• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

अदालतमा भू-माफियाको चलखेल : हाँडीगाउँपछि गोंगबुको ११ रोपनी जग्गा व्यक्तिका नाममा गर्न सर्वोच्चको फैसला

64x64
नेपाल लाइभ बुधबार, मंसिर ५, २०७५  ०२:१६
1140x725

काठमाडौं– काठमाडौं हाडीगाउँस्थित ३६ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा हुने फैसला सुनाएको सर्वोच्चले गोंगबुको ११ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नु भनी पुन: अर्को फैसला सुनाएको छ। 

_x000D_ _x000D_

२०४४ सालदेखि सरकारको नाममा रहेको पर्ती जग्गालाई सर्वोच्चले व्यक्तिको नाममा दर्ता गरी पूर्जा दिनु भनी २०७४ जेठ २९ गते यस्तो फैसला सुनाइएको हो। करिब ३ अर्ब मूल्य बराबरको सार्वजनिक रुपमा समुदायले भोगचलन गर्दै आएको चौरलाई व्यक्तिको नाममा दर्ता गर्न सर्वोच्चले आदेश दिएको  हो। 

_x000D_ _x000D_

यसअघि प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र दीपकराज जोशीको संयुक्त इजलासले हाँडीगाउँमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा गर्नु भनी फैसला सुनाएको थियो। करिब ३६ रोपनी ६ आना सार्वजनिक जग्गा नक्कली मोहीका नाममा दर्ता गर्ने प्रमाण पुगेको फैसला मात्र सुनाइएन, मालपोत कार्यालय र नगरपालिकालाई जग्गा प्राप्त गर्न बाधा नगर्नसमेत भनिएको छ।

_x000D_ _x000D_

जोशी र मिश्रको संयुक्त इजलासले ओखलढुंगा सेर्नाका रामप्रसाद उपाध्याय भट्टराईको हुने भनी २०७२ फागुन ९ मा फैसला सुनाएको थियो। 

_x000D_ _x000D_

उक्त फैसलाकै नजिर मानेर गोंगबुको सार्वजनिक जग्गा व्यक्तिको हुने भनी न्यायाधीशद्वय देवेन्द्रगोपाल श्रेष्ठ र पुरुषोत्तम भण्डारीको इजलासले यस्तो फैसला गरेको हो। 

_x000D_ _x000D_

व्यक्ति विशेषको हकभोगको जग्गा सर्भे नापीमा पर्ती जनिएको आधारमा मात्र सो जग्गा भोग गर्ने हक स्वामित्ववालालाई हुने बुझ्दै नबुझी मालपोत कार्यालय काठमाडौंले एकतर्फी रुपमा दर्ता गरेको दाबी फैसलामा गरिएको छ। 

_x000D_ _x000D_

२०४४ मंसिर २९ को निर्णय प्रचलित कानुन र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले बदर हुने फैसलामा उल्लेख छ। 

_x000D_ _x000D_

सर्वोच्चले उक्त जग्गा गोंगबु, बानियाँटार बस्ने पद्मकुमारी कार्की र धनबहादुर कार्कीको नाममा हुने फैसला सुनाएको हो। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

प्राविधिक कुरामा टेकेर भूमाफियाको पक्षमा फैसला 
_x000D_ सर्वोच्चले उक्त जग्गा भूमाफियाहरुको पक्षमा गर्न सरकारी मुद्दा सम्बन्धी ऐन र नियमले दिएको अधिकारबाहिर गएर फैसला गरेको एक सरकारी वकिलको भनाइ छ। सरकारी मुद्दा सम्बन्धी ऐन र नियममा सम्बन्धित सरोकारवालाले जानकारी पाएको मितिले ४५ दिनभित्र पुनरावेदन गर्न सक्ने उल्लेख छ। सोही अनुसार उक्त मुद्दा भूमिसुधार तथा व्यवस्था मन्त्रालयले पुनरावलोकन गर्दा हदम्याद नाघेपछि आएको व्यक्तिको नाममा सार्वजनिक जग्गा दर्ता हुने फैसला सुनाएको ती सरकारी वकिलले बताए। 

_x000D_ _x000D_

मन्त्रालयले जानकारी पाएको ४० दिनभित्र पुनरावेदन दर्ता गर्दा सरकारी वकिलले जानकारी पाएको अवधि नाघेको दाबी सर्वोच्चले गर्दै माफियाको पक्षमा फैसला गरेको उनी बताउँछन्।

