• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मिर्गौला फेल हुने कारण, लक्षण र उपचार

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ७, २०७५  ०६:०९
1140x725

मिर्गौला रोग विभिन्न कारणबाट हुन्छ । यो सबै उमेर समूहकालाई हुने रोग हो। नेपालमा पछिल्लो समय मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको संख्या बढिरहेको छ। राज्यले पछिल्लो समय मिर्गौलाको उपचारमा राम्रो सहयोगको व्यवस्था गरेको छ। यद्यपि मिर्गौला सम्बन्धी समस्या भएका र मिर्गौला फेल हुने बिरामीको संख्यामा उल्लेख्य रुपमा कमी आएको छैन।

_x000D_ _x000D_

मिर्गौला फेल हुने समस्या सबैभन्दा जटिल र घातक शारीरिक समस्या मध्ये एक हो। यसको समयमै पहिचान र उपचार हुन सकेन भने मानिसको अकालमै ज्यान जान सक्छ। सन् २००८ मा पहिलो पटक त्रिभुवन विश्ववद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएपछि मिर्गौला फेल भएका धेरैले दोस्रो जीवन पाए। हाल वीर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर र निजी अस्पताल अन्तर्गत ग्रान्डी इन्टरनेसनल अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ। मिर्गौला प्रत्यारोपण महँगो र जटिल उपचारविधि हो। मिर्गौलाको उपचार विधिबारे बुझ्नुभन्दा पहिले हामीले मिर्गौलाले शरीरमा के काम गर्छ भन्ने कुरा बुझ्न जरुरी छ।

_x000D_ _x000D_

मिर्गौलाको काम

_x000D_ _x000D_

मिर्गौलाले शरीरको रगत शुद्धीकरण गर्ने काम गर्छ। हामीले खाना खाएपछि शरीरमा जुन ऊर्जा प्राप्त हुन्छ त्यस क्रममा निस्कने 'बाइप्रोडक्ट'लाई सफा गर्नुपर्ने हुन्छ। त्यस्ता बाइप्रोडक्टलाई मेडिकलको भाषामा 'नाइट्रोजिनस टक्सिन' भनिन्छ। यस्ता टक्सिन शरीरभित्रै रहेमा मानिस बेहोस हुने र शरीरका विभिन्न अङ्गमा असर गरेर मृत्युसमेत हुन सक्छ। त्यस्ता टक्सिनलाई स्वस्थ मिर्गौलाले शरीरबाट बाहिर निकाल्ने काम गर्छ। त्यस्तै मिर्गौलाले शरीरको पानी र लवणहरुलाई सन्तुलनमा राख्छ। मिर्गौलाले चाहिने मात्रामा मात्र पानी शरीरमा राख्छ र अनावश्यक भएमा शरीरबाट पिसाबकोरुपमा निकाल्ने काम गर्छ। यसले शरीरमा लवणहरुलाई सन्तुलित मात्रामा मिलाएर राख्ने काम गर्छ। मिर्गौलाले शरीरको पिएच अर्थात अम्लियपनालाई सन्तुलनमा राख्छ। मिर्गौलामा हुने एक विशेष प्रकारको हर्मोनले शरीरमा रातो रक्तकण बनाउन मद्दत गर्छ र हड्डी मजबुत राख्ने काम पनि गर्छ।

_x000D_ _x000D_

के छ उपचार?

_x000D_ _x000D_

जब मिर्गौलाले काम गर्न छोड्छ वा मिर्गौलामा समस्या देखा पर्छ ,यसले गर्ने सम्पूर्ण काममा असर पुग्छ। मृर्गौलाले काम गर्न छोड्नु भनेकै मिर्गौला फेल हुनु हो। दुवै मिर्गौला फेल भएको अवस्थामा दुई तरिकाले उपचार गर्नुपर्ने हुन्छ। एउटा कृत्रिम तरिकाबाट रगतको शुद्धीकरण गर्नु जसलाई डायलाइसिस भनिन्छ। डायलाइसिस पनी दुई तरिकाको हुन्छ, हेमो डायलाइसिस र पेरिन्याटिकल डायलाइसिस।

_x000D_ _x000D_

 त्यस्तै, दोस्रो तरिका मृर्गौला प्रत्यारोपण हो। मृर्गौला प्रत्यारोपण भन्नाले अर्को व्यक्तिको एउटा मिर्गौला झिकेर बिरामीमा जोड्नु हो। प्रत्यारोपणमा जोड्नुपर्ने मिर्गौला तल्लो पेटको दाहिने वा देब्रे भागमा राखिन्छ। यसका रक्तनली खुट्टातिर जाने रक्तनलीहरुसँग जोडिन्छ र पिसाब नलीलाई पिसाब थैलीमा जोडिन्छ। प्रत्यारोपण गरिएको मिर्गौला  बचाई राख्नका लागि आजीवन औषधि खानुपर्ने हुन्छ।

