास र समृद्धि लगायतका जनताको पछिल्ला अपेक्षाहरुको सम्बोधन गर्ने हाम्रो कार्यदिशा पनि पूरा हुन्छ। त्यही सोचेर नै हामी त्यतातिर गएका हौं।

सँगसँगै नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको प्रयत्न पनि भइरहेको छ। त्यसलाई अझै बढी लोकतान्त्रिक बनाउने बनाउने र बलियो लोकतन्त्र स्थापनाका लागि हामीले योगदान दिन सक्यौं भने त्यो पनि महत्त्वपूर्ण कदम हुने छ। त्यसैले एकातिरबाट भएन भने अर्कोतिरबाट पनि प्रयत्न गर्न सकिन्छ भन्ने ठानेर हामीले त्यतातिर पनि सहभागिताको पहल गरिरहेका छौं। कुरा गरिरहेका छौं। 

यही दुईवटा ध्रुबहरुबाटै नेपालको राजनीति अगाडी जा‌ओस् र त्यसैले स्थीरता, विकास र समृद्धिको बाटो पहिल्याओस् भनेर नै हामी पहल गरिरहेका छौं।

जुन वामपन्थी गठबन्धन भनिएको छ, तिनीहरु खासमा वाम शक्ति होइनन्। अन्तर्यमा झन् बढी दक्षिणपन्थी हुन्। अर्कातिर कांग्रेस लगायत गठबन्धनको पहल गरिरहेका शक्ति आफैंमा लोकतान्त्रिक छैनन्। यी कुरा त उनीहरुले गरिरहेको राजनीतिले नै पुष्टि गर्छ। उनीहरुको ध्रुबिकरणले जनमुखी एजेण्डा उठाउने शक्तिको आवश्यक परिरहेको बेलामा तपाईंहरु पनि रिक्त ठाउँ परिपूर्ति गर्नेभन्दा हुलमुलमा फस्न लागेको जस्तो लाग्दैन?

हामीले के भन्यौ भने विकास, समृद्धि र समाजवाद आवश्यक छ। यसका लागि आफू अब्बल बनेर काम गर्न सक्ने, आफूले नै बहुमत ल्याउन सक्ने र आफ्ना योजना लागु गर्ने हाम्रो पहिलो छनौट नै हो। तर गठन भएको एक वर्ष मात्र भएको सानो पार्टीले त्यो सामर्थ्य राख्दैन। त्यसैले हामीले बीचको बाटो खोजेका हौं। 

हामीले आफ्नो योजना अनुसार काम गर्ने शक्ति तयार गर्न दस वर्ष लाग्न सक्छ। त्यो दश वर्षसम्म मुलुकको गति अवरोध गर्नु भएन नि। त्यसैले विकास र समृद्धिका हाम्रा योजनालाई अर्को कोणबाट पनि अगाडि बढाऔं भनेर प्रयत्न गरिरहेका छौं। त्यो अर्को कोण भनेको चलिरहेको ध्रुबिकरणहरुमा आफ्नो हिस्सेदारी बढाउने हो। र आफ्ना योजनाहरुलाई कार्यान्वयन गर्दै जाने हो। हामीले भने जसरी सम्पूर्ण रुपमा कार्यान्वयन गर्न नसकौंला। तर एउटा स्थीर सरकार बन्छ र विकास र समृद्धिका योजनाको कार्यान्वयन हुने बाटोतर्फ अघि बढाउन सहज नै हुन्छ। त्यतिबेला पार्टीका कामहरु पनि चलिरहन्छन्। पार्टीलाई ठूलो बनाउन पनि सहज हुन्छ। यी दुईवटा कामहरु सँगसँगै अगाडि बढाऔं भन्ने हिसाबले हामी गठबन्धनमा सहभागी हुन खोजेका हौं। 

