काठमाडौँ– प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन २ मा एमालेले अग्रता कायमै राखेको छ ।
जारी मतगणनामा चितवन २ अन्तर्गतको इच्छाकामना गाउँपालिकाका ३ वटा वडाका मतदान केन्द्रको मतगणना गर्दा एमालेका अस्मिन घिमिरेले ७९५ मत पाएका छन् भने उनलाई रास्वपाका सभापति रवि लामिछानेले पछ्याइरहेका छन् ।
रास्वपाका लामिछानेले ५३१ मत पाउँदा नेकपा प्रताप गुरुङ तेस्रो स्थानमा रहेका छन् । उनले २९५ मत पाएका छन् । कांग्रेसकी उम्मेदवार मिना खरेलले २५६ मत पाएर चौथो स्थानमा रहेकी छिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।