• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म

64x64
नेपाल लाइभ बुधबार, असोज ७, २०८३  १३:०२
1140x725

काठमाडौं– दसैँ, तिहार र छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन १५ बुँदे निर्णय गरेको छ। 

यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई पठाएको निर्णयमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने व्यवस्था गरिएको हो।

यद्यपि, अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने मिति भने विभागले तत्काल सार्वजनिक गरेको छैन। बुकिङ खुलाउने समय, यातायात सञ्चालनको अवधि, रुट परमिट तथा ठूला सवारीसाधनको आवागमनलगायत विषयमा सरोकारवालासँग थप छलफल गरी आवश्यक निर्णय गरिने विभागले जनाएको छ।

विभागले सार्वजनिक यातायात व्यवसायीलाई सकेसम्म अनलाइनमार्फत टिकट बुकिङको व्यवस्था गर्न निर्देशन दिएको छ। यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

टिकट बिक्रीमा संलग्न कर्मचारीका लागि यातायात व्यवसायी, कम्पनी तथा संस्थाले अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्नेछ। अनधिकृत काउन्टर तथा परिचयपत्र वा तोकिएको पोशाकबिनाका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न पनि विभागले निर्देशन दिएको छ।

सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुले अनिवार्य रूपमा टिकट लिएर मात्रै यात्रा गर्नुपर्ने विभागले स्पष्ट पारेको छ। यात्रुलाई आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट मात्रै टिकट लिन र मादक पदार्थ सेवन गरी यात्रा नगर्नसमेत आग्रह गरिएको छ।

आवागमन व्यवस्थापनमा सम्बन्धित निकायबीच समन्वय

चाडपर्वका बेला काठमाडौँ उपत्यकाबाट बाहिरिने तथा उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएकाले प्रभावकारी अनुगमनको व्यवस्था मिलाउन विभागले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेल्वे कम्पनीलगायत निकायसँग आवश्यक समन्वय गर्नुपर्नेछ।

यात्रुको चापलाई ध्यानमा राख्दै यातायात व्यवसायीले आवश्यकताअनुसार अतिरिक्त सवारीसाधनको व्यवस्था गर्नुपर्नेछ। लामो दूरीका यात्रुवाहक सवारीले यात्रुका लागि खाना तथा खाजाको व्यवस्था गर्दा सरकारले तोकेको मापदण्ड पालना गर्न र त्यस क्रममा अनावश्यक भिडभाड हुन नदिन पनि विभागले भनेको छ।

मुख्य सडकको मर्मत र सूचना प्रवाहमा जोड

चाडपर्वको अवधिमा यात्रुवाहक सवारीसाधनको अत्यधिक आवागमन हुने मुख्य सडक तथा राजमार्गको नियमित निरीक्षण गरी आवश्यक मर्मत सम्भार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

Xtrem

Xtrem

पहिरो नियन्त्रण, सडक अवरोध तथा जाम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न र सडकको अवस्थाबारे यात्रु तथा आमउपभोक्तालाई नियमित जानकारी उपलब्ध गराउन विभागले सडक विभागसँग अनुरोध गरेको छ।

रुट परमिट खुला गर्ने, अग्रिम टिकट बुकिङ तथा ठूला सवारीसाधनको सञ्चालनसम्बन्धी विषयमा सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी यातायात सञ्चालनको मिति र समयावधि तोकेर सूचना जारी गर्ने व्यवस्था मिलाउनसमेत विभागले भनेको छ।

मापसे-लापसे जाँचदेखि सवारीको यान्त्रिक परीक्षणसम्म

चाडपर्वका समयमा सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न चालकको स्वास्थ्य तथा सवारीको अवस्थामाथि कडाइ गरिने भएको छ। उपत्यकामा भित्रिने तथा बाहिरिने प्रमुख नाकासहित देशभर मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी चलाउने चालकको स्वास्थ्य परीक्षण गर्न विभागले निर्देशन दिएको छ।

मापसे वा लापसे गरेको अवस्थामा चालक भेटिए सम्बन्धित यातायात व्यवसायीले तत्काल वैकल्पिक चालकको व्यवस्था गर्नुपर्नेछ।

लामो दूरीका यात्रुवाहक सवारी गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सवारीको यान्त्रिक अवस्था अनिवार्य रूपमा जाँच गर्नुपर्नेछ। लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक राखी आलोपालो सवारी चलाउने व्यवस्था गर्न पनि विभागले निर्देशन दिएको छ। उक्त व्यवस्था कार्यान्वयन भए–नभएको सम्बन्धित निकायबाट अनुगमन गरिनेछ।

त्यसैगरी, १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई चालक वा अन्य कुनै काममा नलगाउन यातायात व्यवसायीलाई विभागले स्पष्ट निर्देशन दिएको छ।

चाडपर्व नजिकिँदै जाँदा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने र त्यससँगै दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले सवारी सञ्चालन, चालकको अवस्था, टिकट बिक्री, सडकको स्थिति तथा यात्रु सुरक्षाका विषयमा प्रभावकारी निगरानी र अनुगमनलाई प्राथमिकता दिन विभागले सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

Yatayat-Bivag-1790147681.png
 


 

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
सम्बन्धित सामग्री
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई पठाएको निर्णयमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने व्यवस... बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा मङ्गलबार प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर... बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधवार ललितपुरमा आयोजित २० औँ राष्ट्रिय संरक्षण दिवसका अवसरमा मन्त्री चौधरीले प्रकृतिको संरक्षण र मानव-वन्यजन्तु सहअस्तित्वका लागि त... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्