पुँजीवाद शब्दको धेरै प्रयोग वामपन्थी र कम्युनिस्ट विचारधाराले गर्दछ। यो स्वाभाविक पनि छ, किनकि मार्क्सले ‘दास क्यापिटल’ मार्फत नै पुँजीवादको कमजोरी उजागर गरी साम्यवादको औचित्य स्थापित गर्न खोजे। त्यसैले, पुँजीवाद शब्दको नकारात्मक अर्थमा व्यापक रुपमा प्रयोग हुन थालेपछि तेस्रो विश्वका प्रायः कुनै राजनीतिक दल वा व्यक्तिले आफूलाई पुँजीवादी भनने आँट गरेनन्। तर, पुँजीवाद हाम्रो नसा–नसामा व्याप्त छ, तर यसको विरोधको ढोङ गर्न भने हामीले कहिल्यै छाडेनौं। यो हाम्रो सोच, संस्कार, शैली, उद्देश्य र व्यवहारमा हरक्षण अभिव्यक्त हुन्छ किनकि यो विगत ५ सय वर्षदेखि हाम्रो जीवन पद्धति हुँदै आएको छ।
_x000D__x000D_
मानव समाजले हालसम्म जे जति राम्रो नराम्रो गर्यो, त्यसको यश र अपयश मूलतः पुँजीवादलाई नै जान्छ। पुँजीवादलाई समात्ने हो भने हामी विनाशतर्फ अभिमुख हुन्छौं होला! राम्रो त यसले धेरै गरेको छ, त्यसको विस्तार यहाँ जरुरी छैन। तर, पुँजीवादले ल्याएको प्रमुख संकटहरूः जलवायु परिवर्तन, आर्थिक असमानता, आणविक हतियार र चरम व्यक्तिवाद नै हुन्। यद्यपि, पुँजीवादले जानेर ल्याएको होइन, यिनीहरू विकासक्रमका नकारात्मक सह–उत्पादन हुन्। उत्पादनको यो पद्धति त तत्कालिन सोभियत रुसले पनि पछ्याएकै हो।
_x000D__x000D_
पुँजीवादले अहिलेसम्म त येनकेन काम गरेकै छ, अब गर्छ कि गर्दैन? मूलधारकै अर्थशास्त्री, समाजशास्त्री, इतिहासकार र चिन्तकहरूले पनि पुँजीवादको नाम नलिईकन अब विद्यमान प्रणालीले काम गर्दैन, यसमा सुधार जरुरी भएको भन्न थाले। तर, युभल हरारी जस्तो प्रसिद्ध युवा इतिहासकार भने हरेक क्षेत्रमा भइरहेको वैज्ञानिक अनुसन्धानले मानव जाति अमर हुने दिशामा अघि बढिरहेको यो शताब्दीमा असमानता थप बढ्ने आकलन गर्छन्, किनकि वैज्ञानिक उपलब्धिको उपयोग तत्काल गरिबले गर्न सक्दैन भन्ने उनको धारणा छ। उनी अपवाद हुन्।
_x000D__x000D_
मूलधानका अर्थशास्त्रीहरूले त विद्यमान आर्थिक प्रणालीमा सुधारको कुरा गरेका छन्। थोमस पिकेटीले ‘क्यापिटल इन दि ट्वेन्टी फस्ट सेन्चुरी’ चर्चित किताब लेखे, तर पुँजीवादी प्रणालीमा नै सुधारको सन्दर्भ त्यसमा उठाएका छन्।
_x000D__x000D_
विशेषगरी सन् २००७/०८ मा अमेरिकाबाट सुरु भएको वित्तीय संकट, बढ्दो आर्थिक असमानता, जलवायु परिवर्तन, सूचना प्रविधि, कृत्रिम बौद्धिकता, सूक्ष्म प्रविधि र रोबोटिक्समा भएको विकास तथा आनुवांशिक प्रविधि एवं पुनर्जीवनीय औषधिमा भइरहेको अकल्पनीय विकासले सामाजिक-आर्थिक सम्बन्ध पुनर्संरचित हुने आकलन विभिन्न अर्थशास्त्री, समाजशास्त्री, इतिहासकार तथा चिन्तकहरूले गरेका छन्। नवीनतम् आर्थिक–सामाजिक संरचनामा विद्यमान पुँजीवादी प्रणालीको अस्तित्व र स्वरुपका सम्बन्धमा नवीनतम् विचारहरू प्रकट हुन थालेका छन्।
_x000D__x000D_
_x000D_बेलायत तथा फ्रान्सका तत्कालीन औद्योगिक सहरहरूमा मजदुर आन्दोलन भए। यद्यपि, विद्रोहहरू असफल भए, आर्थिक सन्तुलन सहरी कामदार र किसानका पक्षमा ढल्क्यो भने ज्यालामा दुई/तीन गुणाले वृद्धि भयो। श्रमिकको अभावसँगै श्रम बचत हुने प्रविधिहरूको आविष्कार हुन थाल्यो।
_x000D_
_x000D__x000D_
यसै सन्दर्भमा सन् २०१५ मा पत्रकार पल म्यान्सनले ‘पोस्ट क्यापिटलिजमः अ गाइड टु आवर फ्युचर’ नामक किताब लेखे र त्यो ‘सन्डे टाइम्स बेस्टसेलर’ हुन पुग्यो। उनको विचारमा अबको सूचना प्रविधिको युगमा पुँजीवादले बिलकुल काम गर्न छाड्ने हुँदा नयाँ विश्व आर्थिक व्यवस्थाको प्रारम्भ अदृश्य रुपमा भइरहेको र त्यस्तो आर्थिक व्यवस्थालाई उनले नयाँ कलेवरमा उत्तरपुँजीवादको संज्ञा दिए। तर, उनको पुँजीवादको विकल्प हामीले बुझ्दै आएको राज्य नियन्त्रित समाजवाद कहिल्यै हुन नसक्ने उनको दाबी छ। यस लेखमा म्यान्सनको उक्त किताबमा लेखेका कुराको सारसंक्षेप प्रस्तुत गर्ने प्रयास गरिएको छ।
_x000D__x000D_
सामन्तवादको अन्त्य र पुँजीवादको उत्पति
