काठमाडौं– नेपाली कांग्रेसको उपसभापति र महामन्त्री ३/३ जना हुने भएको छ ।
सोमबार खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति ३ र महामन्त्री ३ जना हुने टुंगो लगाएको छ ।
कांग्रेसको विधानमा हाल २ जना उपसभापति र २ जना महामन्त्री रहने व्यवस्था रहेकामा विधान संशोधन गरेर ३/३ जना पुर्याउन लागिएको छ । केन्द्रीय समिति बैठकले गरेको निर्णय अब राजधानीमा जारी महाधिवेशनको बन्दसत्रले पारित गरेपछि कार्यान्वनमा जानेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।