भरतपुर– चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।
प्रारम्भिक गणनामा एमाले उम्मेदवारभन्दा पछि परेका रविले पछिल्लो मतगणनामा एमाले उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका छन् ।
रविले एक हजार १५८ मत ल्याउँदा एमालेका अस्मिनले ९०८ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार प्रताप गुरुङ ७७५ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी मीना खरेलले ५३९ मत ल्याएकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।