_x000D_यस विषयमा आर्थिक इतिहासकारहरूले धेरै कारणहरू उल्लेख गरेका छन्। त्यसमध्ये केही महत्वपूर्ण घटनाक्रमका कारण सामन्तवादको अन्त्य भई पुँजीवादको प्रारम्भ भयो। सन् १३४७ मा युरोपमा सुरु भएको प्लेग, जसलाई कालो मृत्युको नामले पुकारिन्छ, ले सन् १३५३ सम्ममा युरोपको कम्तीमा पनि एक चौथाई जनसंख्या संहार गर्यो। यसबाट बाँच्न सफल हुनेहरूले सामाजिक–आर्थिक प्रणालीमा अभूतपूर्व रुपान्तरणको अनुभव गरे। कृषि मजदुरको आपूर्तिमा अत्यधिक कमी आयो। बेलायत तथा फ्रान्सका तत्कालीन औद्योगिक सहरहरूमा मजदुर आन्दोलन भए। यद्यपि, विद्रोहहरू असफल भए, आर्थिक सन्तुलन सहरी कामदार र किसानका पक्षमा ढल्क्यो भने ज्यालामा दुई/तीन गुणाले वृद्धि भयो। श्रमिकको अभावसँगै श्रम बचत हुने प्रविधिहरूको आविष्कार हुन थाल्यो। आन्तरिक रुपमा कमजोर भइरहेको सामन्तवादी प्रणाली ‘कालो मृत्यु’को यो बाह्य धक्काले धर्मराउन पुग्यो। इतिहासकारहरू यसलाई ‘सामन्तवादको सामान्य संकट’ को संज्ञा दिन्छन्।
_x000D__x000D_
परिवर्तनको दोस्रो कारण बैंकिङ विकास हो। १५ औं शताब्दीको बैंकिङ विकासमार्फत सामन्तवादी शासक वर्ग तथा कुलीनहरूले प्रशस्त सम्पत्ति आर्जन गर्न सके। बैंकिङको विकासले सामन्ती समाजमा व्यवस्थित रुपमा ऋण प्रवाह मात्र गरेन कि यसले शक्ति र सम्पत्तिको गोपनीयताको एउटा वैकल्पिक सञ्जालको निर्माणसमेत गर्यो। व्यावसायिक साम्राज्यमार्फत उनीहरूले राजाबाट अनौपचारिक दायराभित्र रणनीतिक लामसमेत लिन सक्ने भए। यसमा संलग्नहरूले सामन्ती अर्थ प्रणालीको औपचारिक दायराभित्र अलिखित स्वरुपमा पुँजीवादको सिर्जना गरे।
_x000D__x000D_
सामन्तवादको अन्त्य तथा पुँजीवादको प्रस्थानको तेस्रो संवाहक भनेको सन् १५०३ मा सुरु भएको अमेरिका उपरको युरोपियन विजय र सोबाट प्राप्त अथाह सम्पत्ति हो। पेरुबाट स्पेनिसहरूले एक पटकमामात्रै १३ लाख आउन्स (करिब ३७ टन) सुन लुटेर लगेका थिए। अमेरिकाबाट ओसारिएको अथाह सम्पत्तिले प्रारम्भिक आधुनिक युरोपको बजार संयन्त्र, निर्माण उद्योग र बैंकिङ विकासलाई प्रवर्द्धन गरेको थियो। यस्तो सम्पत्तिले पुराना स्वतन्त्र सहरमाथि राजतन्त्रीय राज्यहरूको पकड बलियो भयो भने अन्य ड्यूक तथा सम्भ्रान्तहरू तुलनात्मक रुपमा गरिबजस्ता देखिए।
_x000D__x000D_
_x000D_सामन्तवादको समाप्ति मूलतः प्रविधिको कथामात्र होइन। यो त असफल भइसकेको अर्थतन्त्र र बाह्य धक्काबीचको अन्तर्क्रिया हो, किनकि नवीनतम् चिन्तन पद्धति तथा बाह्य प्रभावबिना प्रविधिको विकासमात्र सामन्तवादको समाप्तिका लागि कारगर हुन सक्दैनथ्यो।
_x000D_
_x000D__x000D_
गुटन्वर्गबाट सन् १४५० मा प्रारम्भ गरिएको प्रिन्टिङ प्रेसले सामन्तवादलाई महत्वपूर्ण धक्का दिन पुग्यो। त्यसपछिको ५० वर्षमा करिब ८० लाख पुस्तकहरू छापिए जुन क्रिस्चयन समाजमा रोमन समयदेखि विभिन्न वस्तुमा कुँदिएका सामग्रीभन्दा निकै बढी थियो। प्रिन्टिङ क्षेत्रको महान सामाजिक इतिहासकार इलिजावेथ आइन्स्टाइनको भनाइअनुसार प्रिन्टिङ व्यवसायले अध्येता, पादरी, लेखक र धातुकारहरूलाई एउटै व्यावसायिक वातावरणमा ल्यायो जुन तत्कालीन अरु कुनै सामाजिक वातावरणले गर्न सकेको थिएन। मुद्रित पुस्तकले सन्दर्भयोग्य ज्ञान तथा लेखकीय वृत्तिको विकास हुन गयो। यसले प्रोटेस्ट्यान्ट धर्म, वैज्ञानिक क्रान्ति र मानवतावादको विकास गर्यो। प्रिन्टिङले मानिसको चिन्तन पद्धतिमा नै आमूल परिवर्तन ल्यायो। दार्शनिक फ्रान्सिस बेकनले सन् १६२० मा लेख्छन्, ‘प्रिन्टिङ गनपाउडर र कम्पासको आविश्कारले संसारको सम्पूर्ण अनुहार र अवस्थालाई परिवर्तन गरेको छ।’
_x000D__x000D_
उपर्युक्त ४ कारणहरूलाई मान्ने हो भने सामन्तवादको समाप्ति मूलतः प्रविधिको कथामात्र होइन। यो त असफल भइसकेको अर्थतन्त्र र बाह्य धक्काबीचको अन्तर्क्रिया हो, किनकि नवीनतम् चिन्तन पद्धति तथा बाह्य प्रभावबिना प्रविधिको विकासमात्र सामन्तवादको समाप्तिका लागि कारगर हुन सक्दैनथ्यो।
_x000D__x000D_
उत्पादनका साधनहरूको निजी स्वामित्व र नाफाका लागि तिनीहरूको परिचालनमा आधारित आर्थिक प्रणाली नै पुँजीवाद हो। यसका प्रमुख विशेषताहरूमा निजी सम्पत्ति, पुँजी सञ्चय, ज्याला मजदुर, स्वेच्छिक विनियम, मूल्य प्रणाली र प्रतिस्पर्धी बजार पर्दछन्। करिब ५ सय वर्षदेखि विश्व अर्थतन्त्र विभिन्न स्वरुपको पुँजीवादी व्यवस्थाको अभ्यास गर्दै अगाडि बढिरहेको पाइन्छ। पुँजीवादको विकास सामन्तवादी व्यवस्थाको गर्भबाट भएको हो। सामन्ती युगमा भएका केही महत्वपूर्ण घटनाक्रमको परिणामस्वरुप यसको विकास र विस्तार भएको सन्दर्भलाई आर्थिक इतिहासकारहरूले औंल्याएका छन्।
_x000D__x000D_
_x000D_वउदारवादको प्रतिष्ठा ठोस उपलब्धिमा निर्भर रहन्छ, विगत अढाई दशकमा यसले विविध क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकेको छ, विशेषगरी सूचना प्रविधिको क्षेत्रमा भएको प्रगतिले अन्य क्षेत्रको विकासमा गुणात्मक प्रभाव परेको छ।