_x000D_ _x000D_

कहिलेबाट सुरु भयो चलखेल? 
_x000D_ गोंगबुको कित्ता नम्बर ९७ को जग्गा तत्कालीन २०२१ सालको नापीदेखि नै सार्वजनिक पर्ती जग्गाको रुपमा रहेको थियो। मालपोत ऐनले पर्ती जग्गा भन्नाले सार्वजनिक जग्गा हुने स्पष्ट उल्लेख गरेको छ। 

_x000D_ _x000D_

काठमाडौं जिल्ला गोंगबु गाविस वडा नं ३ (क) किनं ९७ को क्षेत्रफल ११ रोपनी जग्गा रहेको थियो। उक्त क्षेत्रमा दिलबहादुर कार्की बसोबास गर्छन्। दुई श्रीमतीका धनी उनले सार्वजनिक जग्गा अतिक्रमण गरेका हुन्। जेठी सेतीबाट सन्तान नभएकाले कान्छी सन्तीका सन्तान सोही स्थानमा बस्दै आएका छन्। उनीहरुले उक्त क्षेत्रमा सिमेन्ट प्लास्टर गरेको २ तले कच्ची घर र माटोको जोडाइ भएको गोठ समेत निर्माण गरेका छन्।

_x000D_ _x000D_


_x000D_ उक्त जग्गा २०४४ मंसिर २९ गते पर्ती जग्गाको रुपमा सरकारको श्रेष्ता कायम हुन्छ। तर त्यसको चार वर्षपछि उक्त जग्गा आफ्नो भएको दाबी गर्दै कार्की परिवारले २०४८ पुस २२ मा छुट जग्गा दर्ताको निवेदन दर्ता गर्छन्। चार वर्षअघि नै सरकारको नाममा निर्णय भएकाले उक्त जग्गा दर्ता नहुने मालपोत कार्यालय डिल्लीबजारले दिन्छ। 

_x000D_ _x000D_

तर कार्की परिवार मालपोत कार्यालयको यो निर्णयपछि चुप लाग्छन्। २०६४ साउन ४ मा उक्त जग्गामा फेरि चलखेल सुरु हुन्छ।  

_x000D_ _x000D_

मालपोत कार्यालयबाट आफ्नो नाममा नआउने देखेपछि जग्गा माफियासँगको चलखेलपछि उक्त जग्गाको विवाद जिल्ला अदालत काठमाडौंमा प्रवेश हुन्छ। कृष्णबहादुर कार्कीले आफूले भोग गर्दै आएको जमिन सरकारले गलत निर्णय गरी आफ्नो नाममा पारेको दाबी गर्दै मुद्दा दायर गर्छन्। उक्त मुद्दामा फैसला गर्दै जिल्ला न्यायाधीश प्रभा बस्नेतको एकल इजलासले उनको पक्षमा आदेश जारी गर्न अस्विकार गर्छिन्। 

_x000D_ _x000D_

लगत्तै उनीहरु तत्कालीन पुनरावेदन (हाल उच्च) अदालत पुग्छन्। उच्च अदालतले उनको पक्षमा फैसला सुनाउँछ। २०६८ भदौ १२ गते न्यायाधीशद्धय टंकबहादुर मोक्तान र भरतप्रसाद अधिकारीको इजलासले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नु भनी आदेश जारी गर्छ।

_x000D_ _x000D_

२०२१ सालको नापीको फिल्डबुकमा जोताहा महलमा पर्ती जनिएको र किसानको व्यहोरामा आबादलायक उल्लेख छ। त्यसरी पर्ती जनिएपछि समयमै बादीले उजुर दाबी लिई कारबाही अगाडि बढाउनुपर्नेमा सो नगरेको भए पनि उच्च अदालतले व्यक्तिको हुने फैसला सुनाएको छ। 

_x000D_ _x000D_

२०४६ को नयाँ नापीमा समेत कार्कीले आफ्नो हकभोग देखाई नापजाँच नगराएको मालपोत ऐन, २०३४ को दफा २४ (१) बमोजिम पर्ती जग्गा व्यक्ति विशेषका नाममा दर्ता गर्न मिल्ने देखिँदैन। तर पुनरावेदनले त्यसले बेवास्ता गर्दै दर्ता गर्नु भनी फैसला सुनायो। तत्कालीन पुनरावेदनको उक्त फैसलापछि भूमिसुधार मन्त्रालयले त्यसविरुद्ध २०६८ फागुन १६ गते सर्वोच्चमा निवेदन दियो। 

