• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ९, २०८२ Sun, Oct 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जति महिला सशक्तीकरण, उति उज्वल भविष्य

64x64
नेपाल लाइभ शनिबार, मंसिर ८, २०७५  १३:१२
1140x725

गत अक्टोबरमा विश्वभर अन्तर्राष्ट्रिय बालिका दिवसलाई लक्षित गरी विभिन्न कार्यक्रम आयोजना भए। यो वर्षको नारा ‘विथ हर : अ स्किल्ड गर्ल फोर्स’ रहेको छ। अर्थात् सबै बालिकालाई अगाडि बढ्न प्रोत्साहन गर्दै उनीहरूलाई दक्ष जनशक्तिको रुपमा विकास गर्ने। नेपालमा पनि विभिन्न कार्यक्रम गरिए। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले विभिन्न विकास साझेदारको सहयोगमा प्रदेशस्तरीय र राष्ट्रिय बालिका सम्मेलनको आयोजना गर्‍यो।

_x000D_ _x000D_

यो वर्ष बालिका र किशोरीको आर्थिक सशक्तिकरण र सबलीकरणमा विश्वको ध्यान केन्द्रित छ। अहिले ६० करोड किशोरीमध्ये ९० प्रतिशत विकासोन्मुख देशमा बसोबास गरिरहेका छन्। अबको एक दशकमा यी किशोरी आफ्नो जीविकाको निम्ति कुनै न कुनै पेसा र व्यवसायमा आबद्ध हुनेछन्। तर मुलुकमा रोजगारीका अवसरहरू कम हुँदा यी किशोरीले असुरक्षा र हिंसात्मक घटना प्रत्यक्ष र अप्रत्यक्ष रुपमा देख्दै, भोग्दै, पुरुषको तुलनामा कम ज्याला र अनेक किसिमका सामाजिक जटिलतामाझ काम गर्नुपर्ने बाध्यता छ।    

_x000D_ _x000D_

लैंगिक असमानता सूचकको प्रतिवेदनलाई आधार मान्ने हो भने नेपाल विश्वभरमा ११८औँ स्थानमा रहेको छ। तथ्यांकअनुसार किशोरी जन्मदर (१५–१९ वर्षको उमेर समूहका प्रत्येक १ हजार किशोरीबाट प्रतिवर्ष जन्मने जीवित शिशुको संख्या) ६१ रहेको छ। त्यसैगरी करिब एक तिहाई (३० प्रतिशत) महिलाको संसदमा प्रतिनिधित्व छ। श्रम बजारमा पनि महिला र पुरुषको सहभागितामा थोरै भिन्नता छ। ८६ प्रतिशत पुरुष र ८२ प्रतिशत महिलाको श्रम बजारमा सहभागिता रहेको पाइएको छ।   

_x000D_ _x000D_

८२ प्रतिशत महिलाको श्रम बजारमा सहभागिता भए तापनि ज्याला र तलब सुविधामा भने व्यापक भिन्नता पाइन्छ। उत्पादनमूलक उद्योगहरूमा गरिएको केन्द्रीय तथ्याङ्क विभागको एक अध्ययनका अनुसार महिला–पुरुषबीच तलबमा भिन्नता बढ्दै गएको देखिन्छ।

_x000D_ _x000D_

सन् १९९६ मा समान कार्य गर्ने महिला–पुरुषबीच तलबमा भिन्नता १३ प्रतिशत थियो भने २०१२ सम्म आइपुग्दा त्यो भिन्नता १७ प्रतिशतसम्म पुगेको देखिन्छ। त्यसैगरी नेपाल जीवनस्तर सर्वेक्षण २०१०–११ अनुसार कृषि क्षेत्रमा पुरुषको औसत दैनिक ज्याला रु.२ सय १ रहेको छ भने महिलाको रु. १ सय ४७।