_x000D_
_x000D__x000D_
यसरी सामन्तवादको गर्भबाट जन्भिएका पुँजीवाद विगत ५ शताब्दीदेखि विभिन्न उतारचढावका बाबजूद पनि विभिन्न स्वरुपमा विश्व अर्थतन्त्रको विशेषता हुँदै आइरहेको छ। यद्यपि, मार्क्सवादमा आधारित सन् १९१७ को रसियन क्रान्ति र सन् १९३० को विश्वव्यापी मन्दीले पुँजीवादको अवसानको आभास नदिएको होइन, साम्यवाद पुँजीवादको विकल्प हुन नसक्ने त पुष्टि नै भइसकेको मानिन्छ भने विश्वव्यापी मन्दीको प्रभावको नतिजास्वरुप प्रतिपादित किन्सियन लोककल्याणकारी राज्य पनि पुँजीवादको दरिलो विकल्प साबित हुन सकेन। बरु यसले कल्याणकारी पुँजीवाद तथा राज्य पुँजीवादको स्वरुप धारण गर्न सफल भएको पाइन्छ।
_x000D__x000D_
सन् १९८० को दशकमा नवीकृत उदारवादले पुँजीवादको अस्तित्वलाई किन्सियन लोककल्याणकारी अवधारणाबाट बचाउन सफल भएको पाइन्छ।
_x000D__x000D_
पल म्यान्सनको उत्तरपुँजीवाद
_x000D_पल म्यान्सनको उक्त किताबमा व्यक्त विचारहरूको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ, नवउदारवादको चरित्र चित्रण गर्दै उनी भन्छन्, ‘नवउदारवाद अनियन्त्रित बजारको सिद्धान्त होस् व्यक्तिहरूले आफ्नो व्यक्तिगत हित पूरा गर्नु नै समृद्धिको सबैभन्दा राम्रो उपाय हो र बजारको माध्यमबाट मात्र व्यक्तिगत हितको अभिव्यक्ति हुन्छ भन्ने सिद्धान्तलाई यसले आत्मसात गर्दछ। त्यस्तै, राज्यको कार्यक्षेत्र सानो हुनुपर्छ, वित्तीय सट्टेबाजी असल कुरा होस् असमानता स्वभाविक हो, मानिसहरू स्वभाविक रुपमा निर्दयी हुन्छन् र एक आपसमा प्रतिस्पर्धा गर्छन्।
_x000D__x000D_
_x000D_सन् २००८ मा सुरु भएको वित्तीय संकट सामाजिक संकटमा परिणत भयो, जसले आम अशान्तितर्फ लग्यो र अहिले क्रान्तिले विभिन्न देशहरूमा गृहयुद्धको रुप लिएको छ। आणविक शक्ति सम्पन्न राष्ट्रहरूबीच सैनिक तनावको वातावरण सिर्जना गरेको छ।
_x000D_
_x000D__x000D_
नवउदारवादको प्रतिष्ठा ठोस उपलब्धिमा निर्भर रहन्छ, विगत अढाई दशकमा यसले विविध क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकेको छ, विशेषगरी सूचना प्रविधिको क्षेत्रमा भएको प्रगतिले अन्य क्षेत्रको विकासमा गुणात्मक प्रभाव परेको छ। तर, यो प्रक्रियामा आर्थिक असमानता सय वर्ष अघिको स्तरमा पुनर्जीवित भएको छ। विश्वका एक प्रतिशत सम्भ्रान्तहरूको लागि नवउदारवादमा एउटा धर्ममा जस्तो शक्ति भएको प्रतित हुन्छ। जति बढी अभयास गर्यो, त्यत्रि राम्रो अनुभूति हुने र त्यति बढी धनी भइने।
_x000D__x000D_
पुँजीवादः मिति सकिएको औषधि
_x000D_पल म्यान्सन् भन्छन्, ‘सन् २००८ को वित्तीय संकटपछि पनि विश्वका प्रमुख वित्तीय केन्द्रहरू भित्र अझै पनि सबै चिजहरू गुलाबी नै देखिन्छन्। वित्तीय प्रणालीलाई सुचारु गर्न दशौं खर्च डलरको ‘कन्फेक्टेड मनी’ बैंक, हेज फन्ड, ल फर्म र परामर्शदायी संस्थामार्फत प्रवाहित भएको छ। यति हुँदा पनि पुँजीवादको दीर्घकालीन सम्भावना भने निराशाजनक छ। ओइसिडीको अनुसार विश्वको विकसित देशहरूको आगामी ५० वर्षको वृद्धि कमजोर रहने छ। असमानता ४० प्रतिशतले वृद्धि हुनेछ। विकासशील देशहरूमा पनि अहिले देखिइरहेको आर्थिक गतिशीलता सन् २०६० पछि समाप्त हुनेछ। ओइसिडीका अर्थशास्त्रीहरू यस अवस्थालाई शालीन भाषामा भन्छन्, ‘विकसित जगतको लागि पुँजीवादको योगदान यसअघि नै भइसक्यो, बाँकी देशहरूका लागि यसको योगदान हाम्रो जीवनकालमा नै पूरा भइसक्नेछ।’
_x000D__x000D_
विद्यमान संकटका सम्भावित परिणाम
_x000D_सन् २००८ मा सुरु भएको वित्तीय संकट सामाजिक संकटमा परिणत भयो, जसले आम अशान्तितर्फ लग्यो र अहिले क्रान्तिले विभिन्न देशहरूमा गृहयुद्धको रुप लिएको छ। आणविक शक्ति सम्पन्न राष्ट्रहरूबीच सैनिक तनावको वातावरण सिर्जना गरेको छ। यो संकट दुई तरिकाले समाप्त हुन सक्छ, पहिलो अवस्था, विश्वका कुलीनहरू यो संकटको लागत श्रमिक, पेन्सनर र गरिबमाथि थोपर्ने कार्यलाई आगामी १०/२० वर्षसम्म निरन्तरता दिन्छन्। यो स्थितिमा आइएमएफ, वर्ल्ड बैंक, डब्लुटिओद्वारा लागू गरिएको विश्वव्यवस्थ कमजोर अवस्थामा भए पनि बाँचिरहनेछन्। विश्वव्यापीकरणलाई बचाउने लागत विकसित जगतका सर्वसाधारण जनताले व्यहोर्नेछन्, तर त्यस्तो अवस्थामा आर्थिक वृद्धि स्थिर रहन्छ।
_x000D__x000D_
