दाङ – एमाले महासचिव शंकर पोखरेलले रबी लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन् ।
प्रेस चौतारी दाङले बिहीबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उनले उक्त निर्णय फिर्ता लिन सरकारलाई आग्रह पनि गरेका हुन् ।
यस कार्यले भदौ २३ र २४ गतेको आन्दोलनको अन्तर्य पनि पुष्टि गरेको उनले बताए । प्रहरी र अदालतमाथि आक्रमण गर्नुको उदेश्य पनि स्पष्ट हुँदै गएको उनको भनाइ छ ।
नयाँ शक्तिको नाममा कानुनी राज्यलाई चुनौती दिन नमिल्ने बताउँदै उनले स्वतन्त्र पार्टीलेसमेत यस निर्णयको विरोध गर्न सक्नुपर्ने विचार व्यक्त गरे । प्रहरीको मनोबल गिराएर देशमा शान्ति सुरक्षा कायम गर्न नसकिने उल्लेख गर्दै उनले सरकारको गतिविधि प्रहरीको मनोबल बढाउनतर्फ केन्द्रित नभएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।