काठमाडौं– काठमाडौंको त्रिपुरेश्वर चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ ।
सोमबार मध्याह्न त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बसमा आगलागी भएको हो ।
ऋद्धिसिद्धि यातायातको गाडीमा आगलागी भएको हो । आगलागीको कारण भने खुलिसकेको छैन ।
गाडीमा लागेको आगोले आसपासका बिजुलीका तारलाई पनि भेटेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको बताए ।
आगलागी भएको बसका चालक घाइते भएका छन् । उद्धार गरेर अस्पताल पठाइएको छ । आगलागी भएको बस नम्बर बा ५ ख ४२७४ हो । बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा रहेको प्रहरीले बताएको छ ।
उनी बसभित्रै रहेका बेला आगलागी भएकाले घटना संकास्पद रहेको प्रहरीको भनाई छ । घाइते चालकलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।