_x000D_प्रतिरोधमा केही प्राविधिक गल्ती तथा दमनको कारण मात्रले होइन कि स्वतन्त्र बजार पुँजीवाद एउटा स्पष्ट र शक्तिशाली विचार भएको कारणले विद्रोह निस्तेज हुन गयो जबकि यसको प्रतिरोध गर्नेहरूले पुरानो, अझै खराब र असंगत विचारको वकालत गरेको जस्तो देखियो किनभने विरोध गर्नेहरूसँग कुनै किसिमको दरिलो विकल्प देखिएन।
_x000D_
_x000D__x000D_
दोस्रो अवस्था, अहिलेको सन्तुलन र समझदारी तोडिन्छ। जब सर्वसाधारणले सार्वजनिक खर्च कटौतीको मूल्य तिर्न अस्विकार गर्छन्, उग्र दक्षिणपन्थी र वामपन्थी दलहरू सत्तामा आउँछन्। तब संकटको लागत एकापसमा मिलेर तिर्ने अवस्था रहन्छ। त्यसपछि विश्वव्यापीकरण समाप्त हुन्छ, अन्तर्राष्ट्रिय संस्थाहरू संस्थाहरू शक्तिहीन हुन्छन् र विगत अढाइ दशकदेखि भोग्नुपरेका लागू औषधिको युद्ध, उत्तरसोभियत राष्ट्रवाद, मुस्लिम धर्मयुद्ध, अनियन्त्रित आप्रवासन र यसको प्रतिरोध जस्ता द्धन्द्धहरूले विश्व प्रणालीको केन्द्रमा नै आगो झोस्नेछ। त्यस्तो अवस्थामा अन्तर्राष्ट्रिय कानुनमाथिको ओठेभक्ति विलिन हुनेछ, यातना, प्रेस सेन्सरसिप, गैरन्यायिक हिरासत तथा आम निगरानी नै राज्य सञ्चालनको नियमित औजार हुनेछ। यो सन् १९३० मा जे भएको थियो, त्यसैको संस्करण हो, र यस्तो नदोहोरिएला भन्ने कुनै प्रत्याभूति छैन।
_x000D__x000D_
उपर्युक्त दुवै परिस्थितिमा जलवायु परिवर्तनको प्रभाव, वृद्ध जनसंख्याको बढोत्तरी र जनसंख्या वृद्धिले सन् २०५० मा पिरोल्नेछ। यदि हामीले दिगो विश्वव्यवस्था सृजना गर्न सकेनौं भने सन् २०५० पछिका दशकहरू अप्ठ्यारा हुन सक्नेछन्।
_x000D__x000D_
ग्रीसको अनुभवले के भन्छ भने कुनै पनि सरकार जसले सार्वजनिक हितमा जाने खर्च कटौतीको विपक्षमा जान्छ। उसले विश्वका एक प्रतिशत मानिसको पक्षमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको नीतिसँग टकराउनुपर्छ, ग्रीसको सन् २०१५ को निर्वाचन वामपन्थी दलले जितेपछि युरोपियन केन्द्रीय बैंक (इसिबी) ले ग्रिक बैंकहरूमा २० अर्ब युरोको निक्षेपमा भइरहेको क्षतिलाई रोक्नेतर्फ ध्यान नै दिएन, जसले गर्दा वामपन्थी झुकाव राख्ने सरकारलाई बैंकहरूको दिवालिया वा इसिबीको नीतिसँग समर्पित हुनुपर्ने विकल्प रोज्नुपर्ने अवस्था आयो। इसिबीले यस्तो निर्णय गर्दाको न कुनै माइन्युट, मतदातको अभिलेख वा कुनै पुष्ट्याइँ नै राखेको पाउन सकिन्छ। दक्षिणपन्थी झुकाव राख्ने जर्मन समाचारपत्र स्टर्नका अनुसार तिनीहरूको ग्रीसलाई चकनाचुर पारे।
_x000D__x000D_
नवउदारवाद विरोधी आन्दोलनका समस्या
_x000D_दुई दशकदेखि लाखौं मानिसहरू नवउदारवादको प्रतिरोधमा उत्रिए, तर त्यो कामयावी हुन सकेन। प्रतिरोधमा केही प्राविधिक गल्ती तथा दमनको कारण मात्रले होइन कि स्वतन्त्र बजार पुँजीवाद एउटा स्पष्ट र शक्तिशाली विचार भएको कारणले विद्रोह निस्तेज हुन गयो जबकि यसको प्रतिरोध गर्नेहरूले पुरानो, अझै खराब र असंगत विचारको वकालत गरेको जस्तो देखियो किनभने विरोध गर्नेहरूसँग कुनै किसिमको दरिलो विकल्प देखिएन।
_x000D__x000D_
_x000D_पुँजीवाद एउटा जीव हो, यसको जन्म, विकास र अन्त्य छ। यो जटिल प्रणाली हो, जुन व्यक्ति, सरकार र महाशक्तिको पनि नियन्त्रण भन्दा बाहिर सञ्चालन हुन्छ। मानिसले विवेकपूर्ण कार्य गर्दागर्दै पनि उसको इच्छा विपरीतका परिणामहरू यसले सिर्जना गर्दछ।
_x000D_
_x000D__x000D_
बीसौं शताब्दीमा नै असफल साबित भई छोडिएको समाजवादकै कुरा गर्ने हो भने ठूलो परिवर्तनका लागि भनेर किन लड्ने? किन राज्य नियन्त्रण र आर्थिक राष्ट्रवाद जस्तो प्रतिगामी विचारका लागि लड्ने? किन त्यस्तो अर्थव्यवस्थाका लागि लड्ने जुन प्रत्येक मानिसले एउटै व्यवहार गरेमा वा क्रुर पदीय तहगत प्रणालीप्रति नतमस्तक भएमा मात्र सञ्चालन हुन सक्छ? यसको चित्तबुझ्दो जवाफ प्रतिरोधीहरूसँग छैन, त्यसैले प्रतिरोध असफल हुँदै आइरहेको छ।
_x000D__x000D_
विद्यमान संकट नवउदारवादी ढाँचाको अन्त्यको संकेतमात्र होइन कि यो दीर्घकालदेखि बजार प्रणाली र सूचनामा आधारित अर्थतन्त्रबीचको बेमेलको लक्षणसमेत हो। नवउदारवादलाई प्रतिस्थापन गर्न हामीसँग समग्रतामा आधारित एउटा नयाँ शक्तिशाली र प्रभावकारी ढाँचा हुनुपर्छ, जुन आफैंमा चल्ने र अहिलेभन्दा राम्रो परिणाम दिने हुनुपर्छ। यो कुनै नीति वा कानुमा होइन कि सुक्ष्म संयन्त्रमा आधारित हुनुपर्छ।
_x000D__x000D_
सूचना प्रविधि र पुँजीवादबीचको असंगति
