• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कहिल्यै मामाघर जान नपाएको दसैं

64x64
नेपाल लाइभ मंगलबार, असोज ३०, २०७५  ०७:२९
1140x725

किनमेल गर्दा बजारबाट ल्याइएको प्लास्टिक व्याग काटेर बर्गाकार टुक्रा बनाउँथ्यौं। थरीथरी रङ्का। भिन्नभिन्न आकारका। अनि बाँस वा निगालोका दुईवटा सिन्का बनाउँथ्यौं।

_x000D_ _x000D_

एउटा सिन्कालाई त्यो चारकुने टुक्राको विकर्ण बनाएर दुई विपरीत कुनामा धागोले बाँध्थ्यौं। अर्को सिन्काचाहिँ बाँकी दुई कुनामा बाँधेर यस्तरी खुम्च्याउँथ्यौं कि ‘सी’ आकार बनेर अर्को सिन्काको एकापट्टिको कुनाको नजिकनजिक पर्नेगरी बाँध्थ्यौं। त्यसरी दुईवटा सिन्का भेटिएको विन्दुमा र त्यसभन्दा अलिक तल छट्टाछुट्टै बाँधेर दुवै धागोलाई तनक्क तन्काउँदै ‘भी’ आकारमा फेरि बाँधेर लट्टाइको धागोसँग गाँस्थ्यौं। अनि तयार हुन्थ्यो चङ्गा।

_x000D_ _x000D_

त्यसो त लट्टाइ पनि हामी आफैं बनाउँथ्यौं। पुरानो चप्पल काटेर। बाँसका कप्टेरा हालेर।

_x000D_ _x000D_

हामीले त्यसरी बनाएको चङ्गा यदि उडेन भने वा राम्ररी नउडी घुम्न थाल्यो भने घुमेको विपरीत दिशापट्टि एक टुक्रा अर्को प्लास्टिकको फुर्का गाँसेर त्यसलाई नियन्त्रण गर्न हामी जान्दथ्यौं। अनि आकाशमा यसरी उड्थ्यो कि चङ्गा मानौं हामी नै सँगसँगै उडिरहेझैं आनन्द लाग्थ्यो। कहिले धागो नै पुग्दैनथ्यो। कहिले भने रुखमा अल्झेर फसाद पर्थ्याे। कहिले अरुको घरमा पुगेर अड्किन्थ्यो। कहिले भने अरु ठाउँबाट हाम्रो घरको आँगनमा आएर चङ्गाले अवतरण गर्थ्याे। पाहुना चङ्गा देखेर दंग पर्थ्याैं।

_x000D_ _x000D_

चङ्गा बनाइ माग्न गाउँका कनिष्ठ र अग्रज पनि हामीकहाँ आउँथे। म र मेरा माइला दाजु यस कार्यमा पोख्त थियौं। पैसा लिएरै चङ्गा बनाइदेको सम्झना यो मानसपटलमा ताजै छ। कुनैदिन हामी केटाकेटीको चङ्गा च्यातिदिएर पुरुषार्थ देखाउने अग्रज खलनायकले पनि यो लेख पढ्नुभयो भने पक्कै सम्झनुहुन्छ होला।

_x000D_ _x000D_

आजभोलि भने बजारमा चङ्गा पसलहरु छन्। थरीथरीका रेडिमेडट चङ्गाले आकाश ताकिरहेको देख्न पाइन्छ। तर, पहिलेपहिले जस्तो चङ्गा प्रेम देखिन्न । बरु चङ्गा उत्सव गरेर यसलाई जोगाउने प्रयत्न हुनेगरेको पाइन्छ।

_x000D_ _x000D_

अहिलेका बालबालिकाहरु आफैं चङ्गा बनाउन किन पाउँदैनन्? यो कुराले मलाई सुन्दर र सिर्जनात्मक विगत सम्झाउँछ। दसैंको प्रसंगमा चङ्गाको कुरा आएको हो। दसैं भन्नासाथ चङ्गामय मौसम सम्झिन्छु। स्कुल छुट्टी हुने र दिनभर जसो चङ्गा उडाएर उड्न पाउँदाको मज्जा बटुल्ने समय नै दसैं हुन्थ्यो। 

_x000D_ _x000D_

चङ्गा चेट् गराउने, कसको चङ्गा कति टाढा पुग्यो भनेर अनुमान गरेर नाप्ने, साटीसाटी चङ्गा उडाउने, चङ्गा खस्लाखस्ला हुँदा वा हावा राम्ररी नचल्दा मुटुको गति बढ्ने जस्ता कुरा सम्झिंदा कल्पना हो कि जस्तो पनि लाग्छ। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

