• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

न्याय दिन विलम्ब नहोस्

64x64
नेपाल लाइभ बुधबार, मंसिर ५, २०७५  १३:००
1140x725

दशक लामो माओवादी विद्रोह अन्त्य गर्न गरिएको विस्तृत शान्ति सम्झौता भएकाे समय १२ वर्ष पार गरेकाे छ। ०५२ फागुनबाट राज्यविरुद्ध युद्ध सुरु गरेको सो पार्टीले ०६३ मंसिर ५ मा सम्झौता मार्फत त्यसलाई औपचारिक विश्राम दिएकाे थियाे। सम्झौतासँगै लामो समयसम्म थिलथिलो परेको सामाजिक सम्बन्धहरुले बौरिने मौका पाएका थिए।

_x000D_ _x000D_

युद्ध त राजनीतिक मुद्दाका कारण र राजनीतिकै केन्द्रमा थियो। तर, त्यसको प्रभाव क्षेत्र राजनीतिमा मात्रै सीमित थिएन। हुँदैन पनि। त्यसैले त युद्ध सकिएको दर्जन वर्ष नाघिसक्दा त्यसका सामाजिक अप्ठ्याराहरु बाँकी नै छन्।

_x000D_ _x000D_

शान्ति सम्झौता पछिका वर्षहरुमा जति चासो राजनीतिक मुद्दाहरुको व्यवस्थापनको निम्ति खर्च भयो, त्यसको आधा अंश पनि सामाजिक आघातको न्युनिकरणमा खर्च हुन सकेन। जसका कारण त्रासदीपूर्ण युद्धका बाछिटाहरु अहिले पनि समाजमा यथावत छन्। प्रमुख राजनीतिक मुद्दाहरुले निकास पाइसकेको अवस्था छ, संक्रमणकाल सकियो भनेर नेताहरुले भनिरहेका छन्। तर, पीडितको आँसु बग्न छाडेको छैन। गोली चल्न छाड्दैमा सबैकुरा कहाँ ठिकठाक भइहाल्दो रहेछ र?

_x000D_ _x000D_

यसबीचका सरकार, दलहरु तथा सरोकारवालाहरु पीडकलाई दण्ड र पीडितलाई न्याय दिन चुके। 'न्यायका निम्ति' भन्दै बन्दुक बोक्नेहरुलाई अहिले सडकमा न्यायका निम्ति 'प्ले कार्ड' बोक्नेहरु आँखाको कसिंगर भएका छन्। न हिजोका निम्ति माफी माग्न सक्छन्, न भोलिका निम्ति आशावादी बनाउन सक्छन्। तिनका निम्ति हिजोका आफ्नै प्रतिबद्धता गह्रौं भएका छन्।

_x000D_ _x000D_

दुःखको कुरा पीडकलाई दण्ड दिने र पीडितलाई न्याय दिने विषयलाई सुरुदेखि नै अलमल्याउने प्रयत्न गरियो। शान्ति सम्झौता पछिका ८ वर्ष त आवश्यक आयोग नै नबनाएर अल्मल्याउने काम भयो। बल्ल ०७१ सालमा द्वन्द्वको घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय, पीडकलाई दण्ड दिने भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भयो। तर, तीनले प्रभावकारी काम गर्नै नसक्ने बनाइयो। दुवै आयोगको काम प्रभावकारी हुन सकेन। दुवै आयोगमा क्रमश ६० हजार र १ सय ९७ उजुरी परेका थिए। यी अयोगकै म्याद पनि दुई पटक थप भइसकेको छ। पछिल्लो पटक थप भएको समयमा काम नसकिँदै आयोगकाे म्याद केही महिनामा सकिँदै छ। आखिर त्यही भयो, जुन परिस्थिति पीडित चाहँदैनथे।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

अब न्याय पाउने बाटो के हुन्छ भन्नेमा पीडितमा अन्योलता छ। यो दु:खदायी कुरा होइन र?

_x000D_ _x000D_

यो प्रक्रिया असफल हुँदा दलमात्र नभई, देश नै असफलताको बाटोमा हिँड्ने पक्का छ। अन्य देशका अनुभव हेर्दा यो असफलताले हामीलाई अन्तर्राष्ट्रिय हस्तक्षेपतिर लैजान सक्ने सम्भावना रहन्छ। त्यसकारण, देशभित्रै सुरु भएको जनताको अवाजलाई यहीँको कानुनले सम्बोधन गर्नु बुद्धिमतापूर्ण हुन्छ।

_x000D_ _x000D_

दुवै अयोग अहिले कामविहीन भएका छन्। सरकारसमक्ष अहिले देखिएका केही विकल्पमध्ये यही आयोगलाई निरन्तरता दिनु उचित हुन्छ। तर, आवश्यक कानुन र अधिकार दिई उजुरीमाथि अनुसन्धान गराउने सर्तमा।

_x000D_ _x000D_

अयोगले पनि पीडितमैत्री हुँदै उनीहरुलाई पनि न्याय प्रक्रियामा सहभागी गराउनु पर्छ। द्वन्द्वको मुख्य पाटो रहेका उनीहरुलाई समावेश नगराई गरिने कार्यले वैधता पाउँदैन। सरकार र दलहरुले पनि कार्यकर्ता जोगाउने भन्दा न्याय दिने कुरालाई केन्द्रमा राख्नु जरुरी छ।

_x000D_ _x000D_

'रात रहे अग्राख पलाउँछ' भनिन्छ। अहिले समाधान नगरिएको समस्याले भविष्यमा किचलो ल्याउन सक्छ। देशको सेना, कर्मचारी र राजनीतिक नेतृत्वसमेत यसको सिकार हुनसक्ने खतरा भएकाले अहिले उम्कनेभन्दा भावी दिशा सोचेर बुद्धिमानी देखाउनु जरुरी छ।

_x000D_ _x000D_

अन्त्यमा, दलहरुले राजनीतिक संक्रमणकाल टुंग्यायौं भनेर न्यायलाई पन्छाउन खोजे भने कालान्तरमा चैनले निदाउन पाउने छैनन्। भूइँमान्छेहरुको न्याय सुनिश्चित नहुञ्जेल आफ्नो सरोकारको मुद्दा मात्रै सल्टाउने हो भने त्यो जनताप्रति घात ठहर्ने छ। पीडितप्रति घात गरेर उभिएको राजनीति बलियोसँग उभिन सक्ने छैन। सम्बन्धित सबैमा चेत खुलोस्।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै बिहीबार, कात्तिक २०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता बुधबार, कात्तिक १९, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो बुधबार, कात्तिक १९, २०८२
अब कहिल्यै नफुट्ने संकल्प गरौं : झलनाथ खनाल बुधबार, कात्तिक १९, २०८२
एकीकृत समाजवादी भयंकर हुन्छ भन्ने लागेको थियो, तर अध्याय सकियो : रामकुमारी झाँक्री बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्