काठमाडौं– न्याय सेवा आयोग, परीक्षा महाशाखाले नेपालको जिल्ला न्यायाधीशहरुको परपूर्तिका लागि आह्वान गरेको छ ।
बुधबार आयोगले संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम जिल्ला न्यायाधीश पदपूर्तिका लागि खुला, आन्तरिक खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन प्रकाशित गरेको हो।
आयोगले २०८३ असोज ७ गते सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो। विज्ञापन अनुसार कुल ४ जना जिल्ला न्यायाधीशका लागि दरखास्त माग गरिएको छ।
जसमा आन्तरिक खुलातर्फ २ जना (विज्ञापन नं. ०००१/०८३–८४), खुलातर्फ १ जना (विज्ञापन नं. ०००२/०८३–८४) र समावेशीतर्फ दलित समूहबाट १ जना (विज्ञापन नं. ०००६/०८३–८४) का लागि पदपूर्ति गरिनेछ।
लिखित परीक्षा तालिका
सबै पद तथा समूहका लागि लिखित परीक्षा दिनको १:०० बजेदेखि सञ्चालन हुनेछ। परीक्षा तालिका यस प्रकार रहेको छ: प्रथम पत्र (विधिशास्त्र, संवैधानिक कानून र कानून प्रणाली): २०८३ मंसिर १ गते द्वितीय पत्र (देवानी कानून र देवानी कार्यविधि कानून): २०८३ मंसिर २ गते तृतीय पत्र (फौजदारी कानून र फौजदारी कार्यविधि कानून): २०८३ मंसिर ३ गते चौथो पत्र (मिसिल अध्ययन र समस्या समाधान): २०८३ मंसिर ४ गते। यस अन्तर्गत खण्ड (क) फैसला लेखनका लागि १ घण्टा ४५ मिनेट, खण्ड (ख) आदेश लेखनका लागि ४० मिनेट र खण्ड (ग) समस्या समाधानका लागि ३५ मिनेट समय छुट्याइएको छ।
परीक्षा, दस्तुर तथा अन्य विवरण
परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ र लिखित परीक्षा काठमाडौँ उपत्यकामा मात्र लिइने जनाइएको छ। परीक्षा केन्द्रहरू पछि सूचनाद्वारा प्रकाशन गरिनेछ। परीक्षा दस्तुर आन्तरिक खुलाका लागि रु. २,०००/–, खुलाका लागि रु. २,०००/– र प्रत्येक समावेशी समूहका लागि थप रु. ५००/– तोकिएको छ। उक्त दस्तुर राष्ट्रिय वाणिज्य बैंकको राजस्व खाता नं. १०००२०००१००००, कार्यालय कोड: २१८००३५०१ र राजस्व शीर्षक नं. १४२२४ (परीक्षा दस्तुर) मा सो बैंकको जुनसुकै शाखाबाट बुझाउन सकिनेछ।
दरखास्त दस्तुर बुझाउने स्थान न्याय परिषद् सचिवालय, रामशाहपथ रहेको छ। इच्छुक योग्य उम्मेदवारले विज्ञापन सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म दरखास्त दिन सक्नेछन्। अन्तर्वार्ताको मिति लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा तय गरिनेछ भने तलब प्रचलित स्केल बमोजिम हुनेछ। पदमा रही गर्नुपर्ने कामको विवरण जिल्ला न्यायाधीशलाई प्रचलित कानून बमोजिम तोकिए बमोजिम तथा आवश्यक न्यूनतम योग्यता र अनुभव नेपालको संविधानमा तोकिए अनुसार हुनेछ। यससम्बन्धी विस्तृत सूचना न्याय परिषद् सचिवालयको वेबसाइट https://www.jcs.gov.np/ मा उपलब्ध छ।
-1790174073.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।