• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अमेरिकी मध्यावधि निर्वाचनको सम्भावित परिणाम र असर

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २०, २०७५  ०४:३२
1140x725

अमेरिकी इतिहासमा मध्यावधि निर्वाचनमा प्रायःजसो सत्तारुढ दलका लागि आफ्नो प्रभाव कायम राख्न मुश्किल परेको देखिन्छ। मंगलबार हुने अमेरिकी मध्यावधि निर्वाचनमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लिकन पार्टीलाई आफ्नो राजनीतिक वर्चश्व कायम राख्न कतै मुश्किल पर्ने त होइन भन्ने आशंका गरिएको छ।

_x000D_ _x000D_

हालकै दिनमा राष्ट्रपति ट्रम्पले पुनः एकपटक अमेरिका प्रवेश गर्ने आप्रावासीप्रति कडा कदम चाल्ने संकेत गरेका थिए। २०१६ मा भएको राष्ट्रपति निर्वाचनको क्रममा आप्रवासीप्रति बढि नै आक्रमक देखिएका ट्रम्पले मध्यावधि निर्वाचन हुनु केही दिनअघि मात्रै आप्रवासीप्रति त्यस्तै व्यवहार दोर्‍याएका हुन्।

_x000D_ _x000D_

गैरकानुनी रुपमा अमेरिकामा बस्दै आएका आप्रवासीका कारण नै अमेरिकामा बेरोजगारको संख्या बढेको ट्रम्पको आरोप छ। ट्रम्पले गैरकानुनी हिसाबमा अमेरिका प्रवेश गर्नेहरुलाई कारबाही गर्दै अमेरिकी नागरिकलाई रोगजार सृजना गर्ने प्रतिवद्धताका कारण नै राष्ट्रपति निर्वाचन जित्न सफल भएको एकथरि विश्लेषण छ।

_x000D_ _x000D_

यसैबीच अमेरिकी प्रतिपक्ष डेमोक्र्याट पार्टीले मध्यावधि निर्वाचनलाई आफ्नो पक्षमा ल्याउन भरमजदुर प्रयास गरेको छ। ट्रम्पले लिएको स्वाथ्य सेवा सम्बन्धि नीति, आप्रवासी नागरिक सम्बन्धि नीति र अप्रवासीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउन सीमा क्षेत्रमा पर्खाल लगाउने नीतिलाई लक्षित गर्दै विपक्षी दलले मध्यवधि निर्वाचन आफ्नो पक्षमा पार्ने प्रयास गरेको छ।

_x000D_ _x000D_

मंगलबारका लागि तोकिएको अमेरिकी मध्यावधि निर्वाचनको परिणामका विषयमा अमेरिकामा मात्रै नभई पुुरा विश्वलाई नै यसको प्रतिक्षा हुने छ। यस निर्वाचनमा जनताले अमेरिकी तल्लो सदन, प्रतिनिधिसभाको ४ सय ३५ सदस्यमध्ये ३५ जनालाई निर्वाचित गर्ने छन्। यो निर्वाचनमा डेमोक्र्याट पार्टीले अधिकाशं ठाउँमा जित हासिल गर्ने अपेक्षा गरिएको छ। विपक्षी दललाई सदनमा आफ्नो बहुमत सिद्ध गर्न थप २३ सिटको आवश्यकता पर्छ। उनीहरुसँग हाल १ सय ९४ सिट रहेको छ भने सत्तारुढ दलसँग २ सय ४१ सिट छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

तर, अमेरिकी एक सञ्चार माध्यमलाई उद्धृत गर्दै आएको समाचारमा मध्यावधि निर्वाचनपूर्व गरिएको सर्वेक्षणमा ट्रम्प र उनको रिपब्लिकन पार्टी अघि रहेको जनाइएको छ। अमेरिकाको १८६२ देखि यताको मध्यावधि निर्वाचनलाई विश्लेषण गर्दा राष्ट्रपतिको पार्टीले औषत रुपमा तल्लो सदनमा ३२ सिट र सिनेटमा २ सिट गुमाएको इतिहास छ।

_x000D_ _x000D_

अमेरिकी पूर्व राष्ट्रपति फ्रैंकलिन डी रुजवेल्टको पार्टीले १९३४ को अमेरिकी आर्थिक मन्दीको चरम समयमा तल्लो सदनमा ९ सिट ल्याएको थियो भने सिनेटमा १० सिट ल्याएको इतिहास छ। यस्तै २००१ मा अमेरिकामा भएको आतंकवादी हमलापछि २००२ को मध्यावधि निर्वाचनमा तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुस समर्थित रिपब्लिकन पार्टीले तल्ल्लो सदनमा ८ सिट ल्याएका थिए भने सिनेटमा जम्मा २ सिट ल्याएका थिए।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

