• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बालिकामा लगानी, समग्र विकासको थालनी

64x64
नेपाल लाइभ सोमबार, मंसिर १०, २०७५  १६:४०
1140x725

गत अक्टोबरमा विश्वभर अन्तर्राष्ट्रिय बालिका दिवसलाई लक्षित गरी विभिन्न कार्यक्रम आयोजना भए। यो वर्षको नारा ‘विथ हर : अ स्किल्ड गर्ल फोर्स’ रहेको छ। अर्थात् सबै बालिकालाई अगाडि बढ्न प्रोत्साहन गर्दै उनीहरूलाई दक्ष जनशक्तिको रुपमा विकास गर्ने।

_x000D_ _x000D_

नेपालमा पनि विभिन्न कार्यक्रम गरिए। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले विभिन्न विकास साझेदारको सहयोगमा प्रदेशस्तरीय र राष्ट्रिय बालिका सम्मेलनको आयोजना गर्‍यो।

_x000D_ _x000D_

यो वर्ष बालिका र किशोरीको आर्थिक सशक्तिकरण र सबलीकरणमा विश्वको ध्यान केन्द्रित छ। अहिले ६० करोड किशोरीमध्ये ९० प्रतिशत विकासोन्मुख देशमा बसोबास गरिरहेका छन्।

_x000D_ _x000D_

अबको एक दशकमा यी किशोरी आफ्नो जीविकाको निम्ति कुनै न कुनै पेसा र व्यवसायमा आबद्ध हुनेछन्। तर, मुलुकमा रोजगारीका अवसरहरू कम हुँदा यी किशोरीले असुरक्षा र हिंसात्मक घटना प्रत्यक्ष र अप्रत्यक्ष रुपमा देख्दै र भोग्दै आएका छन्।

_x000D_ _x000D_

पुरुषको तुलनामा कम ज्याला र अनेक किसिमका सामाजिक जटिलतामाझ काम गर्नुपर्ने उनीहरूको बाध्यता छ।    

_x000D_ _x000D_

लैंगिक असमानता सूचकको प्रतिवेदनलाई आधार मान्ने हो भने नेपाल विश्वभरमा ११८औँ स्थानमा रहेको छ। तथ्यांकअनुसार किशोरी जन्मदर (१५–१९ वर्षको उमेर समूहका प्रत्येक १ हजार किशोरीबाट प्रतिवर्ष जन्मने जीवित शिशुको संख्या) ६१ रहेको छ।

_x000D_ _x000D_

त्यसैगरी करिब एक तिहाई (३० प्रतिशत) महिलाको संसदमा प्रतिनिधित्व छ। श्रम बजारमा पनि महिला र पुरुषको सहभागितामा थोरै भिन्नता छ। ८६ प्रतिशत पुरुष र ८२ प्रतिशत महिलाको श्रम बजारमा सहभागिता रहेको पाइएको छ।   

_x000D_ _x000D_

८२ प्रतिशत महिलाको श्रम बजारमा सहभागिता भए पनि ज्याला र तलब सुविधामा भने व्यापक भिन्नता पाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उत्पादनमूलक उद्योगहरूमा गरिएको केन्द्रीय तथ्याङ्क विभागको एक अध्ययनका अनुसार महिला–पुरुषबीच तलबमा भिन्नता बढ्दै गएको देखिन्छ।

_x000D_ _x000D_

सन् १९९६ मा समान कार्य गर्ने महिला–पुरुषबीच तलबमा भिन्नता १३ प्रतिशत थियो भने २०१२ सम्म आइपुग्दा त्यो भिन्नता १७ प्रतिशतसम्म पुगेको देखिन्छ। त्यसैगरी नेपाल जीवनस्तर सर्वेक्षण २०१०–११ अनुसार कृषि क्षेत्रमा पुरुषको औसत दैनिक ज्याला रु.२ सय १ रहेको छ भने महिलाको रु. १ सय ४७।

_x000D_ _x000D_

साथै गैरकृषि क्षेत्रमा पुरुषको औसत दैनिक ज्याला रु.२ सय ८६ रहेको छ भने महिलाको रु.१ सय ८९। यसबाट पनि समान श्रम र सीपको प्रयोग हुँदा पनि महिलामाथि हुने विभेद प्रष्टै देखिन्छ।