बाहिरबाट हेर्दा हामीलाई अस्थीर देखिनु स्वभाविक नै हो। हामीले अविचलित रुपमा हाम्रै एजेण्डा लिएर अघि बढेको भए राम्रो हुने थियो। बरु जनतालाई पनि वैकल्पिक राजनीति स्थापित गर्ने अभियानमा छौं भनेर अघि बढेको भए हाम्रो लागि त्यो सुरक्षित, सिधा र सुविधाजनक बाटो हुने थियो। तर हामीले अहिले नै केही योगदान गर्न सकिन्छ कि भनेर गठबन्धनमा जाने प्रयत्न त गर्‍यौं तर पुराना शक्तिहरुको स्वार्थमा हामी टिक्न सकेनौं।

पुराना शक्तिले बोक्ने चरित्रबारे त तपाईंहरु जानकार नै हुनुहुन्थ्यो नि! ती सबै थाहा पाएरै तपाईंहरुले नयाँ बाटो पहिल्याउनुभएको थियो नि! 

हो। म त्यसलाई स्वीकार गर्छु। हामीले सिधा हिसाबले प्रयत्न गर्न खोज्यौं। त्यो के भने यत्रो ध्रुबिकरण भइरहेका बेला हामी किन डिलमा उभिएर हेरिरहने? भन्ने भयो। कुनै एउटा शक्तिलाई जनमुखी बनाउन सकिन्छ र हाम्रा एजेण्डा थोरै भए पनि त्यहीमार्फत कार्यान्वयन गर्न सकिन्छ भने त्यो प्रयत्न किन नगर्ने? भनेर जोखिम उठाउन खोज्यौं। वास्तवमा वैकल्पिक पार्टी निर्माणमा अविचलित अगाडि बढ्नुपर्नेमा हामीले यस्ता जोखिम उठाएका थियौं। तर यो अलि ठुलै  जोखिम भइदियो। अब धीरताका साथ अघि बढ्नुपर्छ भन्ने लाइनमा फेरि आइपुगेका छौं। हामीले पाठ सिकेका छौं।

तर अस्थीर चरित्र देखाउनाले त्यो विश्वास पनि गुमाउनु भयो नि!

विश्वास नै गुमाएको त होइन। तर राम्रो नियत राखेर मुलुकमा ध्रुबिकरण आवश्यक छ भनेका हौं। धेरै विचार समूह रहनाले कन्फ्युजन ल्यायो, अस्थीरता ल्यायो। त्यसैले पनि यो ध्रुबिकरणमा हिस्सेदारी लिन खोजेका थियौं। 

खासमा हामीले तीनवटा कुरालाई प्राथमिकता दिएका थियौं। स्थीर सरकार, त्यसका माध्यमबाट समृद्धि, विकास र समाजवाद निर्माणको दिशामा अघि बढ्ने र शासकीय स्वरुपमा परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समावेशी व्यवस्थापिका। यसलाई स्थापित गर्न सकिन्छ भने अहिलेको गठबन्धनमा हामीले हिस्सेदारी लिनुपर्छ भनेका हौं। यसले मुलुक विकास र समृद्धिको दिशामा अघि बढ्छ र हामीले हाम्रो वैकल्पिक धारको कुरा र अन्य एजेन्डालाई लागु गर्न सकिन्छ भन्ने पवित्र उद्देश्य राखेका हौं। अहिले पनि यो प्रयत्न गलत थियो भन्ने लाग्दैन। तर जोसँग हामीले गठबन्धन गर्ने प्रयत्न गर्‍यौं ती छली निस्किए। अर्कोतर्फ हाम्रा विश्लेषण परिपक्व पनि नभएको स्वीकार गर्नुपर्छ। 

कुरा त आदर्शका गर्नुभयो तर पार्टीका लक्ष्य, उद्देश्य र दर्शन त 'गोरखा २' बन्यो नि अन्तिममा आएर?