_x000D_पुँजीवादलाई एउटा पूर्ण प्रणालीको रुपमा अध्ययन गर्दा हामीले यसका आधारभूत चरित्रहरू पहिचान गर्न सक्छौं। पुँजीवादको सजीव चित्रण गर्दै म्यान्सन् भन्छन्, ‘पुँजीवाद एउटा जीव हो, यसको जन्म, विकास र अन्त्य छ। यो जटिल प्रणाली हो, जुन व्यक्ति, सरकार र महाशक्तिको पनि नियन्त्रण भन्दा बाहिर सञ्चालन हुन्छ। मानिसले विवेकपूर्ण कार्य गर्दागर्दै पनि उसको इच्छा विपरीतका परिणामहरू यसले सिर्जना गर्दछ। पुँजीवाद सिक्ने प्राणी पनि हो, यो परिस्थितिअनुसार निरन्तर अनुकूलन हुन सक्छ। यसले प्रतिकूल परिस्थितिमा सिर्जित खतराको प्रतिक्रिया स्वरुप आफ्नो स्वरुप तथा आनुवांशिक संरचनामा यसरी परिवर्तन गरी नयाँ ढाँचा र संरचना निर्माण गर्छ कि त्यसपछिका पुस्ताले यसको भेउ पाउनसमेत मुस्किल हुन्छ। यसको बाँच्ने आधारभूत जैविक खुवी भनेको प्रविधि परिवर्तनलाई अगाडि बढाउन सक्नु हो।
_x000D__x000D_
_x000D_पुरातन वामपन्थीहरूको उद्देश्य बजार संयन्त्रलाई बलपूर्वक नष्ट गर्नु थियो। कामदार वर्गले त्यस्तो बलको प्रयोग मतपत्रको बाकसमा गर्लान् र राज्य त्यसको सहयोगी हुनेछ भन्ने ठानिन्थ्यो। बारम्बार हुने आर्थिक संकटको माध्यमबाट त्यस्तो अवसर आउला भन्ने ठानिन्थ्यो।
_x000D_
_x000D__x000D_
सूचना प्रविधिमामात्र होइन कि खाद्यान्न उत्पादन, प्रजनन नियन्त्रण वा वैश्विक स्वस्थ्यको क्षेत्रमा विगत अढाइ दशकमा भएको प्रगतिले मानव क्षमतामा कहिल्यै हुन नसकेको फड्को मारेको छ। तर, हामीले सिर्जना गरेको प्रविधिले विद्यमान स्वरुपमा मात्र होइन कि कुनै पनि स्वरुपमा पुँजीवादसँग संगति राख्दैन। जब पुँजीवाद प्रविधि परिवर्तनसँग अनुकूलन हुन सक्दैन तब उत्तरपुँजीवाद आवश्यक हुन आउँछ। संगठन र मानव व्यवहारले जब प्राविधिक परिवर्तनलाई स्वाभाविक रुपमा उपयोग गर्न अभ्यस्त हुन्छ तब उत्तरपुँजीवाद सम्भव हुन्छ। मान्सन तर्क गर्छन् कि पुँजीवाद जटिल र अनुकूलित प्रणाली हो जो अनुकूलन हुन सक्ने सीमामा पुगिसकेको छ। यो विचार निश्चित रुपमा मूलधारका अर्थशास्त्रीहरूको भन्दा कोसौं टाढा छ, सन् १९८९ पश्चात् देखापरेको आर्थिक उछालपछि अर्थशास्त्रीहरूले नवउदारवादलाई मानवीय विवेक सटिक रुपमा अभिव्यक्ति हुने पूर्ण प्रणाली हो भनी विश्वास गर्न थाले, जसमा सबै समस्याहरू राजनीतिज्ञ र केन्द्रीय बैंकका पदाधिकारीले वित्त र मौद्रिक नीतिमार्फत् समाधान गर्न खोजे पनि तर समाधान गर्न सकेनन्।
_x000D__x000D_
राज्य नियन्त्रित समाजवाद पुँजीवादको विकल्प होइन
_x000D_पुँजीवादको समाप्ति कस्तो होला भन्ने सम्बन्धमा विगतका शताब्दीका वामपन्थीहरूको बुझाइ गलत थियो भन्ने कुरा स्विकार्नुपर्छ। पुरातन वामपन्थीहरूको उद्देश्य बजार संयन्त्रलाई बलपूर्वक नष्ट गर्नु थियो। कामदार वर्गले त्यस्तो बलको प्रयोग मतपत्रको बाकसमा गर्लान् र राज्य त्यसको सहयोगी हुनेछ भन्ने ठानिन्थ्यो। बारम्बार हुने आर्थिक संकटको माध्यमबाट त्यस्तो अवसर आउला भन्ने ठानिन्थ्यो। तर, विगत २५ वर्षमा बरु वामपन्थीका योजनाहरू पतन भए। बजारले योजनालाई ध्वस्त गर्यो, व्यक्तिवादले सामुहिकतावाद र ऐक्यबद्धतालाई प्रतिस्थापन गर्यो। अहिले व्यापक रुपमा फैलिएको कामदार बर्ग सर्वहारा जस्तो देखिन्छ, तर यसले न सर्वहारालेजस्तो सोच्छ न व्यवहार नै गर्छ।
_x000D__x000D_
यदि यो सबै तपाईं देख्दै आउनु भएको पुँजीवादमा विश्वास नगर्ने मान्छे हो भने तपाईंलाई यो पीडादायी हुन्छ।
_x000D__x000D_
उत्तरपुँजीवाद उत्पत्तिका आधार
_x000D_पुँजीवाद बलपूर्वक फ्याँक्न सकिने प्रणाली होइन। यसको प्रतिस्थापन योभन्दा बढी गतिशील प्रणालीबाट मात्र हुन सक्छ, जुन पुँजीवादी प्रणालीभित्र नै सुरुमा अदृश्य रुपमा अस्तित्वमा आउँछ र अन्ततः नवीनतम मूल्य, मान्यता र व्यवहारबाट अर्थतन्त्रको नयाँ स्वरुपमा उत्पन्न हुन्छ। जसरी ५०० वर्षपहिले सामन्तवादको विनास भएको थियो, त्यसरी नै पुँजीवादको विनास पनि बाह्य धक्काबाट हुनेछ र नयाँ मूल्य मान्यतासहितको मानिसको आगमनबाट अर्थतन्त्रहरूले नवीनतम् स्वरुप धारण गर्नेछन्। यो प्रक्रिया सुरु भइसकेको छ।
_x000D__x000D_
विगत अढाई दशकमा विकसित भएको नयाँ प्रविधिको तीन वटा प्रभावको कारण उत्तर पुँजीवाद सम्भव छ। पहिलो, सूचना प्रविधिले कामको आवश्यकतालाई कटौती गरेको छ, काम र फुर्सदबीचको रेखालाई धमिलो बनाएको छ र काम र ज्यालाबीचको सम्बन्धलाई फितलो बनाएको छ।
_x000D__x000D_
दोस्रो, सूचना वस्तुले बजारको मूल्य निर्धारण गर्ने क्षमतामा ह्रास ल्याइदिएको छ, किनभने बजार दुर्लभतामा आधारित हुन्छ, जबकि सूचना पर्याप्त मात्रामा उपलब्ध रहन्छ। विद्यमान पुँजीवादको प्रतिरक्षात्मक प्रणाली भनेको विगत २ सय वर्षमा नदेखिएको स्तरमा एकाधिकारको निर्माण गर्न सक्नु नै हो, अब यो धेरै समयसम्म रहन सक्ने अवस्था छैन।