अमेरिकी राजनीतिक वैज्ञानिक मार्कस जोनसनका अनुसार अमेरिकामा सत्तासीन राष्ट्रपतिले आफ्नो नीति तथा कार्यक्रमहरु सफलतापूर्वक कार्यान्वयन गरेको अवस्थामा पनि मध्यावाधि निर्वाचनमा राम्रो नतिजा ल्याउँछन् भन्ने हुँदैन।

_x000D_ _x000D_

रुजवेल्टले आफनो कार्यकालमा ‘द न्यू डिल’ कार्यक्रमको सफलतापूर्वक कार्यान्वयन गरे पनि उनले १९३८ को मध्यावधि निर्वाचनमा तल्लो सदनमा ७१ सिट र सिनेटमा ६ सिट हारेका थिए। यस्तै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा पनि उनले स्वाथ्य क्षेत्रमा ल्याएको ‘ओबामा केयर’ जस्तो कार्यक्रमका बाबजुत मध्यावधि निर्वाचनमा हार व्यहोर्नु परेको थियो। राष्ट्रपतिको दलले मध्यावधि निर्वाचनमा हार्नुको मुख्य कारणसँग उनको राजनीतिक पार्टी मुख्य दोषी हुने जोनसनको दाबी छ।

_x000D_ _x000D_

उदाहरणका रुपमा जोनसन भन्छन्, ‘राष्ट्रपतिको राजनीतिक पार्टी एक त राष्ट्रपति निर्वाचनमा पाएको जनमतका कारण मध्यावधि निर्वाचनमा जान इच्छुक हुँदैनन्। यसको कारण निर्वाचनका दौरान गरिएको राजनीतिक बाचाहरु मध्यावधि निर्वाचनको अवधिसम्म आइपुग्दा पुरा भएको हुँदैन। जसका कारण जनतामा छाएको निराशाले गर्दा उनीहरु तत्काल अर्को निर्वाचनमा जाने इच्छा गर्दैनन्। अर्को कारण मध्यावधि निर्वाचनमा राष्ट्रपति निर्वाचनमा भन्दा कम भोट आउने भएका कारण पनि उनीहरु निर्वाचनमा जान चाहँदैनन्।’

_x000D_ _x000D_

अर्कोतर्फ मध्यवधि निर्वाचनमा विपक्षी पार्टी पछिल्लो निर्वाचन परिणामले ल्याएको यथास्थितिलाई तोड्न सकिने भएकाले सधैं हौसिन्छ। अमेरिकी इतिहासलाई मिहिन ढंगले अध्ययन गर्ने हो भने अमेरिकी मध्यावधि निर्वाचनलाई सरकारको १ सय दिनको उपलब्धिले निकै नै प्रभाव पारेको पाइन्छ। यस्तै राष्ट्रपतिले निर्वाचित भएको केही समयमा नै आफूले सदनकोे नियन्त्रण गुमाउने हुँदा त्यो भन्दा पहिला नै आफ्नो नीतिको पालना गर्नुपर्छ। खासगरी मध्यावधि निर्वाचनपछि।

_x000D_ _x000D_

यो पटकको मध्यावधि निर्वाचनमा डेमाक्र्याट पार्टीले ट्रम्पका विभिन्न विवादित नीतिका कारण निर्वाचनपछि शक्ति आर्जन गर्ने सम्भावना प्रशस्त छ। अमेरिकामा तीब्र जनसंख्या वृद्धि हुने आसियनपछिको दोश्रो ठाउँ ल्याटिनोसले अमेरिकी मध्यावधि निर्वाचनलाई धेरै हदसम्म प्रभावित गर्ने सम्भावना रहेको छ। २०१६ को राष्ट्रपति निर्वाचनमा गैर–कानुनी आप्रवासीविरुद्ध आवाज उठाएका कारण नै निर्वाचन जितेका ट्रम्प यो मध्यावधि निर्वाचनपछि कमजोर हुने सम्भावना रहेको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

अमेरिकी राज्य प्युर्टो रिकोमा आएको ‘मरिया’ नामको आँधिबेहरीपछि अमेरिकी सरकारले तत्काल कुनै उद्धारको कदम चालेन। जसका कारण करिब ३० हजार मानिसको मृत्यु भएको थियो। यसकारण पनि यहाँका जनताले मध्यावधि निर्वाचनमा राष्ट्रपति ट्रम्पको पार्टीलाई भोट हाल्ने सम्भावना अत्यन्त कम रहेको बताइन्छ।

_x000D_ _x000D_

यस्तै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि कम्तिमा २ हजार ३ सय आप्रवासी अभिभावकबाट जन्मिएका बच्चाहरुलाई आफ्ना अभिभावकसँगबाट छुट्टाइएको थियो। आप्रवासी सम्बन्धी शून्य सहनशीलताको नीति लिने बताएका ट्रम्पलाई यो मध्यावधि निर्वाचनमा हिस्प्यानिक नागरिकको संख्या बढी रहेको अमेरिकी राज्य टेक्सासमा पनि कम भोट खस्ने सम्भावना रहेको छ।

