काठमाडौं– नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
लामाले जनजाति समावेशी तर्फवाट पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घाेषणा गरेका हुन् ।
जिल्ला सभापतिको जिम्मेवारी एक कार्यकाल सम्हालिसकेका लामाले जिल्ला तहको आफ्नो राजनीतिक अनुभवलाई केन्द्रीय नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकाे बताए ।
कांग्रेस सभापति गगन थापाको नेतृत्वमा पार्टीलाई अझै उचाइमा लैजाने गरि आफुले सहमहामन्त्रीमा उम्मेदवारी दिएकाे उनको भनाइ छ । आफू जिल्ला सभापति हुँदा पार्टी स्थानिय तथा संसदीय निर्वाचनमा पार्टीले उत्कृष्ट नतिजा हासिल गरेको उनकाे दाबी छ । लामाले नेपाल विद्यार्थी संघबाट कांग्रेसकाे राजनीति शुरु गरेका थिए ।
तामाङ नेपाल विद्यार्थी संघ दाेलखाकाे अध्यक्ष, नेपाल तामाङ संघको केन्द्रीय महासचिव भएर काम गरेका थिए । लामा पार्टीको १० औं महाधिवेशनदेखि दाेलखाबाट निरन्तर केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुँदै आएका छन् ।
१५औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेसँगै लामाको राजनीतिक यात्रा जिल्ला तहबाट केन्द्रीय नेतृत्वतर्फ अघि बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।