_x000D__x000D_
तेस्रो, संयुक्त उत्पादनमा स्वतस्फूर्त वृद्धि भइरहेको हामीले देखिरहेका छौं। वस्तु, सेवा र संगठनहरू बजार तथा व्यवस्थापकीय पदसोपानका आग्रहहरूमा प्रतिक्रियाबिहीन भइरहेको देखिँदैन। उदाहरणका लागि २७ हजार स्वयंसेवकहरूबाट निर्मित विश्वको ठूलो निःशुल्क सूचना उत्पादक विकिपेडियाले इन्साइक्लोपेडियाको व्यवसाय समाप्त गर्दै विज्ञापन उद्योगलाई प्रतिवर्ष ३ अर्ब डलर राजस्वबाट बञ्चित गरिदिएको छ।
_x000D__x000D_
_x000D_उत्तरपुँजीवादमा हुने संक्रमणमा राज्य, बजार र बजारबाहिरको सहउत्पादन क्षेत्र समावेश हुनेछन्। तर, यसलाई साकार गर्न सम्पूर्ण वामपन्थी अवधारणा, नवउदारवादका विरोधीदेखि सामाजिक प्रजातान्त्रिक र उदारवादी दलहरू पुनर्संरचित हुनुपर्दछ।
_x000D_
_x000D__x000D_
सन् २००८ को संकटको परिणामस्वरुप पेशेवर अर्थशास्त्रीहरूको विरलै ध्यान पुगेको समानान्तर मुद्रा, समय बैंकिङ, सहकारी र स्वव्यवस्थित स्पेसजस्ता अवधारणाहरू तीव्रतर हुँदैछन्। नयाँ स्वरुपको स्वामित्व, नयाँ स्वरुपको ऋण व्यवस्था र नयाँ कानुनी करारजस्ता प्रकृतिका समग्र व्यवसायीक सह–संस्कृति विगत एक दशकदेखि देखापरिरहेका छन्, जसलाई सञ्चार जगतले प्रायः साझेदार अर्थतन्त्र भनी स्वरांकित गर्ने गर्दछ। साधारण, सह–उत्पादन जस्ता शब्द प्रचलनमा आइरहेका छन् र यसले पुँजीवाद स्वयंका लागि के अर्थ राख्छ भन्ने कुरामा केही मानिसहरू घोत्लिन थालेका छन्।
_x000D__x000D_
पुरातन समाजवादी अवधारणामा राज्यले बजारलाई लिन्छ, धनीको सट्टा गरिबको पक्षमा यसलाई सञ्चालन गर्छ भनिन्छ, उत्पादनका प्रमुख क्षेत्रहरूलाई बजारबाट नियोजित अर्थतन्त्रमा ल्याउँछ। रसियामा यसको अभ्यास गरियो, तर यसले काम गरेन। काम गर्यो कि गरेन ठूलो प्रश्न छ। आज पुँजीवादको परिदृश्यमा परिवर्तन आएको छ, यो विश्वव्यापी छ, खण्ड–खण्डमा छ, सानो स्तरमा छनोट गर्न सकिने हुँदैछ। अस्थायी काम, आंशिक काम र बहुक्षमताका कामतर्फ गइरहेको छ।
_x000D__x000D_
उत्तरपुँजीवादमा हुने संक्रमणमा राज्य, बजार र बजारबाहिरको सहउत्पादन क्षेत्र समावेश हुनेछन्। तर, यसलाई साकार गर्न सम्पूर्ण वामपन्थी अवधारणा, नवउदारवादका विरोधीदेखि सामाजिक प्रजातान्त्रिक र उदारवादी दलहरू पुनर्संरचित हुनुपर्दछ। वास्तवमा, उत्तरपुँजीवादी अवधारणाको आवश्यकताबारे मानिसले एक पटक बुझिसकेपछि यो वामपन्थीहरूको पेवा हुन सक्दैन, बरु यो बृहद् आन्दोलनको सम्पत्ति हुन्छ, तर यसलाई नयाँ कलेवर दिनुपर्ने आवश्यकता पर्दछ।
_x000D__x000D_
उत्तरपुँजीवादका संवाहक को हुन्?
_x000D_यो कसले गर्न सक्छ? पुरातन वामपन्थीको लागि औद्योगिक मजदुरले गर्न सक्थ्यो, दुई सय वर्षअघि प्रगतिशील पत्रकार व्यजलले बेलायती कारखाना बनाउने मानिसहरूलाई चेतावनी दिँदै भने कि तिनीहरूले नयाँ र खतरनाक स्वरुपको प्रजातन्त्र सिर्जना गरेर हरेक ठूला कार्यशाला र कारखाना एक किसिमको राजनीतिक समाज हो, जसलाई न संसदको कुनै कानुनले चुप राख्न सक्छ न त कुनै मेजिष्ट्रेटले तितरवितर पार्न नै।
_x000D__x000D_
_x000D_संस्थापन पक्षीय पुँजीवादीहरूले संकटका समयमा फेसबुक, ट्वीटर र इन्टरनेट र मोबाइल फोन नेटवर्क बन्द गरेर र अर्थतन्त्रलाई पक्षघात गर्न सक्छन्। तिनीहरूले हामीले उत्पादन गरेका प्रत्येक किलोबाइट सूचना भण्डार गर्न र अनुगमन गर्न सक्छन्। तर, तिनीहरूले चीन, उत्तर कोरिया र इरानले जस्तो आधुनिक जीवनको महत्वपूर्ण पक्षबाट बिमुख गरेर तहगत, दुष्प्रचारमूलक र अज्ञानी समाज पुनः लाद्न सक्दैनन्।
_x000D_
_x000D__x000D_
आज सम्पूर्ण समाज एउटा कारखाना हो। हरेक दिनको कामका लागि आज सञ्चारको आधुनिक माध्यम अत्यावश्यक हुन्छ, आजको काम साझा ज्ञानमा आधारित छ, काम गर्ने मानिसहरूको असन्तोषसँगै नाफा पनि आर्जन भइरहेको छ। आजको सञ्जाल २ सय वर्ष पहिलेको कार्यशालाजस्तै हो, जसलाई चुप राख्न र तितरवितर गर्न सकिँदैन।
_x000D__x000D_
सत्य हो, संस्थापन पक्षीय पुँजीवादीहरूले संकटका समयमा फेसबुक, ट्वीटर र इन्टरनेट र मोबाइल फोन नेटवर्क बन्द गरेर र अर्थतन्त्रलाई पक्षघात गर्न सक्छन्। तिनीहरूले हामीले उत्पादन गरेका प्रत्येक किलोबाइट सूचना भण्डार गर्न र अनुगमन गर्न सक्छन्। तर, तिनीहरूले चीन, उत्तर कोरिया र इरानले जस्तो आधुनिक जीवनको महत्वपूर्ण पक्षबाट बिमुख गरेर तहगत, दुष्प्रचारमूलक र अज्ञानी समाज पुनः लाद्न सक्दैनन्। यसो गर्नु समाजशास्त्री मानुएल क्यास्टेल्सले भनेको जस्तो देशलाई अविद्युतीकरण गर्न कोसिस गर्नु सरह हो।
