• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यी हुन् प्रथम विश्वयुद्धका दश शक्तिशाली नर्स, जसले सेवा र साहस देखाए

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २९, २०७५  ०३:२५
1140x725

प्रथम विश्वयुद्धमा घाइते भएका सिपाही तथा स्थानीयहरुको उपचारमा खटिएका नर्सहरु प्रेरक नायक हुन्। तत्कालीन समयमा उनीहरुले अविश्वसनीय चुनौती तथा बाधामाथि विजय हासिल गरेका थिए। लैङ्गिक असमानतालाई चिर्दै युद्ध मैदानमै पुगी घाइते सैनिक जवानहरुलाई बचाउन खेलेको उनीहरुको योगदानलाई निकै प्रशंसनीय मानिन्छ।

_x000D_ _x000D_

विभिन्न देशका यी साहसी महिलाहरु जो निःस्वार्थ रुपमा मानव सेवामा समर्पित थिए। कसैले प्रशासकीय तथा संयोजकको भूमिका खेले भने कसैले आफ्नो वरपर बम विस्फोट भइरहँदा पनि काममा खटिइरहे। आफ्नो काम र सेवाप्रति उनीहरु यती दत्तचित्त भएकी सैन्य कानुनको विरुद्ध हुँदा पनि आफ्नो काम जारी राखे। बम बिस्फोटको वास्ता नगरी खटिइरहे। उनीहरुको योगदान र साहसलाई हेर्दा यति भन्न कुनै सन्देह रहँदैन की प्रत्येक नर्सहरु सेवाका प्रतिमूर्ति नै थिए।

_x000D_ _x000D_

 

_x000D_ _x000D_

१) एडिथ क्याभेल
_x000D_

_x000D_ _x000D_

एडिथ म्याभेल ब्रिटिस नर्स हुन्। जो अनगिन्ती सैनिक जवानको उपचारमा खटिएर चर्चा कमाएकी थिइन्। सन् १९१४ मा जब ब्रसेल्स जर्मनीमा समेटियो, उनी त्यहाँबाट हिँडिन्। क्याभेल लुकेर रहेका घाइते सैनिक जवानहरुलाई देशको सुरक्षित भागमा लैजाने काममा खटिइन्। त्यसका लागि सैनिकहरुलाई नक्कली पहिचान दिइन्थ्यो।

_x000D_ _x000D_

अगष्ट १९१५ मा एडिथलाई जर्मन सहयोगी ग्यास्टन क्विनले धोका दिए। उनलाई जर्मन सेनाहरुले देशद्रोहको आरोप लगाउँदै पक्राउ गरे र सैन्य अदालतमा उपस्थित गराए। उनलाई आफ्नो घरमा १ सय ७५ पुरुषलाई उपचार गरी आश्रय दिएर सहयोग गरेको आरोप लागेको थियो। उनको त्यो कदम जर्मन सैन्य कानुनविरुद्ध भएको ठहर भयो। 

_x000D_ _x000D_

अन्ततः अन्तर्राष्ट्रिय दबावका बावजुद पनि उनलाई मृत्युदण्ड दिइयो। उनलाई १६ जनाको जर्मन फायरिङ टोलीले गोली हानेर हत्या गरेका थिए। क्याभेलको योगदानको कदर गर्दै उनको नाममा चलचित्रसमेत निर्माण गरिएको छ। फिल्ममा क्याभेलको भूमिका ब्रिटिस अभिनेत्री अन्ना निग्लले निभाएकी थिइन्। १९३९ मा बनेको चलचित्र ‘नर्स एडिथ कारवेल’मा निडर नर्सको रुपमा पर्दामा देखिएकी निग्लको कलाकौशलको खुबै तारिफसमेत गरिएको थियो। यो चलचित्र ओस्कार अवार्डमा पनि मनोयनमा पर्न सफल भएको थियो। नर्स एडिथको नाममा अमेरिका, अष्टे«लिया, बेल्जियम, क्यानडाका विभिन्न सडक, मेडिकल, नर्सिङ सेवा, उद्यानसमेत बनाइएको छ।

