• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के कमरेड प्रचण्डको आँसु बहुमूल्य हो?

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १३, २०७५  ०७:१५
1140x725

केही दिनअघि सामाजिक सञ्जालमा प्रचण्ड छोराको वियोगमा रोएको भिडियो छ्यापछ्याप्ती देख्नमा आयो। त्यो सँगसँगै पूर्वजनमुक्ति सेनाका कुलप्रसाद भट्टराई ‘कुसुम’ विष खाएर बेहोस अवस्थामा अस्पताल पुर्‍याइएको दु:खद खबर पनि बाहिर आयो। 

_x000D_ _x000D_

यी दुई दृश्य फरक जस्तो भए पनि पृष्ठभूमि एउटै हो। दुवै दृश्यलाई हेर्दा मन भक्कानियो। र, दुई शब्द लेख्न बाध्य बनायो। 

_x000D_ _x000D_

कमरेड प्रचण्ड छोरा प्रकाश दाहालको वियोगमा रुनु मानवीय संवेदनाको हिसाबले दु:खको कुरा हो। नकार्न सकिँदैन। तर, कुसुम जस्ता जनयुद्धका सिपाहीहरु विष खान विवश हुनु दु:खको कुरा मात्रै नभएर ठूलो दुर्भाग्य पनि हो। 

_x000D_ _x000D_

हिजो प्रचण्डको सिद्धान्तलाई अंगीकार गरेर लडाइँको मैदानमा हजारौं सहिद भए। ती हजारौं कमरेडका आमाबुबा जो आफ्नो एक्लो सन्तान जसको सहारामा निर्भर थिए, उनै आमाबुबाका आँखा अहिलेसम्म सुक्न पाएका छैनन्। 

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डको वाणीलाई आदर्शका रुपमा स्विकार्दै तमाम ती योद्धा जसले मुक्ति या मृत्युको कसम खाएर युद्धभूमिमा अनवरत लडिइरहे। आज शान्ति प्रक्रियापछि उनै योद्धा खाडीको मरुभूमिमा तातो घामसँग संघर्ष गर्दै पसिना तपतप चुहाउन बाध्य छन्। कैयौं योद्धा मरुभूमिमा आँसु र पसिना बगाउँदाबगाउँदै काठको बाकसमा कैद भएर नेपाल फर्किन विवश छन्।

_x000D_ _x000D_

खाडी मुलुकमा प्राण त्याग्ने ती कमरेडहरुका विधवा श्रीमती र टुहुरा छोराछोरीका आँसु कति बगे होलान्? सबलांग कमरेडहरु त बाँचुन्जेलसम्म गिट्टी कुटेरै पनि जीवन गुजारा गर्लान् तर हातखुट्टा, आँखा घुमाएका घाइते योद्धा, टाउकोमा गोली लागेर मानसिक सन्तुलन गुमाएका कैयौं कमरेड, जो बाँचेर पनि प्रत्येक पल मरिरहेका छन्। के उनीहरुका आँसुभन्दा  प्रचण्डको आँसु बहुमूल्य हो?

_x000D_ _x000D_

Xtrem

Xtrem

१० वर्षे जनयुद्धमा संसार बदल्ने अभिलाषा बोकेर लड्दालड्दै कैयौं योद्धा बेपत्ता पारिए। आजसम्म पनि उनीहरुको अवस्था सार्वजनिक भएको छैन। यदि ती योद्धा जीवित छन् भने सार्वजनिक गर्नुपर्‍यो, होइन भने सहिद घोषणा गर्नुपर्‍यो भन्ने कुराले ‘युद्ध कमान्डर’को हैसियतले कमरेड प्रचण्डलाई कहिल्यै पोल्यो?

_x000D_ _x000D_

अनि ती परिवार जो युद्धमा बेपत्ता आफन्तको पर्खाइमा दिन काट्दैछन्। पर्खाइको धारमा पलपल तड्पिरहेका छन्। के ती उनीहरु स्वयं पीडाको अर्को अनुहार होइनन्? के प्रचण्डको मात्रै आँसु हो?

_x000D_ _x000D_

OOO

_x000D_ _x000D_

मिडियामा आएका कालिकोट त्रिवेणी २ का कुलप्रसाद भट्टराई, रोल्पा जेल्बाङका मंगले बुढा, बर्दियाका संग्राम विक, लिलाचन विक र लक्ष्मी दर्जीहरु त केवल केही पात्र मात्रै हुन्। हिजो १० वर्षे जनयुद्धमा ‘सुप्रिम कमान्डर' प्रचण्डको साम्यवादी सपनालाई साकार पार्न लड्दै गर्दा घाइते भई मानसिक सन्तुलन गुमाएका उवा–९, रोल्पा हाल थवाङ गाउँपालिका–५ बस्दै आएका सुकबहादुर घर्ती ‘मिलन’को अवस्थामा कति दर्दनाक छ भन्ने कुरा के प्रचण्डलाई थाहा छ?