_x000D_ _x000D_

यस्तै केही समयअघि मात्रै ट्रम्पले अमेरिकी सर्वोच्च अदालतका यौन शोषणको आरोप लागेका न्यायाधीश बे्रट कामवानागलाई पुनर्बहाली गर्ने विवादित निर्णय लिए। जसका कारण पनि ट्रम्प आलोचित भएका छन्। कामवानागलाई एक दशक अघि यौनशोषणको आरोप लागेको थियो।

_x000D_ _x000D_

ट्रम्पको आरोपित न्यायाधीशलाई पुनर्बहाली गर्ने निर्णयविरुद्ध अमेरिकाको राजधानी वासिङ्टन, न्युर्योक, पिलाडेल्फिया र अन्य ठाउँमा जुलुस निकालिएको थियो। यो जुलुसले अमेरिकी महिलाहरुलाई ट्रम्पविरुद्ध आक्रोस पोख्न वातावरणको निर्माण गरिएको मानिन्छ। महिलाहरुको भोटका कारण पनि ट्रम्पलाई मध्यावधि निर्वाचन ‘फलामको चिउरा’ हुनसक्ने छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

मध्यवधि निर्वाचनमा हुनसक्ने सम्भावित हारलाई पन्छ्याउन डेमोक्र्याट्सहरुले केही नगरेका भने होइनन्। निर्वाचनलाई मध्यनजर गर्दै उनीहरुले आफ्ना युवा, महिला, अल्पसंख्यक समुदायका र कम आय भएका मतदाताहरु जसले ट्रम्पको नीतिको आलोचना गर्छ तिनीहरुलाई पार्टी निकालासमेत गरेका छन्।

_x000D_ _x000D_

मध्यावधि निर्वाचन डेमोक्र्याट्स पार्टीलाई र ट्रम्प आफैंलाई महत्वपूर्ण छ। २०१६ को राष्ट्रपति निर्वाचनमा रसियाली गुप्तचर विभागले निर्वाचन प्रभावित गर्ने काम गरेको भन्दै निर्वाचन परिणामका विषयमा अमेरिकी गुप्तचर विभागले छानबिन गर्दै छ। राष्ट्रपति निर्वाचन प्रभावित गरेको भन्दै निर्वाचन परिणामपछि अमेरिकी निर्वतमान राष्ट्रपति ओबामाले अमेरिकास्थित रसियाली दूतावासका कूटनीतिज्ञहरुलाई देश निकालासमेत गरेका थिए।

_x000D_ _x000D_

निर्वाचन प्रभावित भएको भन्ने विषयमा भने ट्रम्पले लगातार अस्वीकार गर्दै आएका छन्। उनले अस्वीकार गरे पनि उनका छोरी ज्वाइँदेखि अन्य मानिसहरुलाई अमेरिकी गुप्तचर विभागले सोही विषयमा विभिन्न समयमा सोधपुछ गरेको छ। यो मध्यावधि निर्वाचनमा ट्रम्प र उनको पार्टी पराजित भएको खण्डमा यो मुद्धा फेरि टड्कारो समस्या बनेर आउन सक्छ।

_x000D_ _x000D_

तल्लो सदन र माथिल्लो सदनमा पनि कमजोर हुने ट्रम्पविरुद्ध अविश्वासको प्रस्तावसमेत आउने सम्भावनालाई नकार्ने अवस्था हुँदैन। यदि अविश्वासको प्रस्ताव दर्ता नभएको खण्डमा पनि यसले ट्रम्पलाई समस्यामा पार्ने भने निश्चित प्रायः जस्तो छ। मध्यावधि निर्वाचनमा पराजय भएको अवस्थामा उनले २०२० को राष्ट्रपति निर्वाचनमा सहभागी हुने नैतिक धरातल गुमाउने अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु बताउँछन्।

_x000D_ _x000D_

मध्यावधि निर्वाचनको परिणाम पूर्वसवेक्षण अनुरुप कै आयो भने त्यसले ट्रम्पलाई थप हौसला दिनेछ। ट्रम्पले अमेरिकी विदेश नीति र आन्तरिक नीतिमा ल्याएको परिर्वतनको अमेरिका भित्र आलोचना भइरहेको अवस्थामा उनले मध्यावधि निर्वाचन जितेको अवस्थामा उनको नीति सफल भएको मानिने छ। यसले ट्रम्पलाई थप आक्रमक रुपमा प्रस्तुत हुन बाटो दिनेछ।
_x000D_ (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०७५  ०४:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै बिहीबार, कात्तिक २०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता बुधबार, कात्तिक १९, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो बुधबार, कात्तिक १९, २०८२
अब कहिल्यै नफुट्ने संकल्प गरौं : झलनाथ खनाल बुधबार, कात्तिक १९, २०८२
एकीकृत समाजवादी भयंकर हुन्छ भन्ने लागेको थियो, तर अध्याय सकियो : रामकुमारी झाँक्री बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्