• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २४, २०८३ Wed, Jul 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गोपालबहादुर श्रेष्ठको दसैं अनुभूति : हाकिमले अबदेखि टीका लाउन नआउनू भन्दै फर्काए

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २, २०७५  ०६:१४
1140x725

काठमाडौं– पाटनस्थित कृष्ण मन्दिरको डबलीमा लुखुरलुखुर हिँडिरहेका एक वृद्ध तीन जना साथीको बीचमै आएर बसे। हेर्दा ७० वर्ष जस्तो देखिने ती वृद्धको उमेर ९१ वर्ष पुगिसकेको रहेछ। झिसमिसे साँझमा सानैदेखि चिनेजानेका साथीहरुसँग जमघट गर्ने थलो नै रहेछ, कृष्ण मन्दिर प्रांगणको मन्डला। यो जमघटमा भेला भएका तीनैजना उनीभन्दा कान्छा, ६५ देखि ७९ वर्ष उमेरका थिए

_x000D_ _x000D_

गोपालबहादुर श्रेष्ठलाई देख्दा उनको उमेर जति अपत्यारिलो लाग्छ, कुराकानी गर्दा अपत्यारिलो मात्रा झनै बढ्छ। श्रेष्ठ एकादशीका दिनदेखि ९२औं वसन्तमा प्रवेश गरेका छन्। श्रेष्ठ देख्दा जति फुर्तिला देखिन्छन् कुराकानी गर्ने शैली पनि उत्तिकै मजाकिलो छ। 

_x000D_ _x000D_

भेटको सुरुवातमै श्रेष्ठ सोध्छन्, ‘पहिलो कुरा बूढो मान्छेको शुद्धिबुद्धि हुँदैन भन्ने थाहा छ तपाईंलाई?’ साथीहरु सबै हाँस्छन्। त्यसमा मेरो पनि हाँसो मिसिन्छ।

_x000D_ _x000D_

हाँसोकै बीच गोपालबहादुरका साथी भन्छन्, ‘चिसोचिसो लाग्यो दसैं आइसकेछ।’ गोपालबहादुर भन्छन्, ‘अहिले त दसैंको जस्तो मौसम फेरिन पनि एक हप्ता जति ढिला भयो।’ 

_x000D_ _x000D_

दसैंको प्रसंग आएसँगै गोपालबहादुर बाल्यकालको दसैंहुँदै वृद्ध अवस्थाको दसैं स्मृतिमा आउजाउ गरिरहे। दसैंको माहोल बाल्यकालमा बेग्लै हुने गरेको अनुभूति स्मरणमा ताजै रहेछ श्रेष्ठसँग। एक रुपैयाँमा एक गज कपडा आउने गरेको विगतलाई पनि श्रेष्ठ उसैगरी सम्झन्छन्। अभाव भनौं वा सामाजिक प्रभावरु नयाँ कपडा लगाउन पनि दसैं पर्खनुपरेको अविस्मरणीय क्षणले श्रेष्ठको मुहारमा अहिले बाल्यकालको चञ्चलता झल्कन्छ। नयाँ कपडा लगाउन र मासु खान पनि दसैं पर्खनुपरेको अनुभव श्रेष्ठसँग अहिले पनि ताजै छ। 

_x000D_ _x000D_

दसैं नजिकिँदै गर्दा श्रेष्ठले विगतको दसैं उस्तै ताजा गरी सम्झिए। ‘हामी सानो छदाँ नयाँ कपडा लगाउन, मासु खान दसैं कुर्नुपर्थ्यो।’ श्रेष्ठ सम्झन्छन्, ‘आजभोलि त हुनेहरुका लागि जहिले पनि दसैं जस्तो लाग्छ। मासु खान, नयाँ कपडा लगाउन दसैं पर्खनु पर्दैन। पैसा हुनेहरुले दिनहुँ मासु खान्छन्। आवश्यकता अनुसार नयाँ कपडा पनि किन्छन्।’