_x000D_ _x000D_

साथै गैरकृषि क्षेत्रमा पुरुषको औसत दैनिक ज्याला रु.२ सय ८६ रहेको छ भने महिलाको रु.१ सय ८९। यसबाट पनि समान श्रम र सिपको प्रयोग हुँदा पनि महिलामाथि हुने विभेद प्रष्टै देखिन्छ। अझ मनोरञ्जन (बार, रेस्टुरेन्ट, मसाज पार्लर आदि) र अन्य अनौपचारिक क्षेत्र, घरायसी कार्यहरूमा महिला र किशोरीको अत्यधिक श्रम प्रयोग भएको हुन्छ जसको नेपालमा खासै वित्तीय लेखाजोखा भएको पाइँदैन। 

_x000D_ _x000D_

लैंगिक असमानता सूचकका अनुसार शिक्षामा पहुँचको अवस्था हेर्ने हो भने २५ वर्ष वा सोभन्दा बढी उमेर समूहमा ३९ प्रतिशत पुरुषले माध्यमिक शिक्षा हासिल गर्नेछन् भने महिलामा यो ७ प्रतिशत कम अर्थात् ३३ प्रतिशत रहेको पाइएको छ।

_x000D_ _x000D_

त्यसैगरी प्रविधि समेतमा लैंगिक विभेद रहेको पाइएको छ। युनिसेफद्वारा प्रकाशित ‘स्टेट अफ द वल्र्डस् चिल्ड्रेन २०१७’ प्रतिवेदन अनुसार विश्वभरमा महिला भन्दा १२ प्रतिशत पुरुषले इन्टरनेट प्रयोग गरेको पाइएको छ भने ‘लो कनेक्टिभिटी’ हुने देशहरूमा बालिकाको इन्टरनेट प्रयोग बालकको तुलनामा निकै कम रहेको पाइएको छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

अहिलेको प्रविधिमैत्री युगमा इन्टरनेट प्रयोग गर्न नपाउनु भनेको नयाँ सूचना, जानकारीबाट पनि बञ्चित हुनु हो। अर्कोतर्फ इन्टरनेट प्रयोगकर्ता विशेषगरी बालिका र किशोरीहरू ‘साइबर बुलिङ’ (इन्टरनेटको प्रयोगबाट धम्की दिने, गालिगलोज गर्ने र अश्लील सामग्री सेयर गर्ने, जिस्क्याउने काम) को शिकार भएका छन्, जसले गर्दा उनीहरूमा मनोवैज्ञानिक असर पनि परेको देखिन्छ।

_x000D_ _x000D_

दक्ष महिला जनशक्ति उत्पादनका निम्ति महिलाहरू स्वस्थ, शिक्षित र आत्मविश्वासी हुनु जरुरी छ। स्वास्थ्य र शिक्षामा किशोरीको सर्वसुलभ पहुँच आवश्यक छ। अहिले स्वास्थ्य संस्थाहरूलाई किशोर–किशोरीमैत्री बनाउने अभियान चलेको छ, जसलाई सकारात्मक कदमको रुपमा लिन सकिन्छ।

_x000D_ _x000D_

स्वास्थ्य सेवाको पहुँच र उपलब्धतासँगै समुदायस्तरमा जनचेतना बढ्न सक्यो र सीमान्तकृत वर्गमा सेवा विस्तार हुन सक्यो भनेमात्र सेवाको उपयोगिता बढ्दै जानेछ। व्यवहार परिवर्तनसम्बन्धी प्रयासहरू पनि भइरहेका छन् (जस्तै ‘साथीसँग मनका कुरा’ रेडियो कार्यक्रम) जुन सह्रानीय छ। 

_x000D_ _x000D_

साथै शिक्षा क्षेत्रमा पनि सरकारी र गैरसरकारी तवरबाट प्रयासहरू भइरहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा हालै प्रकाशित फ्ल्यास रिपोर्टको तथ्यांकअनुसार किशोरीले किशोरको तुलनामा विद्यालय छाड्ने र आफ्नो पढाइलाई निरन्तरता नदिने संख्यामा खासै भिन्नता भने पाइएन (विसं. २०७४ मा कक्षा ९ र १० मा अध्ययनरत ३.७ प्रतिशत छात्राले विद्यालय छाडेको र ३.६ प्रतिशत छात्रले विद्यालय छाडेको)। 

