काठमाडौं– आज तीन वटा संसदीय समितिका बैठक बस्दै छ।
बुधबार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो।
अर्थ समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएको छ।
बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमाथि सैद्दान्तिक छलफल हुने कार्यसूची रहेको छ। उक्त विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुहुने संशोधनकर्ता सदस्यहरुसँग छलफल हुने छ।
बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा निजी ऊर्जा उत्पादकबाट उत्पादित जलविद्युत सम्बन्धमा र जलविद्युत आयोजनामा निजी क्षेत्रको लगानी प्रवर्धन गर्न विद्यमान ऐन, कानुनमा गर्नुपर्ने सुधारका सम्बन्धमा छलफल हुने छ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्ने भएको हो। बैठकमा समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।