सुनसरी– इनरूवा नगरपालिका-१० जाल्पापुर चम्राही टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित भोक्राहा नरसिंह गाउँपालिका-५ बस्ने ३० वर्षीय रामबहादुर यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.१ च ८२७९ नम्बरको पिकअप गाडीमा लोड गर्दै गरेको करिब १ हजार ४ सय ५४ किलो ८ सय ७० ग्रामका ४७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा जस्तो देखिने पदार्थ फेला पारी चालक रामलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।