• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'नेपालगञ्जलाई देशकै सुन्दर सहर बनाउँछु'

64x64
नेपाल लाइभ मंगलबार, असोज ३१, २०७४  १७:१९
1140x725

बीस वर्षअघि २०५४ सालमा नेकपा एमालेबाट नेपालगञ्ज नगरपालिकामा मेयर निर्वाचित धवल शमशेर राणा फेरि पुरानै जिम्मेवारीमा फर्किएका छन् । पहिलोपटक मेयर हुँदा उल्लेखनीय काम गरेकै कारण स्थानीय चुनावमा राप्रपा देशभर खुम्चिएको अवस्थामा पनि उनले चुनाव जिते । नेपालगञ्ज नगरपालिकाबाट उपमहानगरपालिका भएको छ । राप्रपा महामन्त्रीसमेत रहेका राणा सांसद जितेर केन्द्रमै मन्त्री हुनसक्थे । ‘नेपालका नगरपालिकामा मेयरको भूमिका’ विषयमा विद्यावारिधि गरेका राणा सहरप्रतिको मायाले आफूलाई पुरानै जिम्मेवारीमा डोर्यारएको बताउँछन्। 

नेपालगञ्जस्थित उनकै होटल बाटिकामा अबका उनका कार्यभारबारे सरोजराज अधिकारी र कृष्ण अधिकारीले गरेको संवाद:

बीस वर्षपछि तपाई फेरि मेयरकै पदमा फर्किनुभयो, किन?

मान्छेको भाग्य पनि हुने रहेछ । मैले २ पटक संविधानसभाको चुनाव लडेँ । दोस्रोपटक थोरै मतले सुशील कोइरालासँग हारेँ । फेरि स्थानीय चुनाव आयो । यो आफ्नो सहर हो, आफ्नो घरबार यतै छ । यहाँका सबै आफ्ना मान्छे हुन्, माया लाग्छ । यस बीचमा सहर पूरै अस्तव्यस्त भएको छ । ५ वर्षमा यो सहरलाई फेरि ठीकठाक बनाऊँ भनेर चुनाव लडेँ र जनताको मायाले जितेँ पनि।

तपाईं राप्रपाको महामन्त्री, प्रतिनिधिसभाको चुनाव लडेर मन्त्री नै बन्न सक्नुहुन्थ्यो । किन मेयरमै रहन चाहनुभयो?

पदसँग मलाई केही लिनुदिनु छैन । जहाँ रहे पनि इमान्दारपूर्वक काम गर्ने हो । भाग्यमा उपमहानगरपालिकाको मेयर लेखेको रहेछ, ठीकै छ । पटके मन्त्री हुनुभन्दा त यही ठीक छ नि ! यहाँ न कसैले तपाईंलाई हटाउन सक्छ, न कसैले अल्पमत–बहुमतको खेल गर्नसक्छ । ५ वर्षसम्म आफ्नो ठाउँमा बसेर यहाँको विकास गर्न पाइयो । यसको आफ्नै किसिमको रमाइलो र महत्व छ।

नेपालगञ्जको विशेषता के हो?

यो मध्यपश्चिम र सुदूरपश्चिमको प्रमुख सहर हो । यसलाई कसैले नकार्न सक्दैन । केही समययता आएर शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा ठूलो फड्को मारेको छ । मानसरोवर घुम्न जाने कारणले पर्यटकको संख्या बढेको छ । त्यसैले एक–दुई वर्षभित्रै यहाँ २० वटा ठूला होटल बन्दै छन् । शिक्षातर्फ कुरा गर्दा धेरै स्कुल–कलेज बनिरहेका छन् । स्वास्थ्यको क्षेत्रमा पनि विशेषज्ञसहितका अस्पतालहरु बनिरहेका छन् । शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र व्यापार गरी ५ वटा कुरामा जोड दिएर यो सहरको विकास गर्नेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालगञ्जमा घुम्ने ठाउँ त कहीँ पनि छैन । यसलाई कसरी पर्यटकीय दृष्टिले आकर्षणको केन्द्र बनाउन सकिन्छ?

२० वर्षअघि मैले बनाइदिएकै हो । वाटरपार्क, रानीतलाउ, महेन्द्र पार्क, चिडियाघर बनाइदिएकै हो । हामीले छाडेपछि सबै भताभुंग भयो । यी सबैलाई ३–४ महिनाभित्रमा पूर्णरुपमा सञ्चालनमा ल्याउँछु । अहिले दुई वटा ठूल्ठूला वाटरपार्क बनाइरहेको छु । यो दुवै एक वर्षभित्रै सञ्चालनमा आउँछन्।

तपाईंले छाडेपछिका १५ वर्षमा के–के कुरा भताभुंग भए त?

पहिलो त हामीले बनाएका पार्कहरु व्यवस्थित हुन सकेनन् । बाटोघाटो भत्किए । सुशासन भएन । जनप्रतिनिधि नभएपछि बाहिरबाट आएका कर्मचारीले नगर चलाए । उनीहरुलाई यो ठाउँको के माया ? जवाफदेहिता नभएपछि काम भएन । अब हामी तीव्र गतिमा काम गर्छौं । तिहारलगत्तै नगरभित्र विभिन्न ठाउँका ८०–९० किलोमिटर जति सडकमा परियोजनाहरु सुरु हुँदै छन् । सडकमा विभिन्न दातृ निकायसहित ६ अर्बको लगानी हुँदै छ । अन्तर्राष्ट्रियस्तरको बसपार्क ८–९ महिनाभित्र बन्दै छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बसपार्क निर्माणको काम त निकै सुस्त गतिमा छ भनिन्छ नि !