_x000D_ _x000D_

मिर्गौला प्रत्यारोपण गर्दा तल्लो पेटको दायाँ वा वायाँ भागमा जडान गरिने भएकाले बिग्रिएको मिर्गौलालाई निकाल्नु पर्दैन। तर, बिग्रिएको मिर्गौलामा संक्रमण भएको खन्डमा वा अत्याधिक सुन्निएको भए शल्याक्रिया मार्फत निकाल्नुपर्ने हुन्छ। मिर्गौला फेल हुन थालेपछि तुरुन्तै लक्षण नदेखीन सक्छ । ८० प्रतिशत मिर्गौलाले काम गर्न छोड्दा पनि लक्षण नदेखिन सक्छ। अन्तिम अवस्थामा लक्षण पत्ता लाग्नु नै यो रोगको मुख्य चुनौती हो। प्रत्यारोपण गर्नु मात्र गाह्रो कुरा होइन। त्यसपछि पनि मिर्गौलालाई र बिरामीलाई बचाई राख्नु  चुनौतीपुर्ण हुन्छ । मिर्गौला प्रत्यारोपणमा सबैको दाता नहुँदा धेरैले अकालमै ज्यान गुमाउनुपर्ने वाध्यता छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

फेल हुने कारण

_x000D_ _x000D_

मिर्गौला फेल हुने कारणहरु धेरै छन्। त्यसमध्ये यी प्रमुख कारणबारे जानकारी राख्नु उचित हुन्छ।

_x000D_ _x000D_

१. क्रोनिक ग्लोमोरुलो नेफ्राइटिस

_x000D_ _x000D_

यो एक प्रकारको पिसाबबाट प्रोटिन चुहिने रोग हो। यसको समयमै उपचार गरिएन भने बिस्तारै यसले मिर्गौलालाई खराब गर्दै जान्छ।

_x000D_ _x000D_

२. मधुमेह

_x000D_ _x000D_

मधुमेह नियन्त्रणमा आउन नसके यसले साना रक्तनलीलाई खराब गर्छ। यसले विस्तारै आँखा, मुटु, मस्तिष्क लगायतका अङ्गमा असर पुर्‍याएजस्तै मिर्गौलालाई पनि खराब गर्छ।

_x000D_ _x000D_

३. उच्च रक्तचाप

_x000D_ _x000D_

मिर्गौला फेल हुनुको मुख्य कारण मध्ये उच्च रक्तचाप पनि एक हो। रक्तचाप नियन्त्रण भएन भने पनि यसले मिर्गौलामा गम्भीर असर गर्छ र दुवै मिर्गौला फेल हुन सक्छन्।

_x000D_ _x000D_

४. पत्थरी

_x000D_ _x000D_

मिर्गौलामा पत्थरी भएमा यसले मिर्गौलाको नियमित काममा बाधा पुर्‍याउँछ, जसले गर्दा मिर्गौला फेल पनि हुन सक्छ।

_x000D_ _x000D_

५. वंशाणुगत

_x000D_ _x000D_

केही व्यक्तिमा मिर्गौलाको रोग वंशाणुगत पनि हुने गर्छ। परिवारका कुनै सदस्यलाई मिर्गौला रोग भएमा अन्य सदस्यमा पनि मिर्गौला सम्बन्धी समस्या हुने सम्भावना बढी हुन्छ। वंशाणुगत समस्याका मुख्य कारणहरु विशेष गरी दुई प्रकारका हुन्छन्

_x000D_ _x000D_

(क) एडल्ट पोलिसिस्टिक किड्नी डिजिज

_x000D_ _x000D_

जिनमा गडबडी आएर मिर्गौलामा धेरै फोकाहरु बन्न थाल्छन्। ती फोकाले मिर्गौलाका तन्तुहरुलाई नास गर्छन् र मिर्गौलामा खराबी आउँछ। यसरी मिर्गौलामा समस्या ल्याउने एडल्ट पोलिसिस्टिक किड्नी डिजिज वंशाणुगत हुन्छ।

_x000D_ _x000D_

(ख) अल्पोर्ट सिन्ड्रोम

_x000D_ _x000D_

अल्पोर्ट सिन्ड्रोम पनि एक वंशाणुगत रोग हो। यसका कारण मिर्गौला खराब हुने मात्र होइन आँखा नदेख्ने र कान नसुन्ने समस्या पनि हुन्छ।

_x000D_ _x000D_

६. दुखाइ कम गर्ने औषधिको प्रयोग

_x000D_ _x000D_

दुखाइकम गर्ने औषधीको प्रयोगले मृर्गौलालाई खराब गर्छ । यस्तो खालको औषधीको सेवन गर्दा चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ । अन्दाजका भरमा फार्मेसीबाट जथाभावी यस्ता औषधी प्रयोग गर्नाले धेरै मृर्गौला,मुटु र पेटमा असर गर्छ ।

