काठमाडौं– संसद्को नयाँ भवनको अस्थायी क्यान्टिन बन्द भएको छ ।
चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन सञ्चालनप्रति प्रश्न उठाएका थिए ।
बुधबार नयाँ बिल्डिङमा रहेको अस्थायी रुपमा राखिएको संरचना बन्द गरिएको हो ।
सांसद सुनारले संसद् परिसरका क्यान्टिनमा सर्वसाधारणको पहुँचमा हुने गरी मूल्य निर्धारण गर्नुपर्ने मागसमेत गरेका थिए।
उनले संसद्मा विषय उठाएपछि मंगलबार प्रतिनिधिसभा सदस्यका लागि सञ्चालित उक्त क्यान्टिन आज बन्द गरिएको हो। तर उक्त क्यान्टिन अरु दिन खुल्ने/नखुल्नेबारे भने केही बताइएको छैन ।
संसद् भवनको बरण्डामा राखेको फाइभस्टार होटल कसको हो ? भनेर उनले प्रश्न गरेका थिए ।
‘कालो चियाको एक सय रुपैयाँ, दूध हालेको चियाको दुई सय, ममको तीन सय, चाउमिनको चार सय, पाउरोटीको पाँच सय,’ पर्ने भनेर उनले प्रश्न गरेका थिए ।
साथै, फाइभ स्टार होटल संसदको बरण्डाबाट बाहिर निकाल्नुपर्ने माग राखेका थिए ।
संसद्मा यस्तो प्रश्न उठेपछि अस्थायी क्यान्टिन बन्द गरिएको छ । अब त्यो कहिले खुल्छ वा के हुन्छ भन्ने विषयमा क्यान्टिन सञ्चालकले केही भनेका छैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।