काठमाडौँ – विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक सुरू भएको छ ।
ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा केहीबेर अघिबाट बैठक सुरू भएको हो ।
-1768457877.png)
गएराति सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा चयन भएका थिए । यस्तै उनी नेतृत्वमा सबै कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाललाई चुनेको छ।
महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल चुनिएका छन्।
त्यस्तै सहमहामन्त्रीहरूमा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) चयन भएका छन्।
केन्द्रीय सदस्यमा खुलातर्फ ३५ जना, महिला खुलामा ९ जना तथा विभिन्न क्लस्टरमा १२१ जना केन्द्रीय सदस्य चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।