काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि जारी रहेको छ। आज बिहान ७ः३० देखि ९ बजेसम्म भृकुटीमण्डपस्थित ठूलो हलमा महाधिवेशन प्रतिनिधिहरूका लागि बिहानी खाजाको व्यवस्था गरिएको छ। त्यसपछि बिहान सवा ९ बजेबाट तीनवटा हलमा बन्दसत्र सुरु हुनेछ।
बन्दसत्रमा पार्टी सभापतिको प्रतिवेदन पेस गरिनेछ भने त्यसलगत्तै विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी विस्तृत छलफल अघि बढाइने जनाइएको छ। विधानमाथिको छलफलपछि दिउँसो साढे ११ बजे प्रतिनिधिको खानाका लागि समय निर्धारण गरिएको छ।
यसैगरी महाधिवेशनमा विभिन्न पदका लागि दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दरखास्त दिने समय तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।