_x000D_ _x000D_

 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

२) मेरी हिसहोम
_x000D_

_x000D_ _x000D_

स्कटिस महिला मेरी हिसहोम कुशल मोटरबाइक चालक थिइन्। मोटरबाइकप्रतिको लगाव देखेर बेल्जियमको हवाई एम्बुलेन्स बलले उनलाई निमन्त्रणा दियो। मेरी र उनकी बाइकर साथी एल्सी नकर हवाई एमबुलेन्स बलमा भर्ना भए।

_x000D_ _x000D_

सो लगत्तै उनीहरु दुवैलाई युद्धका बेला फन्र्समा अवस्थित फिल्ड अस्पतालमा घाइते सैनिकहरुको उपचारार्थ खटाइयो। मेरीलाई अंगभंग भएका सैनिकका शवहरुलाई शवगृहमा लैजाने जिम्मेवारी पनि सुम्पिएको थियो। तर, बलभित्र रहेको पुरुषहरुको अधिपत्यले उनीहरुले सो एम्बुलेन्स बल छोड्ने निर्णय गरे।

_x000D_ _x000D_

घाइते सैनिकको उपचारमा खटिने एमबुलेन्स बल छोडेपनि मेरीले सैनिकको उपचार कार्यलाई भने छोडिनन्। जसमा उनलाई नकरको राम्रो साथ मिलेको थियो। सोपश्चात् उनीहरुले पर्भिज भन्ने ठाउँमा एउटा भत्किएको घरको भुइँतल्ला फेला पारे र सोही घरमै अवैधरुपमा डे«सिङ स्टेसन स्थापना गरे। उक्त घर युद्धले खाडल बनाएको ठाउँबाट १ सय गजको मात्रै दुरीमा थियो।

Xtrem

Xtrem
_x000D_ _x000D_

बेल्जियन रेडक्रसको सम्बन्धन बिना नै उनीहरुले आफ्नो तरिकाले उजचार सेवा र आवश्यक चिकित्सा सामाग्री आपूर्ति गर्नूृपर्ने अवस्था थियो। सोही अवस्थामा उनले सौभाग्यस्वरुप नजिकै रहेको बेल्जियन फौजमा भर्ना हुने मौका पाइन्। सो क्रममा उनले सयौं मानिसको ज्यान जोगाउन सहयोग गरिन्।

_x000D_ _x000D_

युद्धका समय पुर्याएको योगदानको कदर गर्दै मेरीलाई ‘बेल्जियन नाइट्स क्रस’बाट सम्मानित गरिनुका साथै ब्रिटिस सरकारले समेत सैन्य पदक प्रदान गर्यो।

_x000D_ _x000D_

 

_x000D_ _x000D_

३) अन्ना क्यारोलिन म्याक्सवेल
_x000D_

_x000D_ _x000D_

अन्ना क्यारोलिन म्याक्सेवललाई अमेरिकी फ्लोरेन्स नाइटिंगेल पनि भनिन्छ। उनको शिक्षाप्रतिको समर्पण र शैक्षिक स्तर सुधार्नमा सहयोग गरेकाले आजपनि नर्सिङ पेसा प्रतिष्ठित पेसा मानिन्छ। अन्ना अमेरिकी सैन्य नर्स स्थापनामा महत्वपूर्ण भूमिका खेल्नेमध्येकी एक मानिन्छिन्। नर्सलाई सैन्य पदक दिनुपर्छ भन्ने विषय सैनिक नियमावलीमा राख्ने सम्बन्धमा उनको सहयोग थियो।

_x000D_ _x000D_

उनले मुख्यगरी शिक्षा र तालिममा जोड दिएकी थिइन्। उनी प्रेसबिटेरियन अस्पताल नर्सिङ स्कुलको निर्देशक थिइन्, जुन पछि कोलम्बिया युनिर्भसिटी स्कुल अफ नर्सिङमा परिणत भयो। उनको काम र तालिम प्रथम विश्वयुद्धमा महत्वपूर्ण बन्यो। उनले आफ्नो प्रशासनिक दक्षता र शैक्षिक कार्यक्रमका कारण नर्सहरुलाई सक्रियरुपमा सेवामा लगाउन सफल भइन्। 

_x000D_ _x000D_

फ्रेन्च सरकारले उनको कदर गर्दै जनस्वास्थ्य क्षेत्रका लागि सम्मान पदकसमेत दिएको थियो।