_x000D_ _x000D_

पैसा हुनेहरुका लागि कसरी सधैं दसैं आउँछ भन्ने विषयलाई सायद पुष्टि गर्न मन लागेरै हुनुपर्छ, ‘केही दिनअघि मात्रै एउटा दृश्य देखें। मेरो घर नजिकै एउटा रेडिमेड पसल छ। त्यहाँ दुई जना केटी आए। म त्यही पसल अगाडि घरधनी भेट्न गएको थिएँ। दुई जना केटीले जिन्सको पाइन्ट किनेर ल्याए,’ श्रेष्ठले भने, ‘त्यहीँ नजिकै सूचिकार छ। नयाँ पाइन्ट दुई ठाउँमा काट्न लगाए। काटेर लगेपछि एक सय रुपैयाँ दिएर गए। हामी १० र १२ रुपैयाँ दिन्थ्यौं। धेरै पछिसम्म पनि। म त वाल्ल परें। अहिले जहिले पनि दसैं।’  

_x000D_ _x000D_

श्रेष्ठले नयाँ कपडा किन्ने बजार घरकै आँगन अगाडि रहेको मंगलबजार नै थियो। तर, उनले नयाँ कपडा लगाउन दसैं नै पर्खनु पर्दथ्यो। ‘त्यतिबेला अहिलेको जस्तो रेडिमेड कपडा पनि कहाँ पाइन्थ्यो ??’ श्रेष्ठ भन्छन्, ‘एक रुपैयाँमा एक गज कपडा पाइन्थ्यो। त्यही सिलाएको कपडा लगाउँथ्यौं।’ ललितपुरकै स्थानीय भए पनि त्यतिबेला यस्तो विस्तारित बजार नभएको श्रेष्ठ बताउँछन्। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

मंगलबजारको पुरानो बजार अहिले लगनखेलतिर सरेको छ। पहिले कपडा पसल भएका घरहरुमा अहिले चिया पसल मात्रै छन्। ढलाचाँमा पुराना पसलमध्ये अहिले दुई वटा पसल मात्रै बाँकी रहेको श्रेष्ठले जनाए। तर, अहिले बाँकी रहेका पुराना पसलमा कपडा किन्न आउने ग्राहकको संख्या धेरै कम भइसकेको श्रेष्ठ बताउँछन्। 

_x000D_ _x000D_

कृष्ण मन्दिर नजिकैको कोटमा पहिले धेरै बलि चढाउने गरिन्थ्यो। अहिले बलि चढाउने प्रचलन निकै कम भइसकेको छ। केही दशकअघि हाकिमदेखि डिठ्ठासम्म सबैले कोटमा बलि चढाउने गरेको श्रेष्ठ बताउँछन्। 

_x000D_ _x000D_

भोटो देखाउँदा जस्तै अहिले जतिबेला पनि पाटन कृष्ण मन्दिर आसपासमा मानिसहरुको ओहोर दोहोर भइरहन्छ । कृष्ण मन्दिर आसपासमा साँझपख गयो भने जहिले पनि दसैं आएको जस्तो लागिरहन्छ श्रेष्ठलाई। 

_x000D_ _x000D_

दसैं नजिकिँदै गर्दा उडाउने चंगा अहिले पनि गोपालबहादुरको स्मरणमा उस्तैगरी उडिरहन्छ। ‘चंगा अत्यधिक थिए। मेरो साथी छ हेमन्तलाल भन्ने। आफ्नो नाम एचएल लेखेर ठूलाठूला चंगा उडाउँथे।’ श्रेष्ठ सम्झन्छन्, ‘आफैं  बनाएर होइन, किनेर उडाउँथे उतिबेला पनि। किन्न पाइन्थ्यो । अहिले पो चंगा उडाएको देखिंदैन।’

_x000D_ _x000D_

तर, बाल्यकालमा चंगा किन्ने पैसा नभएकै कारण श्रेष्ठ आफैंले चङ्गा बनाएर उडाउने गरेको बताउँछन्। ‘सानोमा पैसा नभएकाले आफैं टालटुल पारेर बनाउँथें अनि उडाउँथें।’ श्रेष्ठ भन्छन्, ‘हाई च्याट् भन्दै चंगा उडाउन प्रतिस्पर्धा नै हुन्थ्यो साथीहरुबीच। म सानो छँदाको तुलनामा अहिले ५ प्रतिशत पनि चंगा उडाउने गरेको देखिंदैन।’ प्रविधिको विकास र बढ्दो सहरीकरणले गर्दा पनि दसैंमा चंगा उडाउने चलन कम हुँदै गएको देखिन्छ। 

