काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महिला महामन्त्रीमा उम्मेदवारी घोषणा गरिन्।
सङ्ग्रौला १४ औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन्। केही समयअघि मात्रै देउवा समूहका नेताहरूको नेतृत्व गर्दै संस्थापन पक्षमा आएकी थिइन्।
कांग्रेसको आज बसेको बैठकले महिलासहित महामन्त्रीको संख्या तीन पुर्याउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।