_x000D_ _x000D_

 

_x000D_ _x000D_

४) एलिस रस किङ

_x000D_ _x000D_

रोयल अष्ट्रेलियन इम्पेरियल बलकी एलिस रस किङ फ्रान्समा नर्सिङ सेवामा कार्यरत थिइन्। एलिस युद्धताका सशस्त्र क्लिनिक स्टेसनमा भएको जर्मन हवाई हमलाबाट नाटकीय रुपमा बाँच्न सफल भएकी थिइन्। उनी ओमार, फ्रान्समा आएको पाँचौं दिनमा नै जर्मन सेनाले हवाई आक्रमण गरेको थियो।

_x000D_ _x000D_

मिसाइलहरु उनी रहेको स्थान वरिपरि विस्फोट भए। भयानक विस्फोट भइरहँदा पनि उनी बाँच्न सफल भएकी थिइन्। घाइते अवस्थामा रहेपनि उनी बल्लतल्ल उठिन्। आफ्नो टोली रहेको भवन तथा टेन्टमा बम पड्किरहेका बेला उनी सिधै ‘डेन्जर जोन’तर्फ दौडिइन्, कारण उनी आफ्ना घाइते साथीहरुका बारेमा चिन्तित थिइन्।

_x000D_ _x000D_

दुस्मनको आक्रमणबाट बच्दै प्रेरणादायी सेवाभाव र आफ्नो कर्तव्यप्रतिको लगाव देखाएकोमा उनलाई सैन्य पदकबाट सम्मान गरिएको थियो।

_x000D_ _x000D_

 

_x000D_ _x000D_

५) जुलिया सी स्टिमसन 
_x000D_

_x000D_ _x000D_

जुलिया सी स्टिमसन एक जुझारु, उर्जावान, दृढ इच्छा शक्ति र दृढसंकल्प भएकी व्यक्ति थिइन्। उनलाई युद्धका बेला केही न केही परिवर्तन गर्न चाहन्थिन्। उनले कम उमेरमा नै आफ्नो इच्छा र दृढता देखाएकी थिइन्। तत्कालीन समयमा स्नातक तह पास गर्ने उनी कम उमेरकी थोरै महिलामध्ये एक थिइन्।

_x000D_ _x000D_

उनले १६ वर्षकै उमेरमा भास्कर कलेजमा अध्ययन गर्ने मौका पाइन्। उनले आफ्नो करियर आर्मी नर्सबाट सुरु गरेकी थिइन्। उनी मे १९१७ मा बेस अस्पतालमा काम गर्न फ्रान्स पगेकी थिइन्। त्यसको करिब एक वर्षपछि नै जुलिया फ्रान्सस्थित अमेरिकन रेडक्रसमा नर्सको प्रमुखमा नियुक्त भइन्।

_x000D_ _x000D_

उनले पेरिसमा रहेको अमेरिकी विदेशी बलको नर्सिङ सेवाअन्तर्गत प्रशासनिक भूमिकामा पनि खटिइन्। उनकै प्रयासमा हजारौँ सैनिक जवानहरुले राम्रो स्वास्थ्य उपचार सेवा पाए। सोही योगदानको कदरस्वरुप जुलिया प्रथम विश्वयुद्धको अन्त्यतिर अमेरिकाको विशेष सेवा पदकबाट सम्मानित भइन्।

_x000D_ _x000D_

१९१८ मा पहिलो विश्वयुद्ध सकियो, तर, जुलियाले नर्सको काम भने जारी राखिन्। उनले दोस्रो विश्वयुद्धमा नर्सको रुपमा भर्ती पाउने व्यक्ति सिफारिस गर्ने प्रमुखको रुपमा समेत काम गरिन्। उनी अमेरिकी सेनाको मेजरको दर्जा पाउने पहिलो महिलासमेत हुन्।

_x000D_ _x000D_

 

