लुगा धुन अल्छी मान्नेका लागि अस्ट्रेलियाका वैज्ञानिकले सजियो उपाय खोजी गरिरहेका छन्।
उनीहरुले प्रकाश देखाउने वित्तिकै आफै सफा हुने कपडा तयार पार्न लागेको दावी गरेका छन्। जसअनुसार घाममा ५ मिनेट राख्ने वित्तिकै कपडा आफैँ सफा हुने गर्छ। यो कपडाको प्रयोग सफल भएको खण्डमा वासिङ मेसिनको बजार बन्द हुनेछ।
मेलवर्नका अनुसन्धानकर्ताले यसका लागि सस्तो र प्रभावकारी फेवरिकको निमार्ण गरिसकेको बताएका छन्। आरएमआईटी विश्वविद्यालयले गरेको अनुसन्धानको विश्वव्यापी चर्चा भइरहेको छ। लुगाबाहिर आएपछि वासिङ मेसिन विस्तापित हुने अनुसन्धानमा सक्रिय डाक्टर राजेश रामनाथनले जानकारी दिए।
‘हामीले वासिङ मेसिन विस्तापित गर्नुअघि यो प्रविधिमा अझै काम गर्न बाँकी छ,’ उनले भने। अनुसन्धानकर्ताले तामा र चाँदीमिश्रीत धातुलाई प्रयोग गरेर यस्तो कपडा तयार पार्न लागेका हुन्। तामा र चाँदीले प्रकाश सोस्ने काम गर्छन्। भविष्यमा गोलभेडाको सस र वाईनबाट पनि यस्तो प्रविधिको परीक्षण गरिने डाक्टर रामनाथनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।