काठमाडाैं–दसैंको बेला बाल्यकालमा जति आनन्द आउँथ्यो। त्यतिबेला अरुमाथि निर्भर भइन्थ्यो। दिमागमा पनि रमाइलो भन्ने मात्रै हुन्थ्यो।
_x000D_
_x000D_
मेरो बाल्यकाल गाउँभन्दा बाहिर बितेकाले दसैं आउँदा घर जान पाइन्छ, पूजापाठमारमाइलो गर्न पाइन्छ, दस दिनसम्म पढ्नुपर्ने दबाबबाट मुक्ति पाइन्छ भन्ने लाग्थ्यो। नयाँ लुगा लगाउन, मीठो खान पाइने भएकाले निकै उत्साह आउँथ्यो। ती रमाइलो पलहरु अहिले पनि सम्झनामा आउँछ।
_x000D_
_x000D_
अहिले त्यो आनन्दमा कमी आएको महसुस हुन्छ। त्यो चाहिँ जिम्मेवारीले गर्दा होला। अहिले दसैंमा खर्च हुन्छ, जिम्मेवारीका कारण त्यसले त्रास बढाउँछ नै। त्यसमा पनि काठमाडौंमा बस्नेहरुलाई त दसैंमा आफ्ना ठाउँमा पुगेर आउन ठूलो आर्थिक भार पर्छ। यस्ता कुराले एक प्रकारको दबाब बढाउँछ।
_x000D_
_x000D_
तर, दसैंमा आनन्दका कुराहरु पनि छन्। यही पर्वको अवसरमा गाउँघरमा धेरैसँग भेटघाट हुन्छ। आत्मियता साटासाट हुन पाउँछ। खानपान हुन्छ। यसले सम्बन्धको प्रगाढतालाई पनि बढाउन सघाउँछ। वर्षभरि नसम्झेको साथीभाइलाई हामीले सम्झने र शुभकामना व्यक्त गर्छौं। कतिपय अवस्थामा यसले सम्बन्धलाई पनि रिन्युु गराउँछ।
_x000D_
_x000D_
दसैंमा धार्मिक पक्ष पनि बलियो छ। असत्यमाथि सत्यको जितको रुपमा यो मनाइन्छ। विश्वभर छरिएर रहेका हिन्दू धर्मालम्बीहरुलाई यतिबेला आफ्नो देवी देवतालाई एकसाथ सम्झिने अवसर पनि मिल्छ। यो पर्वभरि दस दिनजति हामी पूजापाठमा व्यस्त हुन्छौं। त्यसैले पनि यो पर्व विशेष छ। यसले सकारात्मक उर्जा प्रवाह गर्छ।
_x000D_
_x000D_
हामी पनि परिवारका साथमा दसैं मनाउँछौं। सम्भव भएसम्म सबै जम्मा हुन्छौं। दस दिनसम्म दुर्गाको पूजापाठ गर्छौं।
_x000D_
_x000D_
सप्तमीसम्म माछामासु चल्दैन। अस्टमीको दिन बली दिएपछि अस्टमी र नवमीको दिन मासु खान पाइन्छ। अन्य दिन साकाहारी भोजन हुन्छ।
_x000D_
(कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।