रूपन्देही– रुकुम पूर्वमा मतगणना सुरु भएको छ ।
आज बिहान साढे ५ बजेबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जनाए ।
लुम्बिनीको हिमाली जिल्ला रहेकाले तीन विकट क्षेत्रका मतपेटिका हिजै हेलिकप्टरबाट ल्याइएको थियो । तर केही क्षेत्रबाट संकलन गरेर सदरमुकाम ल्याउन समय लागेका कारण ढिलो गणना थालिएको हो ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड यो निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेपछि रुकुम पूर्व हटसिटमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।