काठमाडौं– काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केट पुनःनिर्माणपछि आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको उक्त भवनलाई भव्य रूपमा पुनःनिर्माण गरी ग्राहकका लागि नियमित सेवा सुरु गरिएको हो।
नयाँ भवनमा अत्याधुनिक किनमेल सेवासँगै एप्पल स्टोर, विविध परिकार उपलब्ध हुने फुड कोर्ट तथा पोखराको प्रसिद्ध ‘मोनालिसा थकाली’ खानासहितका सेवाहरू सञ्चालनमा ल्याइएको छ।
ग्राहकलाई थप आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यसहित टंगाल स्टोरलाई नयाँ स्वरूपमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार आन्दोलनका क्रममा क्षति पुगेका कुल १२ वटा स्टोरमध्ये १० वटा पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी रहेका दुईवटा स्टोरहरूको पुनःनिर्माण कार्य पनि अन्तिम चरणमा पुगेको र चाँडै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।