_x000D_ _x000D_

६) फ्लोरेन्स फार्मबोरफ

_x000D_ _x000D_


_x000D_ लेखनदेखि फोटोग्राफीसम्म दक्षता हासिल गरेकी फ्लोरेन्स फार्मबोरफ बहुमुखी प्रतिभाकी धनी थिइन्। उनले आफ्नो त्यो खुबी भने युद्धमा देखाइन्। उनी सन् १९०८ मा ब्रिटेनबाट रसिया गएकी थिइन्। रसियाको किभ पुगेपछि उनले एक परिवारमा ट्युसन टिचरको रुपमा काम गर्न थालिन्। उनले रसियाकी एक सफल मुटु सर्जनकी छोरीहरुलाई अंग्रेजी पढाउँथिन्। 

_x000D_ _x000D_

तर, जब युद्ध सुरु भयो, उनले रसियन आर्मीमा रेडक्रस नर्सको रुपमा काम गर्न थालिन्। ग्यालिसियन र रमानियन बलको उपचारमा उनी खटिइन्। युद्ध चर्किएको बेला उनी एक मात्र समर्पित नर्स थिइन्, जसले ‘द टाइम्स’ र ‘बिबिसी रेडियो’का लागि संवाददाताको रुपमा समेत काम गरिन्।

_x000D_ _x000D_

तत्कालीन समयमा प्रकाशित उनकै जर्नलकै आधारमा सन् १९७४ मा प्रकाशित ‘नर्स एट दी रसियन फ्रन्ट’मा युद्धका बेला फ्लोरेन्सका नर्सिङ अनुभवहरुलाई स्थान दिइएको छ। 

_x000D_ _x000D_

 

_x000D_ _x000D_

७) डोरोथी फिल्डिङ 

_x000D_ _x000D_

_x000D_ _x000D_

डोरोेथी फिल्डिङको जन्म इंग्ल्यान्डको वारविकसाइरमा उच्च घरानामा भएको थियो। उनी १८ वर्षको हुँदा इंग्ल्यान्डका राजा र रानीका समक्ष लगियो। फिल्डिङले राजसी सुखसयलमा रमाउन सक्थिन्। 

_x000D_ _x000D_

तर, उनले युद्धको बाटो रोजिन्।

_x000D_ _x000D_

सोपश्चात् उनी बेल्जियमको स्वयंसेवक इकाइमा एम्बुलेन्स चालक बनिन्। विद्रोही स्वभावकी डारोथीले तत्कालीन समय विभिन्न चुनौतीहरुको सामना गर्नुप¥यो। पश्चिमी बलले उनलाई दुस्मनले आक्रमण गरिरहँदा सवारी चलाउनुपर्ने तथा विभिन्न व्यक्तिहरुबाट विवाह प्रस्तावहरु पनि राखिए।

_x000D_ _x000D_

तर, फिल्डिङ आफ्नो काम र सेवामा दृढ थिइन्। युद्धका समय एमबुलेन्स चालकको रुपमा देखाएको बहादुरीको कदर गर्दै उनलाई ब्रोन्ज स्टार र अंग्रेजी सैन्य पदक प्रदान गरिएको थियो।

_x000D_ _x000D_

 

_x000D_ _x000D_

८) एल्सा ब्रान्डस्टर्म

_x000D_ _x000D_


_x000D_ एल्सा ब्रान्डस्टर्मलाई ‘साइबेरियाकी परी’ भनेर पनि चिनिन्थ्यो। उनी स्विडिस राजदुत सार निकोलस द्वितीयकी छोरी थिइन्। उनी प्रथम विश्वयुद्धका बेला रसियामा थिइन्। सहयोगको भावना भएकी उनले स्वयंसेवा गरिन्। सो समयमा घाइते तथा अंगभंग भएका रसियन सेनाको उद्धार तथा उपचारमा आफ्नो नर्सिङ दक्षता प्रयोग गरिन्।

_x000D_ _x000D_

एल्सा सन् १९१५ मा साइबेरियामा स्विडिस रेडक्रसको सहयोगमा युद्धका समय घाइते भएका जर्मन कैदीहरुको उपचारमा संलग्न थिइन्। सो समय नर्सिङ सेवामा खटिनु सहज भने थिएन। सन् १९१८ मा उनको रुसमा रहेर काम गर्न पाउने अनुमति खारेज गरियो। तर, निषेधको उक्त निर्णयको एल्साले कुनै प्रवाह गरिनन्। उनले लगातार दुई वर्षसम्म गैरकानुनी रुपमै साइबेरिया यात्रा जारी राखिन्। अन्ततः रसियन अधिकारीहरुले उनलाई सन् १९२० मा ओम्सकबाट गिरफ्तार गरे।

