काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो बाचापत्र सार्वजनिक गरेको छ ।
बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममार्फत पार्टीले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन् ।
रास्वपाले अबको १० वर्षमा सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने प्रण गरेको छ । स्थिर मूल्यमा कम्तिमा वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिदर ५ प्रतिशत निरन्तर कायम गर्ने वाग्लेले दावी गरे । ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याइने उनले बताए ।
भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा वि.सं. २०४६ सालयता सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचारका फाइलहरू खोल्ने कठोर नीति लिइने उल्लेख छ। साथै, पार्टीले कुनै पनि प्रकारका भातृ सङ्गठन नखोल्ने र शिक्षा, स्वास्थ्य तथा सार्वजनिक संस्थानहरूलाई दलीय राजनीतिबाट पूर्ण रूपमा मुक्त गर्ने घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।