_x000D_ _x000D_

उक्त निवेदनमा फैसला गर्दै न्यायाधीशद्धय श्रेष्ठले तत्कालीन पुनरावेदनबाट भएको फैसला सदर गर्यो। 

_x000D_ _x000D_

जग्गा दर्ता गर्ने मालपोत नै छैन विपक्षी

_x000D_ _x000D_


_x000D_ उक्त जग्गा सार्वजनिक भएको भनी २०२१ र २०६४ मा निर्णय गर्ने मालपोत कार्यालयलाई भने जिल्ला अदालतदेखि सर्वोच्चसम्म पुग्दा पनि फिराद पक्षले विपक्षी बनाएको छैन। दर्ता गर्ने निकायलाई नै विपक्षी बनाएको मुद्दामा सर्वोच्चले जग्गा दर्ता गर्नु भनी आदेश जारी गरेको छ। 

_x000D_ _x000D_

सरकार पुन: पुनरावेदन तर अदालत प्रशासनद्वारा दरपीठ  
_x000D_ यसरी सार्वजनिक जग्गा व्यक्तिको हुने फैसला भएलगत्तै भूमिसुधार मन्त्रालयले चुप लाग्न उपयुक्त ठानेन। त्यसविरुद्ध अपिल गर्ने मनसायका साथ सरकारी वकिलको कार्यालयसँग छलफल थाल्यो। उक्त मुद्दा पुनरावेदन गर्ने भन्दै सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतको ३ वटा नजिर तयार गर्यो। 

_x000D_ _x000D_

नेपाल कानुन पत्रिकामा प्रकाशितमध्ये दिगम्बर चौधरीविरुद्ध बैजनाथ झा, नरोत्तम रानाविरुद्ध नेपाल सरकार र मुक्तिनाथ लम्सालविरुद्ध नेपाल सरकार भएको नजिर तयार भयो। उक्त नजिरको आधारमा पुनरावलोकन गर्न २०७४ असोज २४ मा भूमिसुधार मन्त्रालयले पठायो। 

_x000D_ _x000D_


_x000D_ असोज १ गते पाएको जानकारी अनुसार २३ दिनमा पुनरावेदन तयार गरी सरकारी वकिलको कार्यालयले भूमिसुधार मन्त्रालय पठायो। भूमिसुधारले मंसिर ५ गते पुनरावेदन दर्ता गर्यो। 

_x000D_ _x000D_

यसरी हेर्दा करिब २ महिनामा पुनरावेदन सर्वोच्चमा दर्ता भयो। तर सर्वोच्च प्रशासनले ६० दिन दर्ता हुनुपर्नेमा म्याद नघाएर ६६ दिनमा पेस गरेको भन्दै फागुन २२ गते दरपीठको आदेश गर्यो। तर सर्वोच्चले उक्त निवेदन पुन: सुनुवाइ हुन नसक्ने भन्दै प्रशासनले नै अस्वीकार गर्यो। दुई महिनाको अवधिमा कसरी ६६ दिन भयो भन्ने कुरा कतै नखुलेकाले यसमा मिलेमतो भएको महान्यायाधिवक्ता कार्यालय बताउँछ। 

_x000D_ _x000D_

सरकारभन्दा व्यक्तिलाई पहिला जानकारी 
_x000D_ अदालतमा नजिरसहित पेस भएको निवेदनको प्राविधिक पक्षमा टेकेर सर्वोच्चले सार्वजनिक जग्गा व्यक्तिको हुने फैसलालाई सदर मात्र गरेन उक्त कुराको जानकारीसमेत ढिला गरायो। मुद्दाको पक्षलाई पुनरावेदन नहुने जानकारी माघ ८ गते गराएको सर्वोच्चले भूमिसुधार मन्त्रालयलाई भने फागुन २२ गते गरायो। 

_x000D_ _x000D_

एउटै फैसला एकै पटक जानकारी गराउनुपर्ने नियम भए पनि यो मुद्दामा सर्वोच्च प्रशासनबाट दुईथरी जानकारी गराएको देखिन्छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  ०२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे
सम्बन्धित सामग्री
पत्रकार श्रेष्ठको घर र कार्यालयमा खानतलासी उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरेको छ। बिहीबार, साउन २८, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा यस्तो आदेश गरेको हो । मंगलबार, साउन २६, २०८३
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या कफी वा चियाको तुलनामा इनर्जी ड्रिंक्सको एउटै क्यान वा बोतलमा धेरै मात्रामा क्याफिन हुन सक्छ, जुन कहिलेकाहीँ धेरै कप कफी बराबर हुन्छ।... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्