_x000D_ _x000D_

अहिले जस्तो ढलानसहित कौशी भएका घर नभएकै कारण कति बालबालिका चंगा उडाउँदा घरको छानाबाट खसेर मर्ने गरेको तितो यथार्थ पनि श्रेष्ठसँग छ। 

_x000D_ _x000D_

श्रेष्ठको मामाघर पनि मंगलबजारमै थियो। सबै परिवार टीका लगाउन मामाघर जाने गर्दथे। अरु समुदायमा दसैंको टीका लगाउन आफैं जाने चलन भए पनि नेवार समुदायमा भने दसैंको टीका लगाउन बोलाएपछि मात्र जाने चलन छ। 

_x000D_ _x000D_

श्रेष्ठसँग दसैंको टीकाका रमाइला किस्सा पनि छन्। पहिले आफ्नो हाकिमको घरमा टीका लगाउन जाने चलन थियो। श्रेष्ठका पनि एक जना हाकिम थिए, सरदार विष्णुध्वज। श्रेष्ठ विष्णुध्वजको घरमा दसैंको टीका लगाउन गएछन्। तर, उनै सरदारले, ‘अबदेखि मसँग टीका लगाउन नआउनु’ भन्दै फर्काएपछि टीका लगाउन फेरि श्रेष्ठ कहिल्यै त्यहाँ गएनन्। 

_x000D_ _x000D_

मौसमले पनि दसैं आएको संकेत गर्छ। सायद, सबैलाई यसको अनुभूति हुँदो हो, श्रेष्ठलाई जस्तै। दसैं नजिकिंदै गर्दा चल्ने चिसो हावा पनि वातावरणीय प्रभावका कारण प्रभावित भएको श्रेष्ठको अनुभव छ। 

_x000D_ _x000D_

नयाँ कपडा लगाउनु, मासु खानु र मान्यजनका हातबाट टीका थाप्नुको महत्व अहिले घटे पनि महँगी बढ्न कम नभएको श्रेष्ठको गुनासो छ। दसैं आउँदा मन्दिर र टोलटोलमा बाजा निकै बज्ने गर्दथ्यो। तर, अहिले मंगलबजारका गल्लीमा त्यति बाजाको आवाज सुनिंदैन। अहिले आएर प्रायजसो पहिलेको समय धेरै पछाडि छोडेर अगाडि आइएछ भन्ने अनुभूतिले श्रेष्ठलाई सताइरहन्छ। 

_x000D_ _x000D_

९१ वर्षको जीवन यात्रामा श्रेष्ठ केही दुःखी पनि देखिन्छन्। ‘पहिले मान्छे निकै कम हुन्थे। सिंगो गाउँ र टोलका मान्छे एक अर्कासँग परिचित हुन्थे।’ श्रेष्ठ सम्झिन्छन्,‘अहिले त यता आयो भने पनि दुईचार जना चिनेकासमेत भेटिंदैनन्।’ अहिले समाज व्यक्तिवादमा केन्द्रित भएको श्रेष्ठको ठहर छ। 

_x000D_ _x000D_

२००४ सालमा मुखिया पदमा गोरखापत्रमा जागिर सुरु गरेका श्रेष्ठले २०१४ मा गोरखापत्रबाट राजीनामा दिएका थिए। लगत्तै, कलेज एसोसिएसनमा आवद्ध भए। कलेज एसोसिएसन छुट्टिएपछि श्रेष्ठ जनक शिक्षा सामग्री केन्द्रमा ३५ वर्ष कार्यरत रहे।

_x000D_ _x000D_

‘नयाँ विचार, नयाँ काम, नयाँ व्यवहार गर्न जमरा राखिन्छ,’ श्रेष्ठले दसैंको शुभकामना दिँदै भने, ‘तर, विचार पुरानै बोक्ने गरिएको छ। सबैलाई यो दसैंले नयाँ, सकारात्मक विचार र व्यवहार प्रदान गरोस्। शुभकामना।’
_x000D_  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  ०६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
दुवै सदनबाट बजेट पारित
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्