चुनावमा एउटा पार्टीलाई मत लिने, जित्ने दबाब पर्नु स्वभाविक हो। तर हाम्रा संयोजक र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले त्यहाँबाट उम्मेदवार हुनखोज्नुभएका कारण एउटा चर्चाको विषय पनि बन्यो त्यो। उहाँ त्यही जन्मेको, पढेको, राजनीतिक क्यारियर त्यहीँबाट सुरु गरेको र त्यहीँको जनतासँग सघन सम्बन्धबाट विकास गर्दै लैजानुभएको मान्छे भएकाले उहाँले त्यहीँबाट चुनाव लड्छु भन्नु स्वभाविक हो। त्यो क्षेत्र उहाँलाई दिनुपर्थ्यो। उहाँको दाबी स्वभाविक हो। 

आखिर हामी एक्लै चुनावमा जाँदा पनि उम्मेदवारसहित नै जानेथियौं। त्यहीबेला उहाँ पनि उम्मेदवार हुनुहुन्थ्यो नै। र गोरखा २ उहाँको स्वभाविक क्षेत्र बन्ने थियो। तर अन्य पार्टीले त्यसलाई प्रतिष्ठाको विषय बनाइदिए। रोक्ने काम गरे। त्यो आवश्यक थिएन।

राजनीतिमा यस्ता कुरा त स्वभाविक होइन र?

हुनुहुँदैन थियो। हामीले शिष्ट खालको राजनीतिको परिकल्पना गरेका थियौं। सालिन र सौहार्दपूर्ण राजनीतिको परिकल्पना गरेका थियौं। राजनीति भनेको जाली खेलमात्रै होइन। सहकार्य, आपसी विश्वास र सद्भाव पनि हो। पछिल्लो प्रयत्नमा पनि जाल भयो, प्रयोग गर्ने रणनीति मात्रै भयो भने हामी बाहिरिन्छौं। 

चुनावपछि नयाँ शक्तिलाई कुन स्वरुपमा देख्न सकिएला?

चुनावमा हामीले धेरै ठूलो अपेक्षा गरेका छैनौं। अपेक्षा गरेर पनि बिग्रिन्छ कहिलेकाहीँ। त्यसले निराशा ल्याउँछ। हाम्रो चाहना भनेको मुख्यतः थ्रेसहोल्ड कटौं र राष्ट्रिय पार्टी बनाऔं भन्ने हो। तर त्यसो भएन भने पनि  नयाँ शक्तिको आकाश खस्दैन। हामीले प्रयत्नसम्म गर्ने हो। हाम्रो पार्टी लोकतन्त्रप्रति निष्ठा राख्ने भएकाले चुनावमा सहभागी हौं भन्ने हो। हामीले धेरै सिट जितेर सरकार बनाउन भने सक्दैनौं।

एमाले–माओवादी गठबन्धनमामा चुनावी तालमेल नभए पनि पार्टी एकताको सम्भावना जिवितै भएको भनिँदै छ। तपाईं त्यो सम्भावना देख्नुहुन्छ?

मलाई त्यो विश्वास छैन। सुरुमा त मलाई रहन्छ कि जस्तो लाग्थ्यो। नेपालका वामपन्थी र कम्युनिष्टहरुको ठूलो प्रयत्न हो, इतिहासले उहाँहरुलाई ठूलै पाठ सिकाएकाले पनि ऐतिहासिक प्रयत्न गरिएको होला जस्तो लाग्थ्यो। हामी पनि दस दिन जति त्यो गठबन्धनको सहयात्री बन्यौं। त्यो अनुभवले भन्छ, त्यहाँ जालझेल छ। 

नयाँ शक्ति त्यतातिर मिसिने सम्भावना छैन। उहाँहरु त्यो जालझेलबाट मुक्त हुनुभयो भने राजनीतिमा सम्भावनालाई अस्वीकार नै त गर्न सकिँदैन। तर म त्यो सम्भावना असाध्यै कम देख्छु। कारण, त्यहाँ जालझेल र षडयन्त्र यति तिब्र छ कि थोरै पनि सद्भावको व्यवहार त्यहाँ छैन। हरेक मान्छे आफू र आफ्नो गुट केन्द्रित व्यवहार गरिरहेको हुन्छ। त्यसैलाई स्थापित गर्ने प्रयत्न भइरहेको छ। 

म यहीँनेर भन्न चाहन्छु, पार्टीहरुको ध्रुबिकरणले उनीहरुको अहंकारको ध्रुबिकरण नहोस्। यदि ध्रुबिकरणहरु ठीक दिशातिर गएनन् भने त्यसले लोकतन्त्र होइन, पार्टीतन्त्र स्थापित हुन्छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  १२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्