काठमाडौ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले झन् देश अँध्यारोतर्फ गएको बताएका छन् ।
कांग्रेसको महाधिवेशनमा मन्तव्य राख्दै अध्यक्ष लिङ्देनले देशमा जटिलता बढिरहेको बताएका हुन् ।
उनले हिजो कसैका विरुद्ध बोलेमा गोली आउने गरेको उल्लेख गर्दै अहिले गोलीको सट्टा सामाजिक सञ्जालमार्फत आक्रमण हुने गरेको बताए ।
उनले देशमा अब राष्ट्रिय सहमतिको आवश्यक रहेकोमा जोड दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।