_x000D__x000D_
सञ्चार पुँजीवादले करोडौं शिक्षित, सञ्जालीकृत मानव जाति, तर वित्तीय आधारमा शोषित मानिसहरू सृजना गरेको छ जो इतिहासमा परिवर्तनका वाहक हुन्। फलतः सन् २००८ पश्चात नयाँ प्रकारका आन्दोलहरूसँग हामी साक्षात्कार भएका छौं। शक्ति संरचना र पदसोपानको दुरुपयोगबाट जोगिन नयाँ २० औं शताब्दीको गल्तीबाट स्वयं सुरक्षित हुन विरोधी आन्दोलनहरूले सडक तताएका छन्। फेसबुक र ट्वीटरको माध्यमबाट भएको स्पेनको सार्वजनिक खर्च कटौती विरोधी आन्दोलनदेखि अरब स्प्रिङसम्मका आन्दोलनमा सञ्जालीकृत पुस्ताका मूल्य, आवाज र नैतिकता स्पष्ट रुपमा अभिव्यक्त भएका थिए। त्यस्तै, सन् २०१३/१४ मा टर्की, भारत, युक्रेन र हङकङजस्ता प्रतिष्ठित विकासशील अर्थतन्त्रमा भएका आन्दोलनमा फेरि पनि सञ्जालीकृत पुस्ता नै नेतृत्वमा रहे। उनीहरूका गुनासाहरू पुँजीवादको टुक्रिएको मुटुमा नै गढ्न गयो।
_x000D__x000D_
जून, २०१३ को इस्तानबुलको गेजी पार्क बेरिकेडमा भेटिएका चिकित्सक, सफ्टवेर निर्माता, पानी जहाजका कर्मचारी र लेखापाल जस्ता पेशाविद्हरूले इस्लामिक शासनद्धारा लुटिएको आधुनिक जीवनशैलीको तुलनामा टर्कीको ८ प्रतिशतको आर्थिक वृद्धि कुनै क्षतिपूर्ति हुन नसक्ने अभिव्यक्ति दिए। त्यस्तै, ब्राजिलमा अर्थशास्त्रीहरूले नयाँ मध्यम वर्ग सृजना भएको उल्लास मनाए पनि तिनीहरू यर्थाथमा न्यून वेतनभोगी कामदारमा परिणत भएका थिए। तिनीहरू फोहोर बस्तीको जीवनबाट उम्किए पनि नियमित तलब र बैंक खाता भएका तर आधारभूत सुविधाबाट बञ्चित वर्गमा परिणत भएका छन्। तिनीहरू करोडौंको संख्यामा सडकमा ओइरिएका छन्।
_x000D__x000D_
_x000D_उत्तरपुँजीवादको डिजाइन पनि सफ्टवेर जस्तै जस्तै ‘मड्युलर’ हुन सक्छ। विभिन्न मानिसले विभिन्न ठाउँबाट फरक गतिमा एक अर्काबाट स्वतन्त्र भएर यसको डिजाइन गर्न सक्छन्। यसका लागि अब कुनै पनि योजना आवश्यक पर्दैन, यो ‘मोड्युलर’ परियोजना डिजाइन जस्तै हो।
_x000D_
_x000D__x000D_
धेरैजसो विद्रोहहरू तुहिए। अरब स्प्रिङलाई पनि इजिप्ट र बहराइनमा जस्तै दमन गरियो वा लिबिया र सिरियामा जस्तै इस्लामवादमा विलिन गरियो। युरोपमा, दमनकारी प्रहरी र खर्च कटौती पक्षधर सर्वदलीय संयुक्त मञ्चले स्पेनका आदिवासी उपर मुक्का प्रहार गरी निःशब्द बनायो। तर, आजको अत्यधिक जटिल सूचना प्रधान समाजमा हुने आन्दोलन २० औं शताब्दीका आन्दोलनहरू भन्दा धेरै फरक हुने यी आन्दोलनहरूबाट स्पष्ट देखियो। यद्यपि, सामाजिक मुद्दाहरू तीव्रतर रुपमा अगाडि राख्ने यस्ता आन्दोलनहरू सबल तथा संगठीत श्रमिक वर्गबिना प्रायः तुहिन्छन्, तर सुव्यवस्था कहिल्यै कायम हुँदैन।
_x000D__x000D_
उत्तर पुँजीवादको डिजाइन
_x000D_पल म्यान्सन उत्तरपुँजीवादको डिजाइन गर्न सकिने कुरा गर्छन्। जसरी उच्च प्रविधिको इन्जिनियरिङमा एउटा धातुको टुक्रालाई निश्चित आकार दिनुभन्दा पहिले सुरुदेखि अन्त्यसम्मका सम्पूर्ण प्रक्रिया वस्तुको डिजाइन, जाँच र निर्माणसम्म पनि कम्प्युटरमा मोडल तयार गरी ‘भर्चुअल्ली’ गरिन्छ। गल्तीहरू डिजाइन तहमा नै पत्ता लगाई सुधार गरिन्छ, जनु त्रिआयामिक ‘सिमुलेसन’ प्रविधि विकास हुनुभन्दा पहिले सम्भव थिएन। यही ‘एनालोजी’ उत्तरपुँजीवादको ढाँचा निर्माणमा पनि लागू हुन्छ। सूचना समाजमा कुनै पनि विचार निरर्थक हुँदैन चाहे त्यो टेन्ट क्याम्पमा जन्मिएको होस्, चाहे जेलको कोठा वा ‘स्टार्टअप कम्पनी’ को छलफलमा कल्पना गरिएको होस्।
_x000D__x000D_
उत्तरपुँजीवादको डिजाइन पनि सफ्टवेर जस्तै जस्तै ‘मड्युलर’ हुन सक्छ। विभिन्न मानिसले विभिन्न ठाउँबाट फरक गतिमा एक अर्काबाट स्वतन्त्र भएर यसको डिजाइन गर्न सक्छन्। यसका लागि अब कुनै पनि योजना आवश्यक पर्दैन, यो ‘मोड्युलर’ परियोजना डिजाइन जस्तै हो।
_x000D__x000D_
मान्सनको उद्देश्य पुँजीवादको विकल्पमा कुनै आर्थिक रणनीति वा मार्गदर्शन प्रदान गर्नु होइन। उनको उद्देश्य त पुँजीवादका नयाँ विरोधाभाषहरूको नक्सांकन गर्नु हो जसबाट कि गैरपुँजीवादी चिन्तन, पुँजीवाद विरोधी आन्दोलन तथा त्यस्ता राजनीतिक दलहरूले अवलम्बन गर्न चाहेको पद्धतिका लागि समन्वयका प्रभावकारी विधिहरू प्राप्त गर्न सकून्।
_x000D__x000D_
के उत्तरपुँजीवाद काल्पनिक हो?