_x000D_ _x000D_

यी सकारात्मक उपलब्धि सँगसँगै हाम्रा अगाडि अझै धेरै चुनौती रहेका छन्। विभिन्न अध्ययनमा किशोरीहरू महिनावारीको समयमा प्रायजसो विद्यालय नजाने वा जान हिच्किचाउने गरेको पाइएको छ। छाउपडी प्रथा, बालविवाह, दाइजो प्रथा र घरेलु हिंसा जस्ता सामाजिक कुरीतिहरू अझै पनि निर्मूल भइसकेका छैनन्।

_x000D_ _x000D_

बालविवाहको मात्र तथ्यांक हेर्ने हो भने पनि दर्दनाक छ। अझै पनि १० प्रतिशत किशोरी १५ वर्षभित्रै विवाह गर्छन् भने ४० प्रतिशतले १८ वर्षमै विवाह गर्छन् (कानुनअनुसार विवाह गर्ने न्युनतम उमेर २० वर्ष हो)। निर्मला पन्त र कैयन किशोरीहरू बलात्कृत भई मृत्युसम्म हुने, एसिड आक्रमणमा पर्ने क्रम रोकिएको छैन। यस्तो अवस्थामा हामीले कसरी उत्पादनमुखी, स्वतन्त्र, सबल, शिक्षित महिला जनशक्तिको विकास गर्न सक्छौं भन्ने यक्ष प्रश्न हो।

_x000D_ _x000D_

समाधान नै नभएको भने होइन। अहिले जसरी समाजको शिक्षित र चेतनशील वर्ग निर्मलाको निम्ति न्यायको लागि आफ्नो अभियान सशक्त पार्दैछ, सामाजिक चेतनाको लागि सकारात्मक कदम मान्नुपर्छ। विद्यालयहरूमा यौन तथा प्रजनन शिक्षासम्बन्धी पाठ्यक्रम परिमार्जन, शिक्षक-शिक्षिकालाई थप प्रशिक्षण दिने कार्यहरू पनि सुरुवात भएका छन्। महिला र किशोरीलाई हेरिने रुढीवादी सोचमा पनि परिवर्तन आवश्यक छ।

_x000D_ _x000D_

निम्न वर्गका महिला–किशोरीको आर्थिक सबलीकरण भन्नेबित्तिकै सिलाइबुनाइ वा कृषिसँग सम्बन्धित कार्यक्रमहरू लानुपर्छ भन्ने सोच बदल्नु जरुरी छ। महिलाहरू अरु उत्पादनमुखी क्षेत्रमा पनि उत्तिकै सबल हुन सक्छन् भन्ने सोच राख्दै क्षमता र सीप अनुसारको सहयोग गर्दा फलदायी हुन्छ।

_x000D_ _x000D_

कानुनी संरचना पनि नभएको होइन। संवैधानिक तथा अन्य नीति–नियमले पनि बालिकाको संरक्षणका निम्ति मार्गदर्शन गरेको पाइन्छ। रह्यो राज्यको संकल्पको कुरा। राज्य संयन्त्रले पनि बालिका–किशोरीलाई विकासको कडीको रुपमा अगाडि सार्दै दूरगामी सोचका कार्यक्रमहरू ल्याएमा भोलिका दिनमा सबल महिला जनशक्तिको जग बस्न सक्छ।

_x000D_ _x000D_

संघीयता सहितको विकेन्द्रीकृत राज्य प्रणालीमा स्थानीय आवश्यकताको पहिचानसँगै किशोरीमैत्री योजना बनाउने र कार्यान्वयन गर्ने सुनौलो अवसर पनि छ। प्रदेश २ को ‘बेटी पढाओ, बेटी बचाओ’ अभियान एक अनुकरणीय उदाहरण हो। हामीले परिकल्पना गरेको लैंगिक समानताको आधार नै यही हो। यसर्थ महिला सशक्तिकरण जति सबल हुन्छ, त्यति हाम्रो भविष्य पनि उज्वल हुँदै जानेछ। 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
११ हजार ६ सयले घट्यो सुनको मुल्य
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
छठको दोस्रो दिन आज ‘खरना’ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार, कात्तिक ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्