काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशको उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।
पार्टीबाट शुभकामना दिन महासचिव शंकर पोखरेल जाने तय भएको पोखरेलका स्वकीय सचिव सरोज रेग्मीले बताए ।
२ बजेबाट सुरू हुने उद्घाटन समारोहमा रास्वपाका सभापति रवि लामिछानेसहितका नेताले सम्बोधन गर्ने तय भएको प्रवक्ता देवराज चालिसेले बताए ।
नेपाली कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुँदै छन् ।
चालिसेका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टी महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चा अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल आउने निश्चित भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।