_x000D_ _x000D_

७. एन्टिवायोटिकको प्रयोग

_x000D_ _x000D_

दुखाइकम गर्ने ‍औषधीको प्रयोग झै एन्टिवायोटिकको जथाभावी प्रयोगले पनी मृर्गौला असर गर्छ

_x000D_ _x000D_

८. पिसाबनलीमा अवरोध आएमा

_x000D_ _x000D_

पिसाबनलीमा विभिन्न कारणले अवरोध आउन सक्छ,कहीले काही मृर्गौलामा हुने पत्थरीका कारण पनी पिसाब नली अवरुद्ध हुन सक्छ भने कहीले काही पिसाब नलीमा हुने संक्रमणका,प्रोस्टेट ,ट्यूमर आदी कारण पनी अवरोध आउन सक्छ । पिसाबनलीमा निरन्तर अबरोध रहेमा यसले मृर्गौला खराब हुन्छ ।

_x000D_ _x000D_

९. मोटोपना भएमा

_x000D_ _x000D_

मोटोपना भएकाहरु मिर्गौला रोगको उच्च जोखिममा गनिन्छन् । मोटोपनाले शरीरमा उच्च रक्तचाप,मधुमेह बढाउँछ र अन्त्यमा मिर्गौला खराब हुन्छ ।

_x000D_ _x000D_

मिर्गौला रोगका लक्षणहरु

_x000D_ _x000D_

१. पिसाबको रङमा परिवर्तन आउनु। धमिलो हुनु वा पिसाब पोल्नु।

_x000D_ _x000D_

२. आँखाको डिल सुन्निनु।

_x000D_ _x000D_

३. खानामा रुची घट्दै जानु।

_x000D_ _x000D_

४. शरीर दुब्लाउँदै जानु।

_x000D_ _x000D_

५. दुवै तर्फका कोखाहरु दुख्नु।

_x000D_ _x000D_

६. खुट्टा सुन्निनु।

_x000D_ _x000D_

७.थकाइ लाग्नु ।

_x000D_ _x000D_

८.सास फेर्न गार्हो हुनु ।

_x000D_ _x000D_

रोकथाम

_x000D_ _x000D_

सकेसम्म रक्तचाप, पिसाब र रगतको बर्सेनि परीक्षण गर्नुपर्छ। यसो गर्दा मिर्गौला सम्बन्धी समस्या देखिएमा तत्काल चिकित्सकको परामर्श लिन सकिन्छ। खासगरी मिर्गौला खराब हुने उच्च जोखिमा भएका व्यक्तिहरु (उच्च रक्तचाप, मधुमेह र वंशाणुगत मिर्गौला सम्बन्धी समस्या भएका परिवार) ले नियमित परीक्षण गर्नु अनिवार्य हुन्छ। यस्तै ३० वर्ष पुगेका व्यक्तिले पनि रक्तचाप, पिसाब र रगतको परीक्षण गरिरहनुपर्छ। माथि उल्लेखित लक्षणहरु मध्ये कुनै पनि लक्षण देखा परेमा सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ। मिर्गौलालाई स्वस्थ राख्न स्वस्थ आहार र नियमित शारीरिक व्यायम  गर्नुपर्छ। जथाभावी वा अनुमानका भरमा दुखाइ कम गर्ने औषधि वा एन्टिवायोटिकको प्रयोग गर्नु हुँदैन।

_x000D_ _x000D_

प्रस्तुतिः पारसविक्रम शाही

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०७५  ०६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता
सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
सेयर बजारमा भारी गिरावट, नेप्से घट्यो ३० अंक
सम्बन्धित सामग्री
फ्याटी लिभर के हो? कलेजो शरीरको प्रमुख अंग हो जसले विषाक्त पदार्थ हटाउने, पाचनमा सहयोग गर्ने, रक्त शुद्ध गर्ने, भिटामिन तथा खनिज सन्तुलन गर्ने काम गर्द... सोमबार, असोज २७, २०८२
पोषणविद्को सुझावः दसैं भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ। तर के दशैंमा टन्न खानैपर्छ? सोमबार, असोज १३, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
ताजा समाचारसबै
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा आइतबार, कात्तिक २३, २०८२
सेयर बजारमा भारी गिरावट, नेप्से घट्यो ३० अंक आइतबार, कात्तिक २३, २०८२
सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने,दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने पुनको चेतावनी आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय सभा बैठकका लागि व्यवस्थापन गरिँदै ३० लाखमा हल आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
पूर्वमन्त्री आफताव आलमको मृत्यु शनिबार, कात्तिक २२, २०८२
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा शनिबार, कात्तिक २२, २०८२
घनश्याम भुसाल बने एकीकृत समाजवादीको संयोजक आइतबार, कात्तिक २३, २०८२
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्