काठमाडाैं– दसैं भन्ने बित्तिकै खुसी हुने भाव आउँछ मलाई। असत्यमाथि सत्यको जित भएको सम्झना तथा ठूलोबडाको आशिर्वाद लिने कुरा पनि यससँगै जोडिएर आउने पक्ष हुन्। यो मित्रता र प्रेमको पर्व हो जस्तो लाग्छ।
_x000D__x000D_
बाल्यकालमा दसैं भन्ने बित्तिकै टीका लगाउने, दक्षिणा पाउने, मीठो खान पाइने, आशिर्वाद लिन पाइने जस्ता कुराहरु हुन्थे। अहिले पनि बाल्यकालका दसैंहरु सम्झनामा आउँछन्। अहिले भने जिम्मेवारी थपियो। पहिलेजस्तो खुसी अनुभूति कम भएको महसुस हुन्छ। तर, आशिर्वाद लिने कुरा त अहिले पनि छँदैछ।
_x000D__x000D_
बाल्यकालमा नयाँ लुगा लगाउने चलन थियो। बालबालिकालाई त्यसको चाह हुन्छ नै। मलाई पनि बुबालाई नयाँ लुगा किनिदिनुस् भनेर कर गरेको कुरा सम्झना आउँछन्। अहिले न नयाँ लुगा किनिदिनुस् भन्नुपर्छ, न कसैलाई किनिदिनुपर्छ।
_x000D__x000D_
मेरो ९० वर्षीया ससुराबा हुनुहुन्छ। उहाँको आशिर्वाद लिन म बिराटनगरमै दसैं मनाउँछु। हामी परिवारका सदस्यहरु यहीँ जम्मा हुन्छौं। उहाँको आशिर्वाद लिन्छौं।
_x000D__x000D_
दसैंपछि कतै घुम्न जाने योजना छ। तर, दसैंकै समयमा भने कुनै योजना छैन।
_x000D_(कुराकानीमा आधारित)
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।