_x000D_ _x000D_

अझ मनोरञ्जन (बार, रेस्टुरेन्ट, मसाज पार्लर आदि) र अन्य अनौपचारिक क्षेत्र, घरायसी कार्यहरूमा महिला र किशोरीको अत्यधिक श्रम प्रयोग भएको हुन्छ, जसको नेपालमा खासै वित्तीय लेखाजोखा भएको पाइँदैन। 

Xtrem

Xtrem
_x000D_ _x000D_

लैंगिक असमानता सूचकका अनुसार शिक्षामा पहुँचको अवस्था हेर्ने हो भने २५ वर्ष वा सोभन्दा बढी उमेर समूहमा ३९ प्रतिशत पुरुषले माध्यमिक शिक्षा हासिल गर्नेछन् भने महिलामा यो ७ प्रतिशत कम अर्थात् ३३ प्रतिशत रहेको पाइएको छ।

_x000D_ _x000D_

त्यसैगरी प्रविधि समेतमा लैंगिक विभेद रहेको पाइएको छ। युनिसेफद्वारा प्रकाशित ‘स्टेट अफ द वल्र्डस् चिल्ड्रेन २०१७’ प्रतिवेदन अनुसार विश्वभरमा महिला भन्दा १२ प्रतिशत पुरुषले इन्टरनेट प्रयोग गरेको पाइएको छ भने ‘लो कनेक्टिभिटी’ हुने देशहरूमा बालिकाको इन्टरनेट प्रयोग बालकको तुलनामा निकै कम रहेको पाइएको छ।

_x000D_ _x000D_

अहिलेको प्रविधिमैत्री युगमा इन्टरनेट प्रयोग गर्न नपाउनु भनेको नयाँ सूचना, जानकारीबाट पनि बञ्चित हुनु हो।

_x000D_ _x000D_

अर्कोतर्फ इन्टरनेट प्रयोगकर्ता विशेषगरी बालिका र किशोरीहरू ‘साइबर बुलिङ’ (इन्टरनेटको प्रयोगबाट धम्की दिने, गालिगलोज गर्ने र अश्लील सामग्री सेयर गर्ने, जिस्क्याउने काम) को सिकार भएका छन्, जसले गर्दा उनीहरूमा मनोवैज्ञानिक असर पनि परेको देखिन्छ।

_x000D_ _x000D_

दक्ष महिला जनशक्ति उत्पादनका निम्ति महिलाहरू स्वस्थ, शिक्षित र आत्मविश्वासी हुनु जरुरी छ। स्वास्थ्य र शिक्षामा किशोरीको सर्वसुलभ पहुँच आवश्यक छ।

_x000D_ _x000D_

अहिले स्वास्थ्य संस्थाहरूलाई किशोर–किशोरीमैत्री बनाउने अभियान चलेको छ, जसलाई सकारात्मक कदमको रुपमा लिन सकिन्छ।

_x000D_ _x000D_

स्वास्थ्य सेवाको पहुँच र उपलब्धतासँगै समुदायस्तरमा जनचेतना बढ्न सक्यो र सिमान्तकृत वर्गमा सेवा विस्तार हुन सक्यो भनेमात्र सेवाको उपयोगिता बढ्दै जानेछ। व्यवहार परिवर्तनसम्बन्धी प्रयासहरू पनि भइरहेका छन् (जस्तै ‘साथीसँग मनका कुरा’ रेडियो कार्यक्रम) जुन सह्रानीय छ। 

_x000D_ _x000D_

साथै शिक्षा क्षेत्रमा पनि सरकारी र गैरसरकारी तवरबाट प्रयासहरू भइरहेका छन्।

_x000D_ _x000D_

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा हालै प्रकाशित फ्ल्यास रिपोर्टको तथ्यांकअनुसार किशोरीले किशोरको तुलनामा विद्यालय छाड्ने र आफ्नो पढाइलाई निरन्तरता नदिने संख्यामा खासै भिन्नता भने पाइएन (विसं. २०७४ मा कक्षा ९ र १० मा अध्ययनरत ३.७ प्रतिशत छात्राले विद्यालय छाडेको र ३.६ प्रतिशत छात्रले विद्यालय छाडेको)। 