दसैंको अर्को सौन्दर्य हो लिङ्गे पिङ। गाउँघरमै पाइने बाँसको लिङ्गो चारतिर गाडेर पिङ खेल्न मिल्ने बनाइन्छ । टोलटोलमै बनाइन्थे लिङ्गे पिङ। सबैजना मिली पैसा जुटाएर पिङ्को डोरी किनेको कुरा सुन्न पाउँथें म। घरछेउको लिङ्गे पिङ्मा चचहुई गर्थे गाउँका मानिसका लय। म पनि उनीहरुको लय समातेर डराइडराइ मच्चिन्थें।

_x000D_ _x000D_

घामले पूर्वी क्षितिजबाट चियाउनेबित्तिकै केटाकेटी पिङ खेल्न लाइन बसिसकेका हुन्थे। दिउँसो आमाहरु वर्षमा एकचोटि भुइँ छोड्नुपर्छ भनेर पिङ खेल्नुहुन्थ्यो । रातिरातिसम्म पनि युवाहरु पिङ्मै झुम्मेका हुन्थे। म पनि कहिलेकाहीँ त उनीहरुसँगै हुन्थें। 

_x000D_ _x000D_

अचेल पिङ कम मानिस बढी हल्लिन्छन्। पिएरै हल्लिन्छन्। हल्लिँदै पिउँछन्। पिङ संस्कृतिको रौनक विस्तारै हराउँदै गएको भान हुन्छ। कुनै दिन पिङ एउटा मिथक साबित होला भन्ने सम्भावना पनि देखिन्छ। 

_x000D_ _x000D_

हामी केटाकेटी छँदा मुस्किलको अर्को नाम जस्तो थियो दसैं मनाउनु। हाम्रो परिवार हुँदा खाने परिवार नै थियो। जडाउरी लगाएर हुरी झरी खेपेको जिन्दगी बाँचेका थियौं हामीले। दिनभर काम गरेर साँझ घर फर्किंदा बाआमाले सँगै बोकी ल्याउने खुसीले हामी छोराछोरी रमाउँथ्यौं। हामी पनि काम गर्थ्याैं।

_x000D_ _x000D_

मेलापात जाने, ज्याला मजदुरी गर्ने, फूलचोकी वनबाट घाँसको भारी बोकेर शनिबारको बिदा मनाउने जस्ता काम गर्थ्याैं। बिहानै काममा जाने र हतारहतार फर्केर आधा गाँस मुखमा च्याप्दै दगुर्दै स्कुल गएको हिजो जस्तै लाग्छ। 

_x000D_ _x000D_

दसैं आउनु हाम्रा लागि ताजा चिउरा चपाउन पाउनु थियो। अँधियामा खेती गरेको खेतबाट उत्पादन भएको धानलाई उसिनेर चिउरा बनाउन लगेको याद छ। भिजेको धानलाई केले कसरी थिच्छ होला र चिउरा बन्छ होला भन्ने कुराले म अचम्मित हुन्थें। त्यसो त हामी पनि थिचिएर चिउरा जिन्दगी बाँचेका रहेछौं भन्नेबारे अहिले हिसाब गर्दैछु। मासुका विभिन्न परिकार र गेडागुडीका साथमा चिउरा खाइन्थ्यो।

_x000D_ _x000D_

राँगा र कुखुराको मासुले घर मांसाहारीको गुफाजस्तो प्रतीत हुन्थ्यो। मैले कहिल्यै हत्या गरिनँ तर सँगसँगै सबैलाई साथ भने दिएँ। आजको दिनमा म भेजिटेरिएन हुँदा मनमा शान्ति छाएको छ। मैले मासु खानुपर्ने कारण दसैंका नाममा या अरु कुनै नाममा कुनै प्राणीको हत्या गरिनु पर्दैन। 

_x000D_ _x000D_

आज फूलपाती। फूलको मात्र होइन पातको पनि फूल बराबर मूल्य हुने कुराले मलाई खुसी लाग्छ। जस्तो कि केराको पातमा हरेक साँझको मधुरो प्रकाशमा सबैजना बसेर भोज खाने गरेको सम्झनाले मलाई आनन्द लाग्छ। दसैंका चार दिन भात नखाने भन्ने हुन्थ्यो। सबै चाँजोपाँजो बाले मिलाउनुहुन्थ्यो।

_x000D_ _x000D_

त्यो भोज तयार पारेर परिवारमा दसैंको स्वाद भर्ने मेरा बा यतिखेर सशरीर यस धरतीमा नभएको यथार्थले भने नमीठो गरि चिमोट्छ। यतिखेर यी अक्षरहरु कम्प्युटरका किबोर्डमा थिचिरहँदा उनकै मुहार झलझली याद आइरहेछ। बासँगै निस्प्राण भइगयो दसैं 

