कपिलवस्तु– तौलिहवा–बहादुरगन्ज हुलाकी सडकअन्तर्गत महाराजगन्ज नगरपालिका वडा नम्बर २, गैंडहवा चोक नजिकै ट्रकको ठक्करबाट ३ जनाको मृत्यु भएको छ ।
बहादुरगन्जबाट तौलिहवातर्फ आउँदै गरेको ना ५ ख २३६४ नम्बरको ट्रकले पैदल र साइकलयात्रीलाई ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु भएको हो ।
बुधबार बिहान सवा ७ बजेतिर तीव्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले ठक्कर दिँदा स्थानीय १२ वर्षीय आनन्द कहार, महाराजगन्ज नगरपालिका ३ का ७५ वर्षीय घोल्लर कुर्मी र ४५ वर्षीय विजयकुमार बनियाको मृत्यु भएको जिल्ला प्रहरी स्रोत जानकारी गराएको छ ।
घटनापछि स्थानीय आक्रोशित हुँदा बिहान १० बजेसम्म दुर्घटनास्थल तनावग्रस्त बनेको थियो । त्यसपछि अवस्था सहज भई जनजीवन सामान्य बनेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।