• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २५, २०८२ Sat, Oct 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कमजोर सिकाइस्तर सुधारौं

64x64
नेपाल लाइभ आइतबार, मंसिर ९, २०७५  ०९:०१
1140x725

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गर्दै आएको विद्यार्थीको सिकाइ उपलब्धि सम्बन्धी राष्ट्रिय परीक्षणले विद्यार्थीको सिकाइस्तर घट्दै गइरहेको देखाएको छ। केन्द्रले तीन चरणमा गरेको कक्षा ८ का विद्यार्थीको सिकाइ उपलब्धिलाई आधार मान्दा सिकाइस्तरमा सन्तुष्ट हुने अवस्था छैन।

_x000D_ _x000D_

यसै वर्ष सार्वजनिक गरिएको सन् २०१७ को परीक्षणअनुसार गणितमा करीब ४६ र विज्ञानमा करीब ५६ प्रतिशत विद्यार्थीको सिकाइ उपलब्धि तह ४ भन्दा पनि कमजोर छ।

_x000D_ _x000D_

नेपाली विषयमा तुलनात्मक रूपमा राम्रो अर्थात् तह ४ भन्दा तल करीब ३२ प्रतिशत विद्यार्थी मात्रै छन्। तह ४ लाई न्यूनतम सिकाइ स्तरभन्दा तलको तह मानिएको छ। विद्यार्थीको क्षमतालाई ६ तहमा वर्गीकरण गरी सिकाइ उपलब्धि नतिजा तयार गरिएको थियो। तह ६ मा परेका विद्यार्थी उच्चतम सिकाइ उपलब्धि भएका विद्यार्थी हुन्। त्यस्तै अत्यन्तै कमजोर अवस्थाका विद्यार्थी तह १ मा पर्छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

केन्द्रले नमूना छनोटका क्रममा सात प्रदेशअन्तर्गत २६ जिल्लाका १ हजार ९ सय ५० विद्यालयका ४६ हजार २ सय ६६ जना विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरेको थियो। प्रदेशगत रुपमा हेर्दा प्रदेशहरुबीचको सिकाइ स्तरमा भिन्नता छ। प्रदेश ३ का विद्यार्थीको सिकाइ उपलब्धि तीनवटै विषयमा सबै प्रदेशको भन्दा उच्च छ। प्रदेश ३ र ४ का विद्यार्थीको मात्र सबै विषयमा सिकाइ उपलब्धि राष्ट्रिय औसतभन्दा माथि छ। नेपालीमा प्रदेश २, गणितमा प्रदेश ६ र विज्ञानमा प्रदेश १ का विद्यार्थीको सिकाइ उपलब्धि सबैभन्दा कमजोर देखिएको छ।

_x000D_ _x000D_

यस्तै, जातजातिका आधारमा हेर्दा ब्राह्मण क्षेत्रीको सिकाइ उपलब्धि उच्च र दलित विद्यार्थीको सबैभन्दा कमजोर पाइएको छ। सामुदायिक विद्यालयको तुलनामा संस्थागतको सिकाइ उपलब्धि उच्च छ।

_x000D_ _x000D_
_x000D_

केन्द्रले सन् २०११, २०१३ र २०१७ मा गरेका यी परीक्षणहरु हेर्दा एकातिर समग्रमा विद्यार्थीको सिकाइस्तर खस्किँदै गएको छ भने अर्कोतिर सिकाइस्तरमा सामुदायिक र संस्थागत, क्षेत्रगत र जातिगत हिसाबले पनि भिन्नता छ। अझ, देशभर ८० प्रतिशत विद्यार्थी पढ्ने सामुदायिक विद्यालयमा संस्थागतको तुलनामा सिकाइस्तर निकै कमजोर देखिएको छ।

_x000D_
_x000D_ _x000D_

४ वर्षअघि गरिएको परीक्षणमा भन्दा २०१७ मा विज्ञान र गणितमा विद्यार्थीको सिकाइ उपलब्धि घटेको देखिन्छ। २०१३ मा गणितमा सिकाइ उपलब्धि ३५ (राष्टिय औसतमा) र विज्ञानमा ४१ प्रतिशत थियो। नेपालीमा ४८ प्रतिशत थियो। नेपालीमा चाहीं २०१३ माभन्दा २०१७ मा राम्रो देखिन्छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

सामुदायिक र संस्थागतको तुलना गर्दा संस्थागतको उच्च पाइएको थियो। संस्थागत विद्यालयका विद्यार्थीको नेपालीमा ६५, गणितमा ५७ र विज्ञानमा ५७ प्रतिशत सिकाइ उपलब्धि थियो।