अब म यसमा आफैं लाग्छु । ठेकेदारलाई फकाउने हो, धम्क्याउने हो, जे गरेर भए पनि ८–९ महिनामा पूरा गर्ने हो।

नगरका बजार एरियाकै सडकहरुको हालत खत्तम छ, नयाँ मेयर आएपछि खाल्डोसम्म पनि पुर्ने काम भएन भन्ने जनगुनासो सुनिन्छ, कुरा के हो?

तिहारपछि धमाधम काम सुरु हुन्छ । सडक विस्तारका लागि मिचेर बनाइएका घर भत्काउने काम भइरहेको छ । ठूलो बाटो बनाउने भनेर प्रक्रिया नै अघि बढिसकेपछि त्यसमा १५–२० लाख खर्चेर काम छैन । अब ६–८ महिनामा नयाँ बाटो निर्माण गर्ने लक्ष्य छ।

मेयरका रुपमा तपाईंका प्राथमिकता के–के हुन्?

सडक, सरसफाइ, पार्क निर्माण, भौतिक संरचना निर्माण र सुशासन मेरो प्राथमिकतामा छन्।

५ वर्षपछिको नेपालगञ्ज कस्तो बनाउने परिकल्पना गर्नुभएको छ?

नेपाली परिवेश सुहाउँदो, शान्त र सुन्दर सहर बनाउने हो । आर्थिक दृष्टिले एकदम चलायमान सहर बनाउने हो । सहर सफा राख्नुस्, शान्ति र सुशासन दिनुहोस्, लगानीकर्ता जति पनि आउँछन्। नगरपालिकाले लगानी गर्ने होइन, हामीले लगानीको वातावरण बनाइदिने हो।

कुनै बेला नेपालगञ्ज देशकै चौथो ठूलो सहरमा गनिन्थ्यो। आज नेपालगञ्ज १५–१६ ठूला सहरमा पनि गनिँदैन । किन पछि पर्‍यो?

राजनीतिक नेतृत्वले इमान्दारीसाथ काम गरेन । सुशील कोइरालाजी कांग्रेसको ठूलो नेता हुनुहुन्थ्यो, पछि प्रधानमन्त्री हुनुभयो । उहाँले चाहेको भए धेरै हुन्थ्यो । म अघिल्लोपटक मेयर हुँदा ढल, सडकका लागि उहाँको घरमा डेलिगेसन गएको थिएँ । उहाँलाई ‘तपाईं कांग्रेसको महामन्त्री हो, तपाईंकै दलका अर्थमन्त्री छन्, मेरो क्षेत्रमा बजेट छुट्याइदिन भन्नुहोस्’ भन्दा पनि गर्नुभएन।

नेपालगञ्जमा रिङ रोड, ड्राइपोर्ट, विशेष आर्थिक क्षेत्र र नेपालगञ्ज युनिभर्सिटी जस्ता ठूला चार परियोजना वर्षौदेखि अलपत्र छन् । किन यस्तो भएको?

यो देशमा कुनै पनि काममा लागि परिरहेन भने त्यो त्यत्तिकै अलपत्र हुन्छ । अपनत्व बोध गरेर निरन्तर लागिरहनुपर्छ । जस्तो मैले अघि पनि भनेँ, अब बसपार्क निर्माणको काममा म आफैं लागिपर्छु । एकजना इञ्जिनियरले यही रफ्तारमा गए अझै २ वर्ष पनि बसपार्क बन्दैन भने पनि मेरो जोड अब त्यतातिर छ। 

पहिलो चरणको स्थानीय चुनावमा राप्रपाले खासै राम्रो गर्न सकेको थिएन । दोस्रो चरणमा तपाईले चाहिँ आफ्नो पक्षमा नतिजा ल्याउनुको कारण के हो जस्तो लाग्छ?

राम्रो गर्न सकेन होइन, पहिलो चरणमा राप्रपा सखापै भयो । एउटा मेयर पनि जित्न सकेन । यहाँ जित्छु भन्ने त मलाई थियो । पहिलो चरणको निर्वाचनको नतिजापछि केही अप्ठ्यारो भयो, नत्र म यहाँ डबलभन्दा बढी मतले जित्थेँ । देशैभरि पार्टी सखाप भएपछि यहाँ मैलाई जित्न पनि धौ–धौ भइदियो । तर, यहाँका जनताले धवल शमशेरलाई ल्याएर हाम्रो नगर बनाउनुपर्छ भन्ने मनस्थिति बनाइसकेका थिए । अरुले सक्दैनन्, पैसा खाइदिन्छन्, यसले पैसा खाँदैन, काम गर्न पनि सक्छ भन्ने थियो । त्यत्तिले जितेको हुँ।

सय दिन भइसक्यो, तर कामहरु ठोसरुपमा अघि बढेको त देखिँदैन । जनताले गुनासो गर्न थालिसके नि!

नेपालमा आलोचना सहने क्षमता राख्नैपर्छ । सय दिनमा वर्षातका दिनहरु परे । बजेट पनि थिएन, चाडपर्व सुरु भइहाले । अन्य ठाउँमा चुनावहरु भइरहेको थियो । मलाई पनि थाहा छ, केही पनि काम भएको छैन । वर्षाका बेला निर्माणका कामहरु हुन गाह्रोपर्छ । अब वर्षा सकिन दिनोस् र सय दिन पर्खनोस् । जसले आलोचना गरिरहेका छन्, उनीहरुको बोली बन्द हुन्छ । अब कामले नै मुख टाल्ने हो।

प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्