_x000D_ _x000D_

बाले प्राण त्यागेको असार महिनामा थियो। दसैं असोज महिनामा। शोकको आलो घडीमा हामीले दसैं खल्लो न खल्लो अनुभूति गरेका थियौं। त्यसपछि हाम्रो घरमा कुनै पनि दसैंमा त्यस्तो न भोज नै आयोजना भए न दसैं भनेर पुजाआजाको परिपाठ नै। विजयादशमीको दिनमा आमाको हातबाट टिका जमरा थापेर दसैंमा मुस्कुराउने क्रम भने जारी छ। मुस्कुराउँदै घर जानेको लस्कर राजधानीबाट गाउँतिर लम्केको छ। गाउँमा सबै जनाको भेट हुनसक्ने भनेकै कि त चुनावमा हो कि त यही दसैंमा हो। 

_x000D_ _x000D_

दसैं भन्नेबित्तिकै मेरो मनमा आउने कुराहरुमा नयाँ लुगा लगाउन पाइने प्रसंग पनि पर्छ। नयाँ लुगा र जुत्ता लगाउन पाउनु हाम्रा लागि उल्लासको विषय थियो। हरेक दसैंमा स्कूल ड्रेस खरीद गर्ने र दसैंका लागि लुगा किनेको भनेर चित्त बुझाउने हामी थियौं। दसैं नआउने भए वा दसैंमा नै नयाँ लुगा किन्ने भन्ने व्यापारिक संस्कार नभएको भए आमा बालाई त्यो बोझ खप्नुपर्थेन। तर, त्यतिबेला भने केही नयाँ पाउँदा नै रमाइन्थ्यो।

_x000D_ _x000D_

जिन्दगीका सबैसबै दसैं मामाघर जाने रहर बाँकी राखेरै बित्यो। सानैदेखि मामाघर भनेसि हुरुक्क हुने म। किन हो त्यो मलाई थाहा छैन। तर पनि मामाघर जान भनेर सधैं रोइकराइ गर्थें। आमा, बा र दाजुहरु जाने तर म सानो भएका कारण जान नपाउने। मामाघर टाढा भएको र धेरै हिंड्नुपर्ने कारण देखाउँदै मलाई लैजान रोकिएको थियो। 

_x000D_ _x000D_

एकदिन, आमा मामाघर जानुभयो। म पनि जान्छु भनेको त घरको मुल ढोकाबाट कसैले निस्कनै दिएनन्। मेरो पालो झ्यालबाट फाल हालेर भए पनि जान्छु भनेर आँट गरें। घरको पछाडिपट्टि भएको झ्यालबाट बारीको डिलमा टेक्न सकिन्छ कि भनेर हाम फालेको थिएँ, म त करेसामा एउटै डल्लो।

_x000D_ _x000D_

धन्न मेरा सबै अंग सकुशल नै रहेछन्। जुरुक्क उठेर दगुरें, दुखेको कुनै अनुभूति थिएन। आमा टाढै पुगिसक्नुभएको थियो भन्ने अनुमानले म दगुरें आमालाई भेट्न। करीब एक किलोमिटर जति दगुरेपछि एकजना गाउँकी आमाले मेरो बाटो छेकेर बडो मधुर लवजमा सम्झाउँदै फकाउँदै मलाई फिर्ता ल्याउनुभयो। म पनि कसोकसो कन्भिन्स भएछु। मनमनै अठोट गरें, अब कहिल्यै मामाघर जान्नँ।

_x000D_ _x000D_

त्यसयता म कहिल्यै मामाघर गइनँ पनि।   

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५  ०७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री
सम्बन्धित सामग्री
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
आज विभिन्न कार्यक्रमका साथ मोती जयन्ती मनाइँदै विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले... शनिबार, भदौ ७, २०८२
‘उरमाल’ले पायो मदन पुरस्कार, गिरीलाई जगदम्बाश्री मदन पुरस्कार गुठीले काबिमोको चिया टिप्ने मजदूरहरूको कथामाथि लेखिएको उपन्यास उरमाललाई २०८१ सालको मदन पुरस्कार दिने घोषणा गरेको हो। शुक्रबार, भदौ ६, २०८२
ताजा समाचारसबै
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री सोमबार, कात्तिक २४, २०८२
महिलाको निम्ति महिला मञ्च नेपालको १६औं वार्षिक साधारण सभा र ८औं अधिवेशन सम्पन्न सोमबार, कात्तिक २४, २०८२
रामकुमारी र किसानलगायतका नेता एमालेमै फर्किए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद हुँदा कर्मचारी समेत कुटिए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्