_x000D_ _x000D_

सामुदायिक विद्यालयका विद्यार्थीको नेपालीमा सिकाइ उपलब्धि संस्थागतभन्दा २३, गणितमा ३१ र विज्ञानमा २३ प्रतिशत कम थियो। सन् २०१३ मा २८ जिल्लाका सामुदायिक र संस्थागत गरी १ हजार १ सय ९९ विद्यालयका ४४ हजार ६७ जना विद्यार्थी परीक्षणमा सहभागी थिए।

_x000D_ _x000D_

सन् २०१३ को नतिजाअनुसार ५ विकास क्षेत्र र काठमाडौं उपत्यकाको नतिजामा काठमाडौं उपत्यकाका विद्यार्थीको सिकाइ उपलब्धि सबै विषयमा उच्च छ। पूर्वाञ्चल, सुदूर र मध्यपश्चिममा कमजोर सिकाइ उपलब्धि छ। शहरी क्षेत्रका विद्यालयको सिकाइ उपलब्धि ग्रामीण क्षेत्रको तुलनामा उच्च छ। गणितमा सबैभन्दा बढी सिकाइ उपलब्धि भक्तपुर जिल्लामा ५९ प्रतिशत थियो  भने डोल्पामा सबैभन्दा कम १२ प्रतिशत मात्रै पाइएको थियो। नेपाली र विज्ञानमा काठमाडौंका विद्यार्थीको सिकाइ उपलब्धि सबैभन्दा राम्रो रहेको पाइयो। विज्ञानमा सबैभन्दा कम धनुषामा २४ प्रतिशत थियो। नेपालीमा मुगको सबैभन्दा कम २९ प्रतिशत थियो।

_x000D_ _x000D_
_x000D_

कक्षा ४/५ पुग्दासमेत विद्यार्थीहरु आफ्नो र आफ्नो विद्यालयको नामसमेत लेख्न सक्दैनन्। धनुषाका ५० ओटा सामुदायिक विद्यालयमा कक्षा ३ देखि ५ सम्मका विद्यार्थीलाई ए बी सी डी, क ख ग घ  सिकाउनु परिरहेको अवस्था छ।

_x000D_
_x000D_ _x000D_

यस्तै, २०११ मा गरिएको परीक्षण भन्दा २०१३ मा नेपालीमा १ र गणितमा ८ प्रतिशतले विद्यार्थीको सिकाइ उपलब्धि घटेको पाइन्छ। २०११ मा नेपाली विषयमा राष्टिय औसत उपलब्धि ४९, गणितमा ४३ र सामाजिक अध्ययनमा ४९ प्रतिशत थियो। सामुदायिकभन्दा संस्थागत विद्यालयको सिकाइ उपलब्धि सामाजिकमा १७, नेपालीमा १६ र गणितमा २४ प्रतिशत बढी रहेको सिकाइ परीक्षण प्रतिवेदनमा उल्लेख छ।

_x000D_ _x000D_

यसरी केन्द्रले सन् २०११, २०१३ र २०१७ मा गरेका यी परीक्षणहरु हेर्दा एकातिर समग्रमा विद्यार्थीको सिकाइस्तर खस्किँदै गएको छ भने अर्कोतिर सिकाइस्तरमा सामुदायिक र संस्थागत, क्षेत्रगत र जातिगत हिसाबले पनि भिन्नता छ। अझ, देशभर ८० प्रतिशत विद्यार्थी पढ्ने सामुदायिक विद्यालयमा संस्थागतको तुलनामा सिकाइस्तर निकै कमजोर देखिएको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

हामी आफैँले पनि कक्षा कोठामा पुगेर हेर्दा कतिपय ठाउँमा विद्यार्थीको सिकाइस्तर कहालिलाग्दो छ। कक्षा ४/५ पुग्दासमेत विद्यार्थीहरु आफ्नो र आफ्नो विद्यालयको नामसमेत लेख्न सक्दैनन्। धनुषाका ५० ओटा सामुदायिक विद्यालयमा कक्षा ३ देखि ५ सम्मका विद्यार्थीलाई ए बी सी डी, क ख ग घ  सिकाउनु परिरहेको अवस्था छ।

_x000D_ _x000D_

प्रदेश २ का कतिपय जिल्लाका सामुदायिक विद्यालयमा नाम मात्रको वार्षिक परीक्षा लिने गरिएको छ। ती विद्यालयमा न त विद्यार्थीको उत्तरपुस्तिका जाँचिन्छ, न त ‘रिपोर्ट कार्ड’ नै दिइन्छ। अन्य जिल्लाका विद्यालयमा पनि अवस्था चिन्ताजनक छ। ‘टिच फर नेपाल’बाट छानिएर दाङको एक सामुदायिक विद्यालयमा पढाइरहेकी एक शिक्षक अनुला शाक्य भन्छिन्, ʻमावि तहका केही विद्यार्थीलाई क ख ग घ, ए बी सी डी सिकाउनुपर्ने अवस्था छ।ʼ

