• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सभामुख अर्याल तान्जानिया प्रस्थान

64x64
नेपाल लाइभ आइतबार, असोज १८, २०८३  २०:५६
1140x725

काठमाडौं–  सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज तान्जानियातर्फ प्रस्थान गरेका छन्।

सभामुख अर्याल आइतबार साँझ कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट तान्जानियातर्फ प्रस्थान गरेका हुन् । 

उनीसँगै प्रतिनिधिमण्डलमा धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभाका सदस्य रविन महत्तो, राष्ट्रिय सभाका सदस्यहरू झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी छन्। साथै, प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डे, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल तथा सभामुखका निजी सचिव मधु मिजार पनि प्रतिनिधिमण्डलमा सहभागी छन्।

तान्जानियाको अरुषा सहरमा आयोजना हुने अन्तरव्यवस्थापिका संघको १५३औँ महासभा ५ देखि ९ अक्टोबर २०२६ (१९ देखि २३ असोज २०८३) सम्म सञ्चालन हुनेछ।

महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासभाका क्रममा विभिन्न विषयगत स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा तथा द्विपक्षीय भेटवार्तालगायतका कार्यक्रम सञ्चालन हुनेछन्।

महासभाको पहिलो दिन, ५ अक्टोबर २०२६ सोमबार (१९ असोज २०८३) प्रतिनिधिमण्डलका सल्लाहकार तथा सचिवहरूको बैठक हुनेछ। त्यसैगरी, एसिया प्रशान्त समूहको बैठक तथा महिला सांसदहरूको मञ्चको कार्यक्रम आयोजना हुनेछ।

यसै दिन थाइल्यान्डको राष्ट्रिय सभाको माथिल्लो सदनका सभामुख महामहिम मोंगकोल सुरसज्जाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुनेछ। 

साथै, अस्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख माननीय मिल्टन डिकको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल तथा चीनको राष्ट्रिय जनकांग्रेसअन्तर्गत शिक्षा, विज्ञान, संस्कृति तथा जनस्वास्थ्य समितिका उपाध्यक्ष तियान सुएजुनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग पनि द्विपक्षीय भेटवार्ता हुनेछ। यसै दिन महासभाको औपचारिक उद्घाटन समारोह हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो दिन, ६ अक्टोबर २०२६ मंगलबार (२० असोज २०८३) प्रतिनिधिमण्डलले लेक न्यासा भवनस्थित लेक न्यासा हलमा आयोजना हुने गभर्निङ काउन्सिलको बैठकमा सहभागिता जनाउनेछ। यसै दिन बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुनेछ।

यसै दिन लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी स्थायी समितिमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार तथा सशक्तीकरण प्रवर्द्धनका लागि संसदीय रणनीतिसम्बन्धी मस्यौदा प्रस्तावमाथि छलफल तथा पूर्ण बैठकमा प्रस्ताव लेखनको कार्य सुरु हुनेछ। 

शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी स्थायी समितिमा सैन्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगका कारण उत्पन्न चुनौतीबीच शान्ति सुरक्षामा संसद्को भूमिका तथा संसदीय कूटनीति, मध्यस्थता र संवादमार्फत दिगो शान्ति स्थापनासम्बन्धी विषयमा प्यानल छलफल हुनेछ।

यसै दिन “समावेशिता, विश्वास र सबैका लागि अवसरमार्फत सुशासन अभिवृद्धि तथा समुदायको सशक्तीकरण” विषयमा महासभाको सामान्य छलफल सुरु हुनेछ। साँझ तान्जानियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। आकस्मिक विषयका सम्बन्धमा सभामुखको सम्बोधनका लागि समेत समय निर्धारण हुन सक्नेछ।

Xtrem

Xtrem

तेस्रो दिन, ७ अक्टोबर २०२६ बुधबार (२१ असोज २०८३) महासभाको सामान्य छलफल निरन्तर सञ्चालन हुनेछ। संयुक्त राष्ट्रसंघीय मामिलासम्बन्धी स्थायी समितिमा सुधारिएको संयुक्त राष्ट्रसंघीय प्रणालीको प्रतिबिम्बका रूपमा तान्जानियामा रहेको संयुक्त राष्ट्रसंघीय देश टोलीसम्बन्धी प्यानल छलफल हुनेछ।

साथै, “अझ प्रभावकारी र प्रतिनिधिमूलक संयुक्त राष्ट्रसंघतर्फ” शीर्षकको प्रस्तावमाथि छलफल गरी संयुक्त राष्ट्रसंघको बडापत्र पुनरावलोकनसम्बन्धी सम्मेलन आह्वान गर्ने प्रस्तावमाथि निर्णय हुनेछ।

लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी स्थायी समितिमा मस्यौदा प्रस्तावको पूर्ण बैठकमा लेखन कार्य सम्पन्न गरिनेछ। दिगो विकाससम्बन्धी स्थायी समितिमा सन् २०३० सम्म पर्वतीय तथा समुद्री पारिस्थितिक प्रणालीको संरक्षण तथा ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्न संसदीय नेतृत्वसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ।

शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी स्थायी समितिमा द्वन्द्वका समयमा समुद्री सुरक्षा तथा महत्वपूर्ण पूर्वाधारको संरक्षण, अन्तर्राष्ट्रिय जलमार्ग तथा विश्वव्यापी आर्थिक स्थायित्वमा संसद्को भूमिकासम्बन्धी विज्ञ छलफल हुनेछ। 

साथै, उक्त समितिको ब्युरोका लागि निर्वाचन हुनेछ। महासभामा सामान्य छलफललाई निरन्तरता दिइनुका साथै क्रेमर पासी पुरस्कार प्रदान गर्ने तथा आकस्मिक विषयमाथि मतदान गर्ने कार्यक्रम रहेको छ।

चौथो दिन, ८ अक्टोबर २०२६ बिहीबार (२२ असोज २०८३) संयुक्त राष्ट्रसंघीय मामिलासम्बन्धी स्थायी समितिमा द्वन्द्व रोकथाम तथा समाधानका लागि संयुक्त राष्ट्रसंघीय संयन्त्रले कसरी काम गर्छ भन्ने विषयमा प्यानल छलफल तथा समितिको ब्युरोका लागि निर्वाचन हुनेछ। महासभामा आकस्मिक विषयमाथि छलफलका साथै सामान्य छलफललाई निरन्तरता दिइनेछ।

दिगो विकाससम्बन्धी स्थायी समितिमा कृत्रिम बुद्धिमत्ता र रोजगारीको भविष्यसम्बन्धी प्यानल छलफल, टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (काेप ३१) मा हुने संसदीय बैठकका लागि तयारी तथा समितिको ब्युरोका लागि निर्वाचन हुनेछ। 

महासभामा अन्तरव्यवस्थापिका संघका प्रस्ताव तथा अन्य निर्णयहरूको कार्यान्वयनसम्बन्धी विशेष जवाफदेहिता सत्र आयोजना हुनेछ र सामान्य छलफल सम्पन्न गरिनेछ।

लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी स्थायी समितिमा मस्यौदा प्रस्ताव पारित गर्ने तथा समितिको ब्युरोका लागि निर्वाचन गर्ने कार्यक्रम रहेको छ। साँझ सबै प्रतिनिधिमण्डलका लागि सांस्कृतिक साँझको आयोजना हुनेछ।

पाँचौँ दिन लेक न्यासा भवनस्थित लेक न्यासा हलमा अन्तरव्यवस्थापिका संघको गभर्निङ काउन्सिलको बैठक हुनेछ। बैठकमा अन्तरव्यवस्थापिका संघको अध्यक्षको निर्वाचन, सांसदहरूको मानवअधिकारसम्बन्धी विषयमा निर्णय तथा विभिन्न विशेष बैठकका प्रतिवेदनमाथि छलफल हुनेछ।

त्यसपछि महासभाको बैठकमा विभिन्न प्रस्ताव पारित गर्ने, स्थायी समितिहरूका प्रतिवेदन प्रस्तुत गर्ने, सामान्य छलफलको निष्कर्ष दस्तावेज पारित गर्ने तथा अन्तरव्यवस्थापिका संघको विधानमा प्रस्तावित संशोधनहरू अनुमोदन गर्ने कार्यक्रम रहेको छ। महासभाको समापनपछि प्रतिनिधिमण्डल केन्याको राजधानी नैरोबीतर्फ प्रस्थान गर्नेछ।

महासभापछिको कार्यक्रमअन्तर्गत छैठौ दिनशनिबारनैरोबीमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने तथा नैरोबी नेसनल पार्क, जिराफ सेन्टर र डेभिड शेल्ड्रिक वन्यजन्तु संरक्षण केन्द्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

आइतबार (२५ असोज २०८३) नैरोबी सहरको भ्रमण गरी यहाँका प्रमुख सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन तथा स्थानीय जीवनशैलीबारे जानकारी लिने कार्यक्रम रहेको छ।

१२ अक्टोबर २०२६ सोमबार (२६ असोज २०८३) केन्याको संसद् भवनस्थित समिति कक्षमा उपसभामुख तथा सांसद माननीय ग्लाडिस जेप्कोसेगी बोससँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  २०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’
सभामुख अर्याल तान्जानिया प्रस्थान
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका... आइतबार, असोज १८, २०८३
सभामुख अर्याल तान्जानिया प्रस्थान सभामुख अर्याल आइतबार साँझ कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट तान्जानियातर्फ प्रस्थान गरेका हुन... आइतबार, असोज १८, २०८३
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले आगामी अधिवेशनमा थप सशक्त भूमिका निर्वाह गर्ने गरी तयारी गर्न... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सभामुख अर्याल तान्जानिया प्रस्थान आइतबार, असोज १८, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध आइतबार, असोज १८, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक आइतबार, असोज १८, २०८३
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्