काठमाडौं– काठमाडौंको टेकुमा प्लास्टिक गोदाममा आगलागी भएको छ ।
काठमाडौं महानगरपालिका–१२ स्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको प्लास्टिक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी र स्थानीयवासी परिचालन भएका छन् । अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षति तथा आगो लाग्नुको कारणबारे भने विवरण आउन बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।