_x000D_ _x000D_

यी सकारात्मक उपलब्धि सँगसँगै हाम्रा अगाडि अझै धेरै चुनौती रहेका छन्। विभिन्न अध्ययनमा किशोरीहरू महिनावारीको समयमा प्रायजसो विद्यालय नजाने वा जान हिच्किचाउने गरेको पाइएको छ। छाउपडी प्रथा, बालविवाह, दाइजो प्रथा र घरेलु हिंसा जस्ता सामाजिक कुरीतिहरू अझै पनि निर्मूल भइसकेका छैनन्।

_x000D_ _x000D_

बालविवाहको मात्र तथ्यांक हेर्ने हो भने पनि दर्दनाक छ। अझै पनि १० प्रतिशत किशोरी १५ वर्षभित्रै विवाह गर्छन् भने ४० प्रतिशतले १८ वर्षमै विवाह गर्छन् (कानुनअनुसार विवाह गर्ने न्युनतम उमेर २० वर्ष हो)।

_x000D_ _x000D_

निर्मला पन्त र कैयन किशोरीहरू बलात्कृत भई मृत्युसम्म हुने, एसिड आक्रमणमा पर्ने क्रम रोकिएको छैन। यस्तो अवस्थामा हामीले कसरी उत्पादनमुखी, स्वतन्त्र, सबल, शिक्षित महिला जनशक्तिको विकास गर्न सक्छौं भन्ने यक्ष प्रश्न हो।

_x000D_ _x000D_

समाधान नै नभएको भने होइन। अहिले जसरी समाजको शिक्षित र चेतनशील वर्ग निर्मलाको निम्ति न्यायको लागि आफ्नो अभियान सशक्त पार्दैछ, सामाजिक चेतनाको लागि सकारात्मक कदम मान्नुपर्छ।

_x000D_ _x000D_

विद्यालयहरूमा यौन तथा प्रजनन शिक्षासम्बन्धी पाठ्यक्रम परिमार्जन, शिक्षक–शिक्षिकालाई थप प्रशिक्षण दिने कार्यहरू पनि सुरुवात भएका छन्। महिला र किशोरीलाई हेरिने रुढीवादी सोचमा पनि परिवर्तन आवश्यक छ।

_x000D_ _x000D_

निम्न वर्गका महिला–किशोरीको आर्थिक सबलीकरण भन्नेबित्तिकै सिलाइबुनाइ वा कृषिसँग सम्बन्धित कार्यक्रमहरू लानुपर्छ भन्ने सोच बदल्नु जरुरी छ।

_x000D_ _x000D_

महिलाहरू अरु उत्पादनमुखी क्षेत्रमा पनि उत्तिकै सबल हुन सक्छन् भन्ने सोच राख्दै क्षमता र सीप अनुसारको सहयोग गर्दा फलदायी हुन्छ।

_x000D_ _x000D_

कानुनी संरचना पनि नभएको होइन। संवैधानिक तथा अन्य नीति–नियमले पनि बालिकाको संरक्षणका निम्ति मार्गदर्शन गरेको पाइन्छ। रह्यो राज्यको संकल्पको कुरा।

_x000D_ _x000D_

राज्य संयन्त्रले पनि बालिका–किशोरीलाई विकासको कडीको रुपमा अगाडि सार्दै दूरगामी सोचका कार्यक्रमहरू ल्याएमा भोलिका दिनमा सबल महिला जनशक्तिको जग बस्न सक्छ।

_x000D_ _x000D_

संघीयता सहितको विकेन्द्रीकृत राज्य प्रणालीमा स्थानीय आवश्यकताको पहिचानसँगै किशोरीमैत्री योजना बनाउने र कार्यान्वयन गर्ने सुनौलो अवसर पनि छ।

_x000D_ _x000D_

प्रदेश २ को ‘बेटी पढाओ, बेटी बचाओ’ अभियान एक अनुकरणीय उदाहरण हो। हामीले परिकल्पना गरेको लैंगिक समानताको आधार नै यही हो।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०७५  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्