_x000D_ _x000D_

रिहाइपछि उनी स्विडेन फर्किइन् र युद्धका कैदीहरुको सहयोगार्थ अभियान चलाइन्। उनको प्रयास भनेको आर्थिक सहयोग जुटाउनु र बालघर स्थापना गरी २ सय भन्दा बढी अनाथहरुलाई आश्रय दिनु थियो।

_x000D_ _x000D_

एल्साले त्यसपछि भने विवाह गरिन् र अमेरिका गइन्। विवाहपछि पनि उनले आफ्नो सेवा र सहयोगको भावना एसियन र अष्ट्रियन शरणार्थीहरुमाथि देखाइन्।

_x000D_ _x000D_

 

_x000D_ _x000D_

९) लिनी लेक्रोन 

_x000D_ _x000D_

_x000D_ _x000D_

लिनी लेक्रोन प्रथम विश्वयुद्धमा नसुनिएकी नायक हुन्। उनी ग्यास र विष्फोटक पदार्थ ओसारपसार गर्ने अमेरिकी सैनिक टिमको एक हिस्सा थिइन्, जो युद्धका बेला फ्रान्समा रातदिन नभनी खटिएकी थिइन्। युद्धमा भएका घाइतेहरुको उपचारमा खटिएकी उनको योगदानको भने कुनै कदर भएन। उनको नाममा न परेड खेलियो, न त घर फर्किँदा कुनै स्वागत नै।

_x000D_ _x000D_

आर्मीबाट अवकास पाउनुअघि उनलाई ‘साइटेसन स्टार’बाट सम्मानित गरिनेवाला थियो। तर, त्यसले मूर्त रुप पाउन सकेन। पहिलो विश्वयुद्ध सकिएको करिब ८९ वर्षपछि मात्रै उनको कामको कदर गरियो। सन् २००७ मा मात्रै लिनीको नामको सम्मान ‘सिल्भर स्टार’ छोरी मेरी जोन बोल्स रिडले ग्रहण गरिन्।

_x000D_ _x000D_

‘सिल्भर स्टार’ अमेरिकी सैन्य सेवामा रहँदा बहादुरी देखाएवापत पाइने तेस्रो ठूलो सम्मान हो। उनी यो सम्मान पाउने तेस्रो महिला हुन्।

_x000D_ _x000D_

 

_x000D_ _x000D_

१०) लेनाह हिग्बे

_x000D_ _x000D_


_x000D_ लेनाह हिग्बे प्रथम नर्स हुन्, जो अमेरिकी नौसेनामा भर्ती भएकी थिइन्। यसको स्थापना १९०८ मा भएको थियो। यो कदम उनको लागि चुनौतीपूर्ण थियो। किनकी नौसेनामा महिला नर्सहरुलाई अयोग्य रुपमा हेरिन्थ्यो र उनीहरुलाई केही दर्जा पनि दिइँदैन थियो। हिग्बे आफ्नो पेसाप्रति पूरै समर्पित भइन् र सेवा सुरु गरेको छोटो समयमा नै नर्सिङ प्रमुखमा नियुक्त भइन्। केही वर्षपछि उनी नौसेना नर्सको सुपरिटेन्डेन्टमा बढुवा भइन्। उनी यस पदमा आउने दोस्रो महिला थिइन्।

_x000D_ _x000D_

प्रथम विश्वयुद्धको बेला अतुलनीय योगदान र समर्र्पणका निम्ति उनलाई ‘नेभी क्रस’बाट सम्मान गरिएको थियो। यो पदक पाउने उनी पहिलो महिला हुन्। उनको मृत्युपछि सम्मानस्वरुप नौसेनाअन्तर्गतका युद्धक विमानलाई ‘युएसएस हिग्बेन’ नामाकरण गरियो। सैन्य उपकरणमा महिलाको नाम लेखिएको यो नै हालसम्मकै पहिलो घटना हो।

_x000D_ _x000D_

- भावानुवाद : बुनु थारु

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  ०३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्