_x000D_माथि उल्लेख गरिएजस्तै आजको मूख्य विरोधाभाष भनेको एकातिर धेरै चिजहरू निःशुल्क, वस्तु तथा सूचनाको पर्याप्तताको सम्भावना छ भने अर्कोतर्फ प्रणालीको एकाधिकार, बैंक तथा सरकारहरूले हरेक कुरालाई निजी, दुर्लभ एवं व्यापारिक गर्न कोसिस गर्नुको बीचमा रहेको छ। हरेक सन्दर्भमा सञ्जालीकृत नयाँ समाज र पदसोपानमा आधारित पुरानो पद्धति, पुँजीवादमा अभ्यस्त पुरानो समाज र नयाँ कुराको परिकल्पना गर्ने नयाँ स्वरुपको समाज बीचको संघर्ष देखापर्छ। कुलीन वर्ग र यिनका समर्थकहरू पुँजीवादका आधारभूत सिद्धान्तहरू, उच्चस्तरको कर्जा प्रवाह, न्यून ज्याला, गोपनीयता, सैनिकवाद, बौद्धिक सम्पत्ति र कार्बनमा आधारित अर्थतन्त्रकै प्रतिरक्षा गर्छन्। दुःखको कुरा के छ भने विश्वका सबै सरकारहरू उनीहरूकै नियन्त्रणमा छन्। खुसीको कुरा के छ भने धेरैजसो देशहरूमा सर्वसाधारण जनताका बीचमा उनीहरू निकै कम लोकप्रिय देखिन्छन्। यस्तो अवस्थामा लोकतन्त्र खतरामा पर्ने सम्भावना हुन्छ।
_x000D__x000D_
_x000D_पुँजीवादको सशक्त विकल्पको रुपमा सन् १९१७ को रसियन क्रान्तिबाट सुरु भएको साम्यवाद तर्फको अभ्यास विकल्प त हुन सकेन नै बरु मानव सभ्यताको एउटा डरलाग्दो सपनाको रुपमा मानव मस्तिष्कमा रहिरह्यो।
_x000D_
_x000D__x000D_
उत्तरपुँजीवाद के काल्पनिक हो? मान्सनले डिजिटल क्रान्तिको कारणबाट पुँजीवादमाथि अस्तित्वको संकट आइपरेको उल्लेख गरेका छन्। यो क्रान्तिले काम, उत्पादन र मूल्यको बारेमा प्रचलित धारणालाई बदल्न सक्ने तथा बजार र निजी स्वामित्वमा आधारित अर्थतन्त्रलाई नष्ट गर्न सक्ने क्षमता राख्दछ। यो वास्तवमा केही मात्रामा त भई नै रहेको पनि छ, जस्तो कि समानान्तर मुद्रा, सहकारी, स्वव्यवस्थित ‘अनलाइन स्पेस’ तथा विकिपिडिया जस्तो सूचनाको भण्डार इत्यादि, १९ औं शताब्दीको मध्यकालको समाजवाद किन असफल भयो भने त्यो समयको अर्थतन्त्र, प्रविधि र मानव पुँजीको स्तर पर्याप्त मात्रामा विकसित थिएन। तर, सबै कुराहरू परिपक्व भएकाले अब उत्तरपुँजीवाद वास्तविकतामा परिणत हुने मान्सनको विश्वास छ।
_x000D__x000D_
उपसंहार
_x000D_पुँजीवाद वा नवउदारवादको विपक्षमा यति धेरै अभिमत आउनुमा सन् २००८ को आर्थिक संकट प्रमुख कारण हो। सन् १९३० को मन्दीपश्चात् पुँजीवादको धेरै आलोचना भयो र किन्सियन लोककल्याणकारी राज्यको अवधारणा पनि अभ्यासमा आयो। हुन त लोककल्याणकारी राज्यलाई पुँजीवादले पनि आत्मसात गरी राज्य संरक्षित पुँजीवादको स्वरुप धारण गर्न सक्यो। तर, सन् २००८ को वित्तीय संकटपछि त्यस्तो किसिमको कुनै पनि विकल्प प्रस्तुत हुन सकेको पनि छैन।
_x000D__x000D_
पुँजीवादको सशक्त विकल्पको रुपमा सन् १९१७ को रसियन क्रान्तिबाट सुरु भएको साम्यवाद तर्फको अभ्यास विकल्प त हुन सकेन नै बरु मानव सभ्यताको एउटा डरलाग्दो सपनाको रुपमा मानव मस्तिष्कमा रहिरह्यो। यसले पनि पुँजीवादका अनय विकल्प पनि स्वयं पुँजीवादभन्दा कति कारगर हुन सक्लान् र भन्ने आशंका पनि सबैमा देखिन्छ। फेरि विश्व अर्थव्यवस्थाको आफ्नै गति हुन्छ।
_x000D__x000D_
आडम स्मिथले ‘वेल्थ अफ नेसन्स’ लेखेर पुँजीवाद आएको त होइन। यो स्वतस्फूर्त रुपमा इतिहासको एउटा विशिष्ट सामाजिक–आर्थिक परिवेशमा जन्मिएको हो। यद्यपि, समाजवादलाई पुँजीवादको सशक्त विकल्प भन्ने गरिन्छ, तर समाजवादका केही विशेषताहरू पुँजीवादले ग्रहण गरी नयाँ स्वरुपमा प्रकट हुन सक्ने यसको खुबीकै कारण यो जीवन्त हुन सकेको हो। यसर्थ, पुँजीवादको विकल्प समाजवाद हो भनिए पनि राज्य नियन्त्रित समाजवादको कुरा हो भने त्यो असफल भइसक्यो र फेरि पनि त्यस्तै हुन्छ। मूलधारका अर्थशास्त्रीहरूले विद्यमान प्रणालीमा जुन सुधारका सिफारिस गरेका छन् त्यसको कार्यान्वयनले पुँजीवादको अनुहारको कालो केही मेटिएला। विद्यमान पुँजीवादमा सुधार गरी त्यसलाई समाजवादी चरित्र दिन त सकिन्छ। नर्डिक देशहरूको विद्यमान आर्थिक अवस्था करिब–करिब त्यस्तै नै हो। पर्याप्त सामाजिक सुरक्षासहितको पुँजीवादी व्यवस्था के ग्राह्य नहोला र भनी प्रश्न राख्ने मत पनि सबल नै छ।
_x000D__x000D_
तर, सूचना प्रविधिमा भएको क्रान्तिले गर्दा अहिले हामी मानव सम्यताको विशिष्ट अवस्थामा छौं। तर, आर्थिक दर्शनमा नै आमूल परिवर्तन आउन सक्ने स्तरको संक्रमणमा हामी छौं कि छैनौं त्यो त भविष्यलाई नै छाडिदिऔं। तर, पाउल मान्सनले त्यो परिस्थिति निर्माण भइसकेको विचार राखे। हुन त उनी कहलिएका अर्थशास्त्री होइनन्। आफ्नो किताबमार्फत् पुँजीवादको उछितो काढे पनि पुँजीवादले अहिलेसम्म मानव समाजका लागि गरेको योगदानलाई भने उनले स्वीकार गरेकै छन्। सूचना प्रविधिको विकासले मानिसको सोचाइ, काम र काम गर्ने तरिकामा आएको परिवर्तनले गर्दा उनी अब पुँजीवादले काम गर्न सक्दैन भन्ने विचार राख्छन्।
_x000D__x000D_
उनले प्रस्ताव गरेको उत्तरपुँजीवादको ढाँचा कति कारगर हुन सक्ला? किनकि अर्थतन्त्र र समाजको आफ्नै गति र जटिलता हुन्छन्। उत्तरपुँजीवादलाई मोड्युलर गर्नु कति व्यावहारिक र सम्भव होला! तथापि, उनको किताब पुँजीवादमा विश्वास गर्ने र नगर्ने दुईटै पक्षले पढ्नु जरुरी छ। किनकि यो विचारोत्तेजक र अध्ययन गर्न लायक छ।
_x000D__x000D_
साताै रार्ष्ट्रिय कर दिवस स्मारिका – २०७५ बाट साभार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।