काठमाडौ- भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले कांग्रेसका सभापति गगन थापालाई १५ औँ महाधिवेशनका लागि शुभकामना दिएका छन् ।
अध्यक्ष नवीनले पत्रका लेखेका छन्, 'भारतीय जनता पार्टीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट, म तपाईं, नेपाली कांग्रेसको नेतृत्व तथा सम्पूर्ण सदस्यहरूलाई एक सफल महाधिवेशनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
मलाई विश्वास छ कि यो अवसरले तपाईंको संगठनलाई अझ सुदृढ बनाउनेछ र नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्याउनेछ ।'
कांग्रेससँगको सम्बन्धलाई भाजपाले उच्च महत्त्व दिने पनि नवीनले लेखेका छन् । 'भाजपाले नेपाली कांग्रेससँगको आफ्नो दीर्घकालीन संलग्नतालाई उच्च महत्व दिन्छ र हाम्रा पार्टी-बीचको सम्बन्धलाई अझ सुदृढ बनाउन उत्सुक छ,' पत्रमा लेखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।