_x000D_ _x000D_

ह्विलचियरको सहारामा जीवनसँग संघर्ष गरिरहेका रुकुमका दिल घर्ती ‘शब्द’जस्ता कयौं घाइतेलाई ह्विलचियर र बैसाखीको सहारामा प्रत्येक पल तड्पिनुपरेको छ। ती दर्दनाक पीडाभित्रका आँसु के प्रचण्डको आँसुसामु केही होइनन्! 

_x000D_ _x000D_

अझ जीवनसाथीको पर्खाइमा कलकलाउँदो उमेरलाई दाउमा राखेर प्रत्येक पल आँसु पिइरहेका पूर्ण पौडेलकी जीवन संगिनी सावित्रा दुरा, सुचिन्द्र महर्जनकी जीवन संगिनी रुपा महर्जन र भीम गिरीकी जीवन संगिनी टीका बास्तोला जस्ता कैयौं आफ्नो घरको सदस्यको पर्खाइमा प्रत्येक पल छट्पटाउँदै आँसुको सागरमा डुबिरहेका छन्। उनीहरुका पीडाअघि प्रचण्डको पीडा त केही होइन। सानो एउटा रुप मात्रै हो। मानवीय संवेदनाको एउटा अध्याय मात्रै। 

_x000D_ _x000D_

रोल्पा जेल्बाङ –२, थर्नका मिलन बुढामगर 'कोपिला'का बुबाआमालाई एक्लो सन्तान बुढेसकालको सहारा गुमाउनुपर्दाको पीडा कति होला? नुवाकोटकी पूर्व जनमुक्ति सेनाका सूचना ब्लोन र रोल्पा इरिबाङकी यमुना पुनमगरले कमाउन गएको श्रीमान्‌को कमाइ होइन लास बुझ्न विवश भएको पल कस्तो भयो होला? 

_x000D_ _x000D_

रोल्पा भाबाङका पूर्व जनमुक्ति सेनाका गणबहादुर पुन ‘गुराँस’ आफ्नी जीवन संगिनी रवीनालाई दाहसंस्कार गर्ने पैसा नभएर सापटी मागेरै दाहसंस्कार गर्नुपर्दाको पीडा कति दर्दनाक र हृदयविदारक थियो होला? यो कुरा सत्ता र शक्तिको आडमा नेपाली राजनीति वृत्तमा विराजमान प्रचण्डलाई थाहा छ?

_x000D_ _x000D_

उल्लिखित पात्र त केही उदाहरण मात्रै हुन्।

_x000D_ _x000D_

१० वर्ष जनयुद्धमा जीवनमरणको लडाइँ लडेका हजारौं योद्धा छन्, जसलाई यो समाजमा देश बदल्ने सपना देख्नु अभिषाप बनेको छ। जनयुद्धको उपहार अचेल गरिबी, भोक र रोग पाएका छन्। यही पीडाहरुको चाङबाट सयर गर्दैगर्दा प्रश्नहरु आफै उठ्छन्- के हिजो प्रचण्डलाई साथ दिनु नै गलत थियो? के हामीले लडेको लडाइँ सीमित मान्छेलाई सत्तामा पुर्‍याउनु मात्रै थियो? हिजो प्रचण्डको आदेशमा मर्न तयार हुने ती तमाम राता सिपाहीहरु जो घाइते/अपांग पनि छन्, शरीरभरि गोली र छर्रा बोकेर गरिबीसँग प्रत्येक पल लडिरहन्छन्; के उनका आँसु बागमतीको पानी, प्रचण्डको आँसु मात्रै आँसु? 

_x000D_ _x000D_

मलाई लाग्छ, ती तमाम योद्धाको आँसुअगाडि प्रचण्डको पुत्रशोक एकछेउ पनि छैन। किनकि आफन्तहरुको वियोगमा छट्पटिनु त छँदैछ। सबैभन्दा ठूलो पीडा त त्यतिबेला हुन्छ, जतिबेला आफैले विश्वास गरेका मान्छेबाट घात हुन्छ। जनयुद्धताका प्रचण्डलाई आदर्श मानेर हिँडेकाहरुले उनैबाट धोका खानुको पीडा कसले वर्णन गर्न सक्ला? 

_x000D_ _x000D_

यो एउटा तितो यथार्थ हो जनयुद्धको। 

_x000D_ _x000D_

कुसुमले त्यसै विष खाएका होइनन्। उनलाई विष खान विवश बनाउने उनै प्रचण्ड हुन्, जसले हिजो उनी जस्ता हजारौं युवालाई मिठो सपना बाँडेर आज आफ्नो सहयात्रीहरुलाई सडकको पेटीमा छोडेर आफू महँगो गाडीमा हुइँकिइरहेका छन्। अलिशान महलमा आरामको जिन्दगी जिइरहेका छन्। 

_x000D_ _x000D_

यो कहाँको कम्युनिस्ट आचरण हो कमरेड प्रचण्ड?

_x000D_ _x000D_

(लेखक टुहुरो तत्कालीन जनमुक्ति सेनाका बटालियन कमान्डर हुन्।) 
_x000D_  

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो बिहीबार, असोज १५, २०८३
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार बिहीबार, असोज १५, २०८३
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्