_x000D_ _x000D_

फेल नगर्ने नीति भएकोले पनि कमजोर सिकाइस्तर भएका विद्यार्थीलाई कक्षा चढाउनुपर्ने बाध्यता रहेको धेरै शिक्षकहरु बताउँछन्। आधारभूत तहमा लागू गरिएको ‘निरन्तर मूल्यांकन पद्धति’ (क्यास) भनेको फेल नगर्ने नीति हो भन्ने कतिपय शिक्षकको बुझाइ छ। सिकाइस्तर कमजोर भएका विद्यार्थीलाई विशेष सहयोग गरी क्षमता बढाउन सहयोग गर्ने क्यासलाई प्रायः शिक्षकले अल्छी गरी बोझ मान्ने गरेका छन्। त्यसैले तल्लो कक्षादेखि नै सिकाउँदै नसिकाई उनीहरुलाई त्यसै कक्षा चढाउने गरिएको छ। कमजोर सिकाइस्तरका बारेमा कुरा गर्दा प्रायः प्रधानाध्यापक (प्रअ) तथा शिक्षक सारा दोष विद्यार्थी, अभिभावक अनि तिनका कमजोर सामाजिक आर्थिक अवस्थालाई दिन्छन्।

_x000D_ _x000D_

तर, शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययनअनुसार विद्यार्थीको सिकाइमा शिक्षकको प्रभाव, शिक्षण विधि, विद्यालय र शिक्षकप्रतिको सकारात्मक धारणा, विद्यार्थीको सामाजिक तथा आर्थिक अवस्था, बाबुआमा, दाजुदिदी वा अरुको सहयोग, पाठ्यपुस्तकको उपलब्धता, नियमित पठनपाठन तथा विद्यालयमा पढाइ हुने दिनजस्ता पक्षहरुले प्रभाव पारेका हुन्छन्। सबैभन्दा बढी वा उल्लेख्य रुपमा प्रभाव पार्ने भूमिका भने शिक्षकको हुन्छ। राम्रो शिक्षक भएमा त्यस्ता शिक्षकप्रति विद्यार्थी सकारात्मक हुने र सिकाइ उपलब्धि राम्रो हुने पाइएको छ।

_x000D_ _x000D_
_x000D_

मौखिक परीक्षा, कक्षा अवलोकन, गृहकार्यको नियमितता, कक्षाकार्यमा नियमित सहभागिताजस्ता निरन्तर मूल्याङ्कनका साधनहरूमा अभ्यास गरेको सामुदायिक विद्यालयमा सिकाइ उपलब्धि उच्च पाइएको छ।

_x000D_
_x000D_ _x000D_

नमूना विद्यालय तिलिङ्गटार माध्यामिक विद्यालय, काठमाडौंका प्रअ सरोज कुमार पाण्डे पनि सिकाइ उपलब्धिका लागि शिक्षकको भूमिका नै बढी हुने उल्लेख गर्दै प्रश्न गर्छन्, ‘शिक्षकको तबल बढ्ने तर विद्यार्थीको सिकाइस्तर बढेको खोइ?ʼ नमूना तथा सफल प्रअ, शिक्षकलाई सुधारका लागि कमजोर विद्यालयमा पठाउने व्यवस्था हुनुपर्ने उनी बताउँछन्।

_x000D_ _x000D_

त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक गंगाराम गौतमका अनुसार सिकाइस्तर कमजोर हुँदै जानुमा मुख्यतः दुई कारण छन्।

_x000D_ _x000D_

१) शिक्षा मन्त्रालयको तालिम उपयोगी भएन।

_x000D_ _x000D_

२) विश्वविद्यालयले पनि राम्रा शिक्षक उत्पादन गर्ने पद्धति अपनाउन सकेन।

_x000D_ _x000D_

उनी भन्छन्, ʻत्यसैले यी दुबै ठाउँबाट राम्रा शिक्षक तयारीमा जोड हुनुपर्छ।ʼ

_x000D_ _x000D_

मौखिक परीक्षा, कक्षा अवलोकन, गृहकार्यको नियमितता, कक्षाकार्यमा नियमित सहभागिताजस्ता निरन्तर मूल्याङ्कनका साधनहरूमा अभ्यास गरेको सामुदायिक विद्यालयमा सिकाइ उपलब्धि उच्च पाइएको छ। निरन्तर मूल्यांकन पद्धति अपनाई उपचारात्मक शिक्षण विधि अपनाउने ठाउँमा सिकाइ उपलब्धि राम्रो पाइएको एक अध्ययनको निष्कर्ष छ।

_x000D_ _x000D_

देशकै उत्कृष्ट मानिने सामुदायिक विद्यालयहरुले गर्दै आएको अभ्यास पनि यही हो। उनीहरुले कमजोर सिकाइस्तर हुने विद्यार्थीका लागि सहयोगी कक्षा/उपचारात्मक कक्षाको व्यवस्था गरेका छन्। नमूना विद्यालय विश्वनिकेतन मावि, काठमाडौंका प्रअ हेरम्बराज कँडेल यस्ता विद्यार्थीलाई स्कूल समयअघि र पछि समय दिने गरिएको बताउँछन्।

_x000D_ _x000D_
_x000D_

शिक्षकले ‘नगरे पनि कसले के गर्न सक्छ र?’ भन्ने अनि कसैप्रति जिम्मेवार र जवाफदेही हुनु नपर्ने अवस्थाका कारण खस्किँदो सिकाइस्तर जस्तो गम्भीर हुनुपर्ने विषयलाई हल्का रुपमा लिइएको छ।

_x000D_
_x000D_ _x000D_

त्यस्तै, ज्ञानोदय माविले पनि अतिरिक्त कक्षा चलाउँदै आएको छ। कमजोर सिकाइस्तर भएका विद्यार्थीलाई गत वर्षदेखि उनीहरुको आवश्यकताअनुसार उपचारात्मक कक्षा सञ्चालन गरेको छ। ज्ञानोदयका प्रअ नातिकाजी महर्जन भन्छन्, ʻगएको वर्ष जाडो बिदाभरि सञ्चालन गरिएको यस्तो कक्षा निकै प्रभावकारी भयो। यसलाई निरन्तरता दिँदै यो वर्ष पनि जाडो बिदामा उपचारात्मक कक्षा सञ्चालन गर्नेछौँ।ʼ

_x000D_ _x000D_

_x000D_ _x000D_

यी विद्यालयमा पनि आर्थिक, सामाजिक अवस्था कमजोर भएका विद्यार्थी नै पढ्छन्। तर, पनि प्रअ र शिक्षक मिलेर विद्यालयलाई निश्चित पद्धतिमा चलाएका छन्। नियमित पठनपाठनमा विशेष जोड दिएका छन्। अभिभावकसँग सम्पर्क बढाएका छन्। उच्च सिकाइ उपलब्धि भएका यी विद्यालयहरुले विद्यार्थीको व्यक्तिगत क्षमता र आवश्यकतालाई सम्बोधन गर्ने वातावरण बनाएर सिकाइस्तर बढाएका छन्। गरे सकिन्छ भन्ने उदाहरण बनेका छन् यी विद्यालय। अरु पनि छन् यस्ता विद्यालय, तर संख्या ज्यादै कम छ।

_x000D_ _x000D_

शिक्षकले ‘नगरे पनि कसले के गर्न सक्छ र?’ भन्ने अनि कसैप्रति जिम्मेवार र जवाफदेही हुनु नपर्ने अवस्थाका कारण खस्किँदो सिकाइस्तर जस्तो गम्भीर हुनुपर्ने विषयलाई हल्का रुपमा लिइएको छ। मुलुक नयाँ संरचनामा जानु अघिकै यो बेथितिलाई सच्याउने जिम्मेवारी अब स्थानीय तहको हो। आफ्नो क्षेत्रका विद्यार्थीको सिकाइ उपलब्धि कसरी सुधार गर्न सकिन्छ? यसतर्फ देखिने गरी स्थानीय तहले तुरुन्तै काम गर्नुपर्ने अवस्था छ। यसो भए विद्यालय तहको शिक्षा व्यवस्थापन गर्ने अधिकार पाएको स्थानीय तहको भूमिका सह्रानीय हुनेछ र शिक्षा क्षेत्रले परिवर्तन महसुस गर्न पाउने छ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०७५  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दूतावासहरूमा गएर मन्त्री र पद मागिएको जेनजी २.० समूहको दाबी, असली जेनजीको  बदनाम नगर्न चेतावनी
माओवादीसँगको एकताबारे विवाद हुँदा नेकपा एसको बैठक भोलिका लागि सारियो
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
दूतावासहरूमा गएर मन्त्री र पद मागिएको जेनजी २.० समूहको दाबी, असली जेनजीको  बदनाम नगर्न चेतावनी शनिबार, असोज २५, २०८२
माओवादीसँगको एकताबारे विवाद हुँदा नेकपा एसको बैठक भोलिका लागि सारियो शनिबार, असोज २५, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि जेनजीसँग बैठक सोमबारलाई सर्‍यो शनिबार, असोज २५, २०८२
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
माओवादीसँगको एकताबारे विवाद हुँदा नेकपा एसको